• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

जसले अभिनय त्याग्न नसकेर अमेरिका छोडे

64x64
युवराज भट्टराई बुधबार, भदौ ३०, २०७८  ०७:०५
1140x725

केही साताअघि कलाकार सरोज खनाललाई निर्देशक मुस्कान ढकालले फोन गरेर भनेका थिए, ‘दाइ, तपाईंलाई एउटा फोन आउँछ, म्युजिक भिडियोका लागि। कुरा गरिदिनु है।’

लगत्तै राज केसीको फोन आयो। बमकुमार श्रेष्ठको शब्दमा रहेको ‘जीवनको पाना’ गीतका लागि अभिनय गर्ने ‘अफर’ थियो। उक्त गीत वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले गाएका थिए।

सिनेमामा देखिइरहने कलाकार खनालले सीमित म्युजिक भिडियोमा मात्र काम गरेका छन्। गीत र भिडियोको कन्सेप्ट चित्त बुझेपछि मात्र कामका लागि स्वीकृति जनाउँछन्। तर, यसपटक गीतकार श्रेष्ठले आफ्नो गीतमा खनालले नै अभिनय गर्नुपर्ने बताएका रहेछन्।

अनि उनले राज केसीलाई भेटेर गीत र भिडियोको कन्सेप्ट सुने। भिडियो कन्सेप्टमा उनलाई चित्त बुझेन। उनले प्रस्ताव राखे, ‘यसको कन्सेप्ट म बनाउँछु, निर्देशन तपाईले गर्नुहोला।’ भिडियोको परिकल्पना बनाएर सुनाएपछि गीतकार श्रेष्ठले पनि भने, ‘यो त मैले सोचेको जस्तै भएछ। गीत लेख्दा यस्तै दृश्य सोचेर लेखेको थिएँ।’ 

गीतको शब्दले बुढ्यौली लागेपछि एक्लिएको मानिसको कथा भन्छ। ‘गीतकै जस्तो भावना मैले पनि महसुस गरेकाले नै मेरो परिकल्पनामा यी कुराहरु आएका होलान्,’ खनाल भन्छन्। त्यसमा उनी उमेर हुँदा विभिन्न फिल्ममा गरिएको अभिनय, आफूले पाएका अवार्डहरुलाई सम्झिएर बुढेसकाल कटाइरहेको पात्रको भूमिकामा छन्। 

म्युजिक भिडियोको अन्त्यतिर एउटा दृश्य छ– नयाँ पुस्ताका निर्देशकसँग अभिनय गरिरहेका हुन्छन्, खनाल। तर, त्यहाँ उनलाई ‘अभिनय नै गर्न नआउने’ भनेर निर्देशकले गाली गर्छन्। खनाल निरिह बनिरहन्छन्। ‘त्यो दृश्य मैले नयाँ पुस्तामाथि गरेको एउटा व्यंग्य पनि हो,’ उनी भन्छन्, ‘धेरै पटक अन्तर्वार्ताहरुमा नयाँ पुस्ताले हाम्रो पुस्तालाई अभिनय नै नआउने आरोप लगाएको सुनेको छु।’

१७ वर्ष अमेरिका बसेर फर्किएका सरोज खनाल अझै पनि ठूलो वा सानो पर्दाका लागि खोजी हुने कलाकार हुन्। उनी नेपाल फर्किएको पाँच वर्ष भइसकेको छ। त्यस यता २० वटा फिल्ममा अभिनय गरिसकेका छन्। 

खनालले ५८ वर्ष उमेर पार गरे। हलिउडमा भए, उनी अझै फिल्मको मुख्य भूमिकामा हुन्थे, सायद। ब्राड पिट, जोनी डिप लगायत कलाकार ५५ वर्ष उमेर कटेपछि पनि मुख्य भूमिकामा देखिन्छन्। तर, नेपालमा उमेर बढ्दै जाँदा कलाकारले पाउने भूमिका त्यहीअनुसार बदलिन्छ। सिनेकाका पटकथा युवा अभिनेता र अभिनेत्री केन्द्रित भएर लेखिन्छ।

Ncell 2
Ncell 2

छाड्न नसकेको अभिनय मोह
खनालको जीवनमा उतारचढाव धेरै आए। अभिनय यात्रा सुरु गरेको केही वर्षपछि उनी अमेरिका पलायन भए। त्यसअघि करिब पाँच वर्षमा तीन दर्जनभन्दा धेरै फिल्ममा अभिनय गरिसकेका थिए। सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेर उतै बसेपछि उनको गतिमा ‘ब्रेक’ लाग्यो। 

‘परिवारको भविष्यको लागि अमेरिकामै बसे पनि म कुनै न कुनै रुपमा अभिनय र कलाकारितासँग जोडिइरहेको थिएँ,’ खनाल भन्छन्, ‘आफैंले वर्षमा एक दुई चोटी विभिन्न राज्यमा कार्यक्रम आयोजन गर्ने, त्यसमा नाटक मञ्चन गर्ने गरिन्थ्यो। बेला बेला नेपाल आएर फिल्ममा पनि काम गरेँ।’ तर, यी सबै उनको अभिनयको तिर्सना मेटाउन मात्र भइरहेको थियो।

उनले अभिनय गर्दाताका पर्दामा देखेकाहरु बाहेक नयाँ पुस्ताले चिन्दैन थिए। उति बेला नेपाली र हिन्दी फिल्म मात्र हेर्ने दर्शक अब विश्वभरिका फिल्ममा रमाउन थालेका छन्। त्यसैले फेरि पर्दामा फर्कन सहज थिएन।

अमेरिकाबाट नेपाल फर्किएपछि फेरि अभिनय यात्रामा नै लाग्ने उनले सोचेका थिएनन्। उनले अभिनय गर्दाताका पर्दामा देखेकाहरु बाहेक नयाँ पुस्ताले चिन्दैन थिए। उति बेला नेपाली र हिन्दी फिल्म मात्र हेर्ने दर्शक अब विश्वभरिका फिल्ममा रमाउन थालेका छन्। त्यसैले फेरि पर्दामा फर्कन सहज थिएन।

अमेरिकाबाट एक पटक बीचमा नेपाल आउँदाको एउटा घटना उनले सुनाए। ‘आफन्तको बिहेका लागि आएको थिएँ। त्यति बेला मैले फिल्म गर्दा ७/८ वर्ष उमेर भएकाहरुले मलाई चिने,’ खनाल भन्छन्, ‘तर, मैले नेपाल छाडेपछि जन्मिएको/हुर्किएको पुस्ताले मलाई चिनेको थिएन। मसँग फोटो खिच्न आएको देखेर नयाँ पुस्ताले ‘उहाँ को हो?’ भन्दै थिए।’ त्यो दिन खनाललाई लाग्यो– मेरो अभिनयको बजार सकिएछ।

त्यही बेला उनको भेट विकास आचार्यसँग भयो। उनीहरुबीच पहिल्यैदेखिको चिनजान थियो। आचार्यले ‘नाई नभन्नु ल–२’ को तयारी गरिरहेका थिए। खनाल सामुन्ने प्रस्ताव आयो– फिल्ममा अभिनय गर्ने। 

उनले प्रस्ताव स्विकारे। छायांकन सुरु भएपछि छुट्टी लिएर नेपाल आए। १५ दिनमा छायांकन सकियो, अनि अमेरिकै फर्किए। फिल्म प्रदर्शन हुँदा उनी अमेरिकामै थिए। नेपालमा फिल्मले राम्रो चर्चा कमायो, खनालको ‘कमब्याक’लाई धेरैले रुचाए। 

‘सन्तानको भविष्य’का कारण अमेरिका पलायन भएका उनीभित्र ‘अभिनयको भोक’ थियो। छोराछोरी हुर्किदैं गर्दा त्यो भोक मेट्न पाएनन्। ‘मैले नभने पनि म अभिनयमै रमाउँछु, नेपालमै बस्न चाहन्छु भन्ने कुरा छोराहरुले बुझेका थिए,’ खनाल भन्छन्, ‘आफ्नो कानुनी उमेर (२१ वर्ष) भएपछि बुबा नेपाल नै फर्किनुपर्छ भनेका थिए।’ वास्तवमै कान्छो छोराको उमेर २१ वर्ष पुगेपछि उनी नेपाल फर्किए।

‘पछि नेपाल आउँदा त मलाई धेरै युवापुस्ता र बालबालिकाहरुले चिन्न थालेछन्,’ खनाल भन्छन्, ‘आफूले अभिनय गर्नसक्ने विश्वास त भयो नै, यहि क्षेत्रमा फेरि लाग्ने हौसला पनि मिल्यो। अझैं मेरो दिन बाँकी रहेछ भन्ने भयो।’ ‘नाई नभन्नु ल–२’ पछि उनले ‘प्रेम गीत’मा अभिनय गरे। बिस्तारै नयाँ पुस्ताले उनलाई चिन्न थाले।

खनाल फिल्ममा प्रवेश गर्दादेखि नै फरक भूमिकामा देखिन्थे। राजेश हमाल, निखिल उप्रेती, विराज भट्टजस्ता ‘एक्सन हिरो’का बीच उनी भावुक अभिनेता थिए। प्रायः ‘इमोसनल’ फिल्ममा बढी देखिए। 

अमेरिकाबाट नेपाल फर्किएपछि उनले आफूले छाडेको त्यो ठाउँ कसैले लिएको पाएनन्। ‘भावुक अभिनय’ गर्नेहरुको कमी देखे। पहिलेजस्तै हास्यव्यंग्य र द्वन्द्वमा आधारित फिल्मकै दबदबा थियो। ‘म नेपाल आउँदा आफ्नो ठाउँ खाली पाउनु एक हिसाबले मेरो लागि सुखद पनि थियो, दुःखद पनि थियो,’ खनाल भन्छन्, ‘फिल्महरु मनोरञ्जनका लागि मात्रै हुन् भन्ने भाष्यबाट नेपाली सिनेमा अझै उठ्न नसक्नु दुःखद पाटो हो।’

दरबारले नरुचाएको त्यो नाटक 
आधा शताब्दी उमेर काटिसकेका खनालका जीवनका धेरै किस्सा छन्। तीमध्ये उनले सधैं सम्झिरहने घटना भने अमेरिकामै नाटक गर्दा नेपालबाट आएको धम्की हो।

दरबार हत्याकाण्डको एक वर्ष पनि नहुँदै उनले सोही विषयसँग जोडिएको नाटक मञ्चन गरेका थिए। कान्तिपुरमा खगेन्द्र संग्रौलाले लेखेको कुनै लेखबाट प्रभावित भएर ‘सत्यमेव जयती’ नामक नाटक बनाएका थिए।

‘नाटकमा दरबार हत्याकाण्डको विषयलाई समेटेको थिएँ, सत्य जनताले थाहा पाउनुपर्छ भन्ने भावना थियो,’ खनाल सम्झिन्छन्, ‘नाटक मञ्चन गरेपछि मलाई नेपालबाट दरबारका सचिवले फोन गरेर धम्क्याएका थिए।’

नाटकको भर्खर दुई शो मञ्चन भएको थियो। कसैले भिडियो खिचेर दरबार पठाइदिएछ। मंगलबारको दिन उनको साप्ताहिक बिदा हुन्थ्यो। घरमा आराम गरिरहेका थिए। नेपालबाट फोन आयो। फोन उठाउना साथ उनलाई नाटकको विषयमा सोधियो। ‘नाटक किन गरेको?’ भन्ने प्रश्न गरियो।

‘मैले त नेपाली जनताको सोच मात्रै प्रस्तुत गरेको हुँ, के गल्ती गरें र?’ उनले जवाफ फर्काए।

उताबाट भनियो, ‘तपाईंले ठीक गर्नु भएन। अप्ठ्यारो पर्छ तपाईंलाई?’

दरबारबाट फोन गर्नेले खनाललाई नेपाल आउन अप्ठ्यारो पार्ने बताए। उनी आतंकित भए। नेपालमा आफ्ना अग्रज, सहकर्मीहरुसँग कुरा गरे। साथीभाइको सल्लाहपछि नाटक मञ्चन बन्द गर्ने निधो गरेको उनी बताउँछन्।

‘त्योबेला दरबारको दबदबाबीच त्यस्तो नाटक गर्नु जोखिम मोल्नु त छँदै थियो, झन् फोन नै आइसकेपछि नाटकलाई निरन्तरता दिन सकिनँ। दरबारमा फोन गरेर नाटक नगर्ने निर्णय गरेको बताएको थिएँ,’ उनी भन्छन्।

अमेरिका हुँदा पनि खनाल नेपालकै कथाहरु भनिरहेका थिए। आफूलाई धेरै राम्रो लेखक त मान्दैनन्, उनी। तर, केही र कोही नभएको ठाउँमा थोरै हुनुले मात्रै पनि प्रभाव पार्छ। आफूले सकेको जानेको किसिमको कथा लेख्थे र आफैंले त्यसलाई निर्देशन गर्थे। 

उहिले उनीसँगै कलाकारिता गर्ने धेरै कलाकार यो क्षेत्रबाट हराइसके। तर, अमेरिकाबाट फर्किएर उनी फेरि अभिनयमै लागेका छन्। उनी अब आफू फिल्म र कला क्षेत्रमा नै लागिरहने बताउँछन्।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
‘कश्यप’ मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु पक्का, रिद्वी खत्री पनि अडिसनबाट छनोट आभाले यसै फिल्मका लागि एक्सन दृश्यको बिशेष प्रशिक्षण लिईरहेकी छिन्, जसले उनको भूमिकामा थप दमदार र यथार्थता परक बनाउने अपेक्षा गरिएको... मंगलबार, साउन २७, २०८२
ताजा समाचारसबै
बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित शुक्रबार, मंसिर १२, २०८२
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय शुक्रबार, मंसिर १२, २०८२
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश, भने-‘रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ’ शुक्रबार, मंसिर १२, २०८२
प्रियाङ्कको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य शुक्रबार, मंसिर १२, २०८२
पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय शुक्रबार, मंसिर १२, २०८२
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्