काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सामुदायिक विद्यालयको स्तर नबढेसम्म मुलुकको समग्र शैक्षिक अवस्थामा सुधार आउन नसक्ने बताएका छन्।
राजधानीको गोकर्णेश्वरमा रहेको चामुण्डा माध्यामिक विद्यालयको ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको स्तर उकास्न राज्यसँगै समुदाय नै बढी जिम्मेवार हुनुपर्ने बताए।
वर्तमान सरकार सामुदायिक विद्यालयहरुको स्तर उकास्न प्रतिबद्ध रहेको भन्दै मन्त्री तामाङले सरकारको अभियानमा साथ दिन सबैलाई आग्रह गरे। चामुण्डा माविकै पूर्व विद्यार्थी सांसद सरिता न्यौपानले सामुदायिक विद्यालयहरु मुलुककै अमुल्य सम्पति भएको चर्चा गरिन्।
गोकर्णेश्वर नगरपालिका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिका भित्र रहेका सामुदायीक विद्यालयको स्तर उन्नतिका लागि आफू क्रियाशील रहने प्रतिबद्धता जनाए।
२०२४ सालमा स्थापना भएको चामुण्डा मावि भौतिक पूर्वाधर तथा लगातारको उत्कृष्ट नतिजाका कारण मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।