• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालकोट पुगेर झस्केका भीम रावल: ओलीसँग असन्तुष्ट, गरे छुट्टै भेला

64x64
बीपी अनमोल आइतबार, भदौ २७, २०७८  २०:०८
1140x725

काठमाडौं– आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट, भक्तपुरस्थित निवासमा एउटा बैठक बस्यो। मध्याह्न बोलाइएको संसदीय दलको बैठकअघि बसेको यो बैठकको विषय अलि भिन्न थियो। सुदूरपश्चिम प्रदेशमा पार्टी इञ्चार्जको जिम्मेवारी कसलाई दिने भन्नेबारे ‘टुंगो लगाउन’ ओलीले यो बैठक डाकेका थिए।

बैठकमा ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा उपस्थित थिए। खासमा यो बैठक रावल र भट्टका लागि बोलाइएको थियो। कारण एमालेको नयाँ संरचनामा सुदूरपश्चिम प्रदेशको इञ्चार्ज रावल र भट्टमध्ये को बन्ने भन्ने विवाद देखापरेको थियो र त्यो विवाद सार्वजनिक रुपमै छताछुल्ल हुनपुगेको थियो। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय भएकाले रावल आफू स्वतः इञ्चार्ज भएको बताइरहेका थिए भने भट्टले फागुन २८ पछि आफूले इञ्चार्जको जिम्मेवारी पाएको र ‘अध्यक्षले अहिले पनि इञ्चार्जको काम गर्न’ भनेको बताइरहेका थिए।

आइतबारको बालकोट बैठक यही विवाद सुल्झाउन बोलाइएको थियो। तर, बैठकले विवाद सुल्झाएको भनिए पनि झन् बल्झिएको छ।

अनि रावल झस्किए
आइतबारको बालकोट बैठकमा ओलीले सुदूरपश्चिमको यो विवादबारे लामो भूमिका बाँध्दै अन्ततः भट्ट नै इञ्चार्ज रहने बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार त्यसक्रममा ओलीले रावललाई भनेका थिए– ‘तपाईं पार्टीको उपाध्यक्ष हुनुहुन्छ, यही भूमिकामा रहेर सहजीकरण गर्नुस्। सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराजजी नै रहनुहुनेछ।’

रावलका लागि ओलीको यस्तो भनाइ अप्रत्यासित थियो। किनभने एमालेका सम्पूर्ण पार्टी कमिटी र संरचना २०७५ जेठ २ मा फर्कने निर्णय भएपछि उनी अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर ओलीसँग नजिकिएका थिए। एमालेमा चुलिएको अन्तरसंघर्ष पार्टी विभाजनको तहमा पुगेपछि उनले अर्को पार्टी खोल्ने निर्णयमा पुगेका नेपाललाई साथ नदिने र (ओली नेतृत्वको) एमालेमै रहने निर्णय गरेका थिए। त्यसअघि एमाले एकता कार्यदलले १० बुँदे सहमति गरेको थियो, जसमा पार्टीका सबै कमिटी र संरचनालाई २०७५ जेठ २ मा फर्काउने उल्लेख थियो। रावल एकता कार्यदलमा नेपालतर्फका संयोजक नै थिए।

जेठ २ ताका रावल नै एमाले सुदूरपश्चिमका इञ्चार्ज थिए। त्यहीकारण एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि पनि प्रदेश इञ्चार्जको जिम्मेवारी रावलले नै पाएका थिए। सोझो हिसाबले पनि १० बुँदे सहमतिअनुसार आफू नै स्वतः इञ्चार्ज हुनुपर्ने ठानेका रावल आइतबार बालकोटको बैठकबाट झस्किएनन् मात्र, असन्तुष्ट समेत बनेका छन्। केही असन्तुष्टि उनले बैठकमै व्यक्त गरेका थिए। ‘त्यसक्रममा रावलजीले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने र प्रदेश इञ्चार्ज आफू नै हुनुपर्ने अडान राख्नुभो’, बैठकमा सहभागी एक नेताले भने।

बालकोटबाट असन्तुष्ट भएर फर्किएका रावल आइतबार मध्याह्न बोलाइएको एमाले संसदीय दलको बैठकमा समेत सहभागी भएनन्। ‘पार्टी जेठ २ मा फर्किने भनेपछि त्यो सबै कमिटीमा निःशर्त कार्यान्वयन हुनुपर्छ र १० बुँदे अक्षरशः लागु हुनुपर्छ भन्ने उहाँको भनाइ हो,’ रावलनिकट एक एमाले नेताले नेपाल लाइभसँग भने, ‘अन्य प्रदेशमा सबैको पूर्ववत् जिम्मेवारीमा फर्कन हुने, सुदूरपश्चिममा मात्रै नहुने भन्ने हुँदैन। यस्तो कुरा मान्न सकिँदैन।’
ओलीको भनाइपछि असन्तुष्ट बनेका रावलले बालकोटबाट फर्केपछि आइतबार दिउँसो नै आफूनिकट सांसदहरुसँग सिंहदरबारमा छलफल गरेका थिए। छलफलमा उनले बालकोटमा भएका कुराकानी सुनाएका थिए। रावलले योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, राजबहादुर बुढालगायत सांसदसँग छलफल गरेका थिए। 

‘हामीले एउटा नीति बनाइसकेपछि त्यसैलाई आधार बनाएर अगाडि बढने हो,’ सांसद झपट रावलले भने, ‘त्यो नीति बनिसकेपछि त्यसलाई अक्षरशः पालना गरेर अघि बढनुपर्छ भन्ने हो।’

Ncell 2
Ncell 2

उनले असार २७ मा भएको दशबुँदे सहमति निःशर्त कार्यान्वयन गरेर जानुपर्ने आफूहरुको प्रष्ट धारणा रहेको बताए। ‘उहाँ (उपाध्यक्ष रावल) तत्कालीन एमालेको मात्र होइन, नेकपा हुँदाको पनि सुदूरपश्चिम इञ्चार्ज हो’, उनले भने, ‘अहिले बाहिर सञ्चारमाध्यममा आइरहेको विषय नै हो भने त त्यो सबै खण्डित हुन्छ।’

ओलीनिकट एमाले नेताहरुले पछिल्लो समय १० बुँदे सहमति र २०७५ जेठ २ को पार्टी संरचना जस्ताको तस्तै लागू नहुने बताइरहेका छन्। ओली स्वयंले पनि अहिलेको एमाले २०७५ जेठ २, जेठ ३ देखि २०७७ पुस ५ र पुस ७ पछिको परिस्कृत एमालेका रुपमा अघि बढिसकेको बताइरहेका छन्। एमाले उपाध्यक्ष रावलले भने अन्तिमसम्म पनि सहमतिलाई अक्षरशः कार्यान्वयन गरेर जाने प्रयत्न गर्नुपर्ने आफूनिकट नेताहरुलाई बताएका छन्। ‘व्यक्ति रहने वा नरहने भन्दा पनि पार्टी जोगायो भने सबैभन्दा ठूलो उपलब्धि त्यही हुन्छ,’ उनको भनाई उद्धृत गर्दै सांसद झपट रावलले भने । 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज अब लेखराज भट्ट नै भएको बताए। ‘जेठ २ मा जाने कुरा शतप्रतिशत कार्यान्वयन गरिसकेका छौं। जिम्मेवारी दिने कुरामा कुनै विवाद छैन,’ थापाले भने, ‘भीम रावल त अब अध्यक्षको दाबेदार नेता हो, उहाँ तल प्रदेशमा जाने कुरा राम्रो हुँदैन। उहाँलाई हामीले सम्मान गरेरै अब नेतृत्वका लागि अगाडि बढ्नुस् भनेका हौंं।’ उनले आफूहरुले रावललाई सिनियर नेता मानेको र रावल उपाध्यक्षको जिम्मेवारीमै केन्द्रित रहनुपर्ने बताए।

एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न सुदूरपश्चिममा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी दिएको छ। तर, जिम्मेवारी पाएका नेताहरुबीचकै यो टकराबले एमालेभित्र पुनः समस्या उत्पन्न हुन सक्ने देखिएको छ। 

एमाले अध्यक्ष ओली र उनीनिकट नेताहरु एकीकरण प्रक्रियाबाट आएका नेताहरूलाई जिम्मेवारबिहीन बनाएर अघि बढन नसक्ने बताइरहेका छन्। भट्टनिकट एक नेताले पनि जस्ताको तस्तै जेठ २ मा जान सम्भव नभएको जिकिर गरे। ‘हिजो असहज परिस्थितिमा नेतृत्वलाई साथ दिएर पार्टीको जिम्मेवारीमा बस्नुभयो,’ उनले भने, ‘अहिले जेठ २ मा गयौं भनेर एकीकरणमा आएका नेताहरुलाई बाहिर राख्न त मिल्दैन नि।’

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
रिहा भएपछि दुर्गा प्रसाईँले भने–प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्... आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो च... आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर सोमबार, मंसिर ८, २०८२
सुनको मूल्य घट्यो सोमबार, मंसिर ८, २०८२
जनकपुरधाममा विवाहोत्सवको अघिल्लो दिन आज ‘मटकोर’ सोमबार, मंसिर ८, २०८२
प्रधानमन्त्री कार्की स्वकीय सचिव श्रेष्ठले गरे पदको दुरुपयोग- खुवाए परिवारका सदस्य तथा नातेदारहरुलाई जागिर सोमबार, मंसिर ८, २०८२
एनपीएलमा आज आज दुई खेल हुँदै सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्