• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालकोट पुगेर झस्केका भीम रावल: ओलीसँग असन्तुष्ट, गरे छुट्टै भेला

64x64
बीपी अनमोल आइतबार, भदौ २७, २०७८  २०:०८
1140x725

काठमाडौं– आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट, भक्तपुरस्थित निवासमा एउटा बैठक बस्यो। मध्याह्न बोलाइएको संसदीय दलको बैठकअघि बसेको यो बैठकको विषय अलि भिन्न थियो। सुदूरपश्चिम प्रदेशमा पार्टी इञ्चार्जको जिम्मेवारी कसलाई दिने भन्नेबारे ‘टुंगो लगाउन’ ओलीले यो बैठक डाकेका थिए।

बैठकमा ओलीसहित एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा उपस्थित थिए। खासमा यो बैठक रावल र भट्टका लागि बोलाइएको थियो। कारण एमालेको नयाँ संरचनामा सुदूरपश्चिम प्रदेशको इञ्चार्ज रावल र भट्टमध्ये को बन्ने भन्ने विवाद देखापरेको थियो र त्यो विवाद सार्वजनिक रुपमै छताछुल्ल हुनपुगेको थियो। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय भएकाले रावल आफू स्वतः इञ्चार्ज भएको बताइरहेका थिए भने भट्टले फागुन २८ पछि आफूले इञ्चार्जको जिम्मेवारी पाएको र ‘अध्यक्षले अहिले पनि इञ्चार्जको काम गर्न’ भनेको बताइरहेका थिए।

आइतबारको बालकोट बैठक यही विवाद सुल्झाउन बोलाइएको थियो। तर, बैठकले विवाद सुल्झाएको भनिए पनि झन् बल्झिएको छ।

अनि रावल झस्किए
आइतबारको बालकोट बैठकमा ओलीले सुदूरपश्चिमको यो विवादबारे लामो भूमिका बाँध्दै अन्ततः भट्ट नै इञ्चार्ज रहने बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार त्यसक्रममा ओलीले रावललाई भनेका थिए– ‘तपाईं पार्टीको उपाध्यक्ष हुनुहुन्छ, यही भूमिकामा रहेर सहजीकरण गर्नुस्। सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराजजी नै रहनुहुनेछ।’

रावलका लागि ओलीको यस्तो भनाइ अप्रत्यासित थियो। किनभने एमालेका सम्पूर्ण पार्टी कमिटी र संरचना २०७५ जेठ २ मा फर्कने निर्णय भएपछि उनी अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर ओलीसँग नजिकिएका थिए। एमालेमा चुलिएको अन्तरसंघर्ष पार्टी विभाजनको तहमा पुगेपछि उनले अर्को पार्टी खोल्ने निर्णयमा पुगेका नेपाललाई साथ नदिने र (ओली नेतृत्वको) एमालेमै रहने निर्णय गरेका थिए। त्यसअघि एमाले एकता कार्यदलले १० बुँदे सहमति गरेको थियो, जसमा पार्टीका सबै कमिटी र संरचनालाई २०७५ जेठ २ मा फर्काउने उल्लेख थियो। रावल एकता कार्यदलमा नेपालतर्फका संयोजक नै थिए।

जेठ २ ताका रावल नै एमाले सुदूरपश्चिमका इञ्चार्ज थिए। त्यहीकारण एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि पनि प्रदेश इञ्चार्जको जिम्मेवारी रावलले नै पाएका थिए। सोझो हिसाबले पनि १० बुँदे सहमतिअनुसार आफू नै स्वतः इञ्चार्ज हुनुपर्ने ठानेका रावल आइतबार बालकोटको बैठकबाट झस्किएनन् मात्र, असन्तुष्ट समेत बनेका छन्। केही असन्तुष्टि उनले बैठकमै व्यक्त गरेका थिए। ‘त्यसक्रममा रावलजीले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन हुनुपर्ने र प्रदेश इञ्चार्ज आफू नै हुनुपर्ने अडान राख्नुभो’, बैठकमा सहभागी एक नेताले भने।

बालकोटबाट असन्तुष्ट भएर फर्किएका रावल आइतबार मध्याह्न बोलाइएको एमाले संसदीय दलको बैठकमा समेत सहभागी भएनन्। ‘पार्टी जेठ २ मा फर्किने भनेपछि त्यो सबै कमिटीमा निःशर्त कार्यान्वयन हुनुपर्छ र १० बुँदे अक्षरशः लागु हुनुपर्छ भन्ने उहाँको भनाइ हो,’ रावलनिकट एक एमाले नेताले नेपाल लाइभसँग भने, ‘अन्य प्रदेशमा सबैको पूर्ववत् जिम्मेवारीमा फर्कन हुने, सुदूरपश्चिममा मात्रै नहुने भन्ने हुँदैन। यस्तो कुरा मान्न सकिँदैन।’
ओलीको भनाइपछि असन्तुष्ट बनेका रावलले बालकोटबाट फर्केपछि आइतबार दिउँसो नै आफूनिकट सांसदहरुसँग सिंहदरबारमा छलफल गरेका थिए। छलफलमा उनले बालकोटमा भएका कुराकानी सुनाएका थिए। रावलले योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, राजबहादुर बुढालगायत सांसदसँग छलफल गरेका थिए। 

‘हामीले एउटा नीति बनाइसकेपछि त्यसैलाई आधार बनाएर अगाडि बढने हो,’ सांसद झपट रावलले भने, ‘त्यो नीति बनिसकेपछि त्यसलाई अक्षरशः पालना गरेर अघि बढनुपर्छ भन्ने हो।’

nimb
nimb
Ncell 2
Ncell 2

उनले असार २७ मा भएको दशबुँदे सहमति निःशर्त कार्यान्वयन गरेर जानुपर्ने आफूहरुको प्रष्ट धारणा रहेको बताए। ‘उहाँ (उपाध्यक्ष रावल) तत्कालीन एमालेको मात्र होइन, नेकपा हुँदाको पनि सुदूरपश्चिम इञ्चार्ज हो’, उनले भने, ‘अहिले बाहिर सञ्चारमाध्यममा आइरहेको विषय नै हो भने त त्यो सबै खण्डित हुन्छ।’

ओलीनिकट एमाले नेताहरुले पछिल्लो समय १० बुँदे सहमति र २०७५ जेठ २ को पार्टी संरचना जस्ताको तस्तै लागू नहुने बताइरहेका छन्। ओली स्वयंले पनि अहिलेको एमाले २०७५ जेठ २, जेठ ३ देखि २०७७ पुस ५ र पुस ७ पछिको परिस्कृत एमालेका रुपमा अघि बढिसकेको बताइरहेका छन्। एमाले उपाध्यक्ष रावलले भने अन्तिमसम्म पनि सहमतिलाई अक्षरशः कार्यान्वयन गरेर जाने प्रयत्न गर्नुपर्ने आफूनिकट नेताहरुलाई बताएका छन्। ‘व्यक्ति रहने वा नरहने भन्दा पनि पार्टी जोगायो भने सबैभन्दा ठूलो उपलब्धि त्यही हुन्छ,’ उनको भनाई उद्धृत गर्दै सांसद झपट रावलले भने । 

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज अब लेखराज भट्ट नै भएको बताए। ‘जेठ २ मा जाने कुरा शतप्रतिशत कार्यान्वयन गरिसकेका छौं। जिम्मेवारी दिने कुरामा कुनै विवाद छैन,’ थापाले भने, ‘भीम रावल त अब अध्यक्षको दाबेदार नेता हो, उहाँ तल प्रदेशमा जाने कुरा राम्रो हुँदैन। उहाँलाई हामीले सम्मान गरेरै अब नेतृत्वका लागि अगाडि बढ्नुस् भनेका हौंं।’ उनले आफूहरुले रावललाई सिनियर नेता मानेको र रावल उपाध्यक्षको जिम्मेवारीमै केन्द्रित रहनुपर्ने बताए।

एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न सुदूरपश्चिममा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी दिएको छ। तर, जिम्मेवारी पाएका नेताहरुबीचकै यो टकराबले एमालेभित्र पुनः समस्या उत्पन्न हुन सक्ने देखिएको छ। 

एमाले अध्यक्ष ओली र उनीनिकट नेताहरु एकीकरण प्रक्रियाबाट आएका नेताहरूलाई जिम्मेवारबिहीन बनाएर अघि बढन नसक्ने बताइरहेका छन्। भट्टनिकट एक नेताले पनि जस्ताको तस्तै जेठ २ मा जान सम्भव नभएको जिकिर गरे। ‘हिजो असहज परिस्थितिमा नेतृत्वलाई साथ दिएर पार्टीको जिम्मेवारीमा बस्नुभयो,’ उनले भने, ‘अहिले जेठ २ मा गयौं भनेर एकीकरणमा आएका नेताहरुलाई बाहिर राख्न त मिल्दैन नि।’

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
२० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे नेपालमा रहेका विभिन्न करिब २० देशका राजदूतसँग भेटवार्ता गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको... बुधबार, चैत २५, २०८२
संघीय संसदका दुवै सदनको बैठक बस्दै निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । बुधबार, चैत २५, २०८२
विशेष महाधिवेशन हस्ताक्षर रोक्न र आन्तरिक समीक्षा गर्न एमालेको निर्देशन पार्टी केन्द्रीय कार्यालयमा मंगलवार दिउँसो आयोजित छलफलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा (बादल) ले आन्तरिक विषयहरू आन्तरिक समीक्षा... मंगलबार, चैत २४, २०८२
ताजा समाचारसबै
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : सतर्क र सम्पर्कमा रहनु बुधबार, चैत २५, २०८२
२० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाह बुधबार, चैत २५, २०८२
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर बुधबार, चैत २५, २०८२
इरान-अमेरिकाबिच युद्धविराम: स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्