• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

जसले अभिनय त्याग्न नसकेर अमेरिका छोडे

64x64
युवराज भट्टराई बुधबार, भदौ ३०, २०७८  ०७:०५
1140x725

केही साताअघि कलाकार सरोज खनाललाई निर्देशक मुस्कान ढकालले फोन गरेर भनेका थिए, ‘दाइ, तपाईंलाई एउटा फोन आउँछ, म्युजिक भिडियोका लागि। कुरा गरिदिनु है।’

लगत्तै राज केसीको फोन आयो। बमकुमार श्रेष्ठको शब्दमा रहेको ‘जीवनको पाना’ गीतका लागि अभिनय गर्ने ‘अफर’ थियो। उक्त गीत वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले गाएका थिए।

सिनेमामा देखिइरहने कलाकार खनालले सीमित म्युजिक भिडियोमा मात्र काम गरेका छन्। गीत र भिडियोको कन्सेप्ट चित्त बुझेपछि मात्र कामका लागि स्वीकृति जनाउँछन्। तर, यसपटक गीतकार श्रेष्ठले आफ्नो गीतमा खनालले नै अभिनय गर्नुपर्ने बताएका रहेछन्।

अनि उनले राज केसीलाई भेटेर गीत र भिडियोको कन्सेप्ट सुने। भिडियो कन्सेप्टमा उनलाई चित्त बुझेन। उनले प्रस्ताव राखे, ‘यसको कन्सेप्ट म बनाउँछु, निर्देशन तपाईले गर्नुहोला।’ भिडियोको परिकल्पना बनाएर सुनाएपछि गीतकार श्रेष्ठले पनि भने, ‘यो त मैले सोचेको जस्तै भएछ। गीत लेख्दा यस्तै दृश्य सोचेर लेखेको थिएँ।’ 

गीतको शब्दले बुढ्यौली लागेपछि एक्लिएको मानिसको कथा भन्छ। ‘गीतकै जस्तो भावना मैले पनि महसुस गरेकाले नै मेरो परिकल्पनामा यी कुराहरु आएका होलान्,’ खनाल भन्छन्। त्यसमा उनी उमेर हुँदा विभिन्न फिल्ममा गरिएको अभिनय, आफूले पाएका अवार्डहरुलाई सम्झिएर बुढेसकाल कटाइरहेको पात्रको भूमिकामा छन्। 

म्युजिक भिडियोको अन्त्यतिर एउटा दृश्य छ– नयाँ पुस्ताका निर्देशकसँग अभिनय गरिरहेका हुन्छन्, खनाल। तर, त्यहाँ उनलाई ‘अभिनय नै गर्न नआउने’ भनेर निर्देशकले गाली गर्छन्। खनाल निरिह बनिरहन्छन्। ‘त्यो दृश्य मैले नयाँ पुस्तामाथि गरेको एउटा व्यंग्य पनि हो,’ उनी भन्छन्, ‘धेरै पटक अन्तर्वार्ताहरुमा नयाँ पुस्ताले हाम्रो पुस्तालाई अभिनय नै नआउने आरोप लगाएको सुनेको छु।’

१७ वर्ष अमेरिका बसेर फर्किएका सरोज खनाल अझै पनि ठूलो वा सानो पर्दाका लागि खोजी हुने कलाकार हुन्। उनी नेपाल फर्किएको पाँच वर्ष भइसकेको छ। त्यस यता २० वटा फिल्ममा अभिनय गरिसकेका छन्। 

खनालले ५८ वर्ष उमेर पार गरे। हलिउडमा भए, उनी अझै फिल्मको मुख्य भूमिकामा हुन्थे, सायद। ब्राड पिट, जोनी डिप लगायत कलाकार ५५ वर्ष उमेर कटेपछि पनि मुख्य भूमिकामा देखिन्छन्। तर, नेपालमा उमेर बढ्दै जाँदा कलाकारले पाउने भूमिका त्यहीअनुसार बदलिन्छ। सिनेकाका पटकथा युवा अभिनेता र अभिनेत्री केन्द्रित भएर लेखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

छाड्न नसकेको अभिनय मोह
खनालको जीवनमा उतारचढाव धेरै आए। अभिनय यात्रा सुरु गरेको केही वर्षपछि उनी अमेरिका पलायन भए। त्यसअघि करिब पाँच वर्षमा तीन दर्जनभन्दा धेरै फिल्ममा अभिनय गरिसकेका थिए। सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेर उतै बसेपछि उनको गतिमा ‘ब्रेक’ लाग्यो। 

‘परिवारको भविष्यको लागि अमेरिकामै बसे पनि म कुनै न कुनै रुपमा अभिनय र कलाकारितासँग जोडिइरहेको थिएँ,’ खनाल भन्छन्, ‘आफैंले वर्षमा एक दुई चोटी विभिन्न राज्यमा कार्यक्रम आयोजन गर्ने, त्यसमा नाटक मञ्चन गर्ने गरिन्थ्यो। बेला बेला नेपाल आएर फिल्ममा पनि काम गरेँ।’ तर, यी सबै उनको अभिनयको तिर्सना मेटाउन मात्र भइरहेको थियो।

उनले अभिनय गर्दाताका पर्दामा देखेकाहरु बाहेक नयाँ पुस्ताले चिन्दैन थिए। उति बेला नेपाली र हिन्दी फिल्म मात्र हेर्ने दर्शक अब विश्वभरिका फिल्ममा रमाउन थालेका छन्। त्यसैले फेरि पर्दामा फर्कन सहज थिएन।

अमेरिकाबाट नेपाल फर्किएपछि फेरि अभिनय यात्रामा नै लाग्ने उनले सोचेका थिएनन्। उनले अभिनय गर्दाताका पर्दामा देखेकाहरु बाहेक नयाँ पुस्ताले चिन्दैन थिए। उति बेला नेपाली र हिन्दी फिल्म मात्र हेर्ने दर्शक अब विश्वभरिका फिल्ममा रमाउन थालेका छन्। त्यसैले फेरि पर्दामा फर्कन सहज थिएन।

अमेरिकाबाट एक पटक बीचमा नेपाल आउँदाको एउटा घटना उनले सुनाए। ‘आफन्तको बिहेका लागि आएको थिएँ। त्यति बेला मैले फिल्म गर्दा ७/८ वर्ष उमेर भएकाहरुले मलाई चिने,’ खनाल भन्छन्, ‘तर, मैले नेपाल छाडेपछि जन्मिएको/हुर्किएको पुस्ताले मलाई चिनेको थिएन। मसँग फोटो खिच्न आएको देखेर नयाँ पुस्ताले ‘उहाँ को हो?’ भन्दै थिए।’ त्यो दिन खनाललाई लाग्यो– मेरो अभिनयको बजार सकिएछ।

त्यही बेला उनको भेट विकास आचार्यसँग भयो। उनीहरुबीच पहिल्यैदेखिको चिनजान थियो। आचार्यले ‘नाई नभन्नु ल–२’ को तयारी गरिरहेका थिए। खनाल सामुन्ने प्रस्ताव आयो– फिल्ममा अभिनय गर्ने। 

उनले प्रस्ताव स्विकारे। छायांकन सुरु भएपछि छुट्टी लिएर नेपाल आए। १५ दिनमा छायांकन सकियो, अनि अमेरिकै फर्किए। फिल्म प्रदर्शन हुँदा उनी अमेरिकामै थिए। नेपालमा फिल्मले राम्रो चर्चा कमायो, खनालको ‘कमब्याक’लाई धेरैले रुचाए। 

‘सन्तानको भविष्य’का कारण अमेरिका पलायन भएका उनीभित्र ‘अभिनयको भोक’ थियो। छोराछोरी हुर्किदैं गर्दा त्यो भोक मेट्न पाएनन्। ‘मैले नभने पनि म अभिनयमै रमाउँछु, नेपालमै बस्न चाहन्छु भन्ने कुरा छोराहरुले बुझेका थिए,’ खनाल भन्छन्, ‘आफ्नो कानुनी उमेर (२१ वर्ष) भएपछि बुबा नेपाल नै फर्किनुपर्छ भनेका थिए।’ वास्तवमै कान्छो छोराको उमेर २१ वर्ष पुगेपछि उनी नेपाल फर्किए।

‘पछि नेपाल आउँदा त मलाई धेरै युवापुस्ता र बालबालिकाहरुले चिन्न थालेछन्,’ खनाल भन्छन्, ‘आफूले अभिनय गर्नसक्ने विश्वास त भयो नै, यहि क्षेत्रमा फेरि लाग्ने हौसला पनि मिल्यो। अझैं मेरो दिन बाँकी रहेछ भन्ने भयो।’ ‘नाई नभन्नु ल–२’ पछि उनले ‘प्रेम गीत’मा अभिनय गरे। बिस्तारै नयाँ पुस्ताले उनलाई चिन्न थाले।

खनाल फिल्ममा प्रवेश गर्दादेखि नै फरक भूमिकामा देखिन्थे। राजेश हमाल, निखिल उप्रेती, विराज भट्टजस्ता ‘एक्सन हिरो’का बीच उनी भावुक अभिनेता थिए। प्रायः ‘इमोसनल’ फिल्ममा बढी देखिए। 

अमेरिकाबाट नेपाल फर्किएपछि उनले आफूले छाडेको त्यो ठाउँ कसैले लिएको पाएनन्। ‘भावुक अभिनय’ गर्नेहरुको कमी देखे। पहिलेजस्तै हास्यव्यंग्य र द्वन्द्वमा आधारित फिल्मकै दबदबा थियो। ‘म नेपाल आउँदा आफ्नो ठाउँ खाली पाउनु एक हिसाबले मेरो लागि सुखद पनि थियो, दुःखद पनि थियो,’ खनाल भन्छन्, ‘फिल्महरु मनोरञ्जनका लागि मात्रै हुन् भन्ने भाष्यबाट नेपाली सिनेमा अझै उठ्न नसक्नु दुःखद पाटो हो।’

दरबारले नरुचाएको त्यो नाटक 
आधा शताब्दी उमेर काटिसकेका खनालका जीवनका धेरै किस्सा छन्। तीमध्ये उनले सधैं सम्झिरहने घटना भने अमेरिकामै नाटक गर्दा नेपालबाट आएको धम्की हो।

दरबार हत्याकाण्डको एक वर्ष पनि नहुँदै उनले सोही विषयसँग जोडिएको नाटक मञ्चन गरेका थिए। कान्तिपुरमा खगेन्द्र संग्रौलाले लेखेको कुनै लेखबाट प्रभावित भएर ‘सत्यमेव जयती’ नामक नाटक बनाएका थिए।

‘नाटकमा दरबार हत्याकाण्डको विषयलाई समेटेको थिएँ, सत्य जनताले थाहा पाउनुपर्छ भन्ने भावना थियो,’ खनाल सम्झिन्छन्, ‘नाटक मञ्चन गरेपछि मलाई नेपालबाट दरबारका सचिवले फोन गरेर धम्क्याएका थिए।’

नाटकको भर्खर दुई शो मञ्चन भएको थियो। कसैले भिडियो खिचेर दरबार पठाइदिएछ। मंगलबारको दिन उनको साप्ताहिक बिदा हुन्थ्यो। घरमा आराम गरिरहेका थिए। नेपालबाट फोन आयो। फोन उठाउना साथ उनलाई नाटकको विषयमा सोधियो। ‘नाटक किन गरेको?’ भन्ने प्रश्न गरियो।

‘मैले त नेपाली जनताको सोच मात्रै प्रस्तुत गरेको हुँ, के गल्ती गरें र?’ उनले जवाफ फर्काए।

उताबाट भनियो, ‘तपाईंले ठीक गर्नु भएन। अप्ठ्यारो पर्छ तपाईंलाई?’

दरबारबाट फोन गर्नेले खनाललाई नेपाल आउन अप्ठ्यारो पार्ने बताए। उनी आतंकित भए। नेपालमा आफ्ना अग्रज, सहकर्मीहरुसँग कुरा गरे। साथीभाइको सल्लाहपछि नाटक मञ्चन बन्द गर्ने निधो गरेको उनी बताउँछन्।

‘त्योबेला दरबारको दबदबाबीच त्यस्तो नाटक गर्नु जोखिम मोल्नु त छँदै थियो, झन् फोन नै आइसकेपछि नाटकलाई निरन्तरता दिन सकिनँ। दरबारमा फोन गरेर नाटक नगर्ने निर्णय गरेको बताएको थिएँ,’ उनी भन्छन्।

अमेरिका हुँदा पनि खनाल नेपालकै कथाहरु भनिरहेका थिए। आफूलाई धेरै राम्रो लेखक त मान्दैनन्, उनी। तर, केही र कोही नभएको ठाउँमा थोरै हुनुले मात्रै पनि प्रभाव पार्छ। आफूले सकेको जानेको किसिमको कथा लेख्थे र आफैंले त्यसलाई निर्देशन गर्थे। 

उहिले उनीसँगै कलाकारिता गर्ने धेरै कलाकार यो क्षेत्रबाट हराइसके। तर, अमेरिकाबाट फर्किएर उनी फेरि अभिनयमै लागेका छन्। उनी अब आफू फिल्म र कला क्षेत्रमा नै लागिरहने बताउँछन्।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्