काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमिय अकाउन्ट’को सुरुवात गरेको छ।
एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ। यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैकिङ र मोबाइल बैंकिङ पनि नि:शुल्क उपलब्ध गरिएको छ। उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ।
रेमिटेन्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफूलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोल्ने सुबिधा लिन सक्ने बैंकले जनाएको छ। उक्त खाता खोल्नका लागि कुनै पनि रेमिटेन्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ।
बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।