काठमाडौं– इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ।
इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ।
इजरायलले सरकारीस्तरमा सम्झौता गरी १ हजार कामदार लैजाने तयारी गरेको छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली श्रमिक लाने तयारी गरेको हो।
साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।