• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मातृका आँखा अस्पतालको बम घटना : युट्युब हेरेर बम बनाउने, ऋण तिर्न फिरौती माग्ने

64x64
नारायण अधिकारी आइतबार, भदौ २७, २०७८  १६:३७
1140x725

काठमाडौं– ‘तपाईंहरु २ मिनेटभित्र सबैजना बाहिर निस्किनुहोस्। हामीले बम राखेका छौं।’ भदौ २४ गते बिहान सवा १० बजे पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङको मोबाइलमा फोन गरेका व्यक्तिले भने। दोङले प्रतिप्रश्नसहित जवाफ फर्काए, ‘तपाईंले ठट्टा गर्नु भएको हो?’

‘नपत्याए तेस्रो तलाको बाथरुममा हेर्न जा’ दोङलाई अपरिचित व्यक्तिले फोनमा भने। उक्त फोनबारे दोङले तत्कालै अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई जानकारी गराए। उनीहरु बाथरुममा हेर्न जाँदा रातो बत्ती पिलिक पिलिक बलिरहेको थियो। त्यसपछि अध्यक्ष श्रेष्ठले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराए। 

प्रहरी र नेपाली सेनाको टोली गएर डिस्पोज गर्दा उक्त वस्तु तर्साउन राखिएको नक्कली बम रहेको पाइएको थियो। यता बम राखेको भनेर दोङलाई फोन गर्ने व्यक्ति भने पहिचान भएको थिएन। उनीहरुको बारेमा अनुसन्धान गरेको प्रहरीले अन्तत: तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यहरु धादिङको त्रिपुरासन्दरी गाउँपालिका–५ घर भई हाल काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर र उनका सहोदर भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगरलाई पक्राउ गरेको छ। 

No description available.
सिसीटिभीमा कैद भएका कुँवर दाजुभाइ।

उनीहरुले बम राखेको सिसीटिभी फुटेज समेत पाइएको थियो। सिसीटिभी फुटेज, मोबाइल लोकेसनलगायत प्राविधिक विश्लेषण गरी उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो। बम राख्दा सिसी टिभी फुटेजमा देखिएका कपडा (उनीहरुले लगाएका लुगा) समेत प्रहरीले बरामद गरेको छ।

आशिष बिजुलीको काम गर्ने व्यक्ति हुन् भने उनका भाई अभिषेक होटल मजदुर हुन्। अर्का अम्मरबहादुर भने होटल व्यवसायी रहेको पाइएको छ। 

युट्युब हेरेर बम बनाउन सिके
पक्राउ परेकाहरुसँग सोधपुछ गर्ने क्रममा उनीहरु युट्युबबाट बम बनाउन सिकेको प्रहरीसमक्ष बयान दिएका छन्। परिसरका प्रहरी वरिष्ठ उपरीक्षक तथा एसएसपी अशोक सिंह भन्छन्, ‘पक्राउ परेकाहरुले युट्युब हेरेर बम बनाउन सिकेको बताएका छन्। थप अनुसन्धान भने हुन बाँकी नै छ।’

No description available.
अस्पतालमा राखिएको नक्कली बम।

पक्राउ परेकामध्ये एक जना बिजुलीको काम गर्ने भएकाले इलेक्ट्रिसिटीसँग पनि राम्रो ज्ञान भएकाले नक्कली बम बनाउन सहज भएको प्रहरीले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ट्वाइलेटमा राखिएको उक्त बममा टाइम समेत फिट गरिएको थियो। झट्ट हेर्दा सक्कली नै जस्तो बनाएर यो समूहले बम राखेको थियो। 

३ करोड फिरौती माग
नक्कली बम राख्नुको उद्देश्य भने फिरौतीसँग जोडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो समूहले नक्कली बम राखेर तीन करोड रुपैयाँ फिरौती समेत माग गरेको एसएसपी सिंहले बताए।

नक्कली बम राखेपछि उनीहरुले दोङलाई मेसेज गर्दै '३० मिनेटभित्र सटर बन्द गरेर सबै बाहिर निस्की प्रहरीलाई खबर गरिस् भने ब्लास्ट गर्दिन्छु, तिमारु कोही बाँच्दैन' भनेका थिए।

No description available.
चिकित्सकलाई पठाइएको धम्कीपूर्ण मेसेज।

उक्त मेसेज गर्दै बम राख्नुको पछाडि फिरौतीका लागि भएको बुझिएको छ। बम राखिसकेपछि अस्पतालका एक डाक्टरलाई आशिषले बारम्बार फोन गर्दै ३ करोड रुपैयाँ फिरौती समेत माग गरेका थिए। नदिए घरमा समेत बम राखेर उठाइदिनेसम्मको धम्की दिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्पताल र घरपरिवार सुरक्षित राख्ने भए ३ करोड लिएर नागढुंगामा आउनु भनेर फोन गरेका थिए। 

सहकारीको ऋण तिर्न बम राखेर फिरौती माग
बम राख्नुको कारण भने सहकारीको ऋण तिर्न भएको पक्राउ परेकाहरुले बताएका छन्। पक्राउ परेकामध्ये आशिषले केही समयअघि सोही अस्पतालमा आँखाको शल्यक्रिया गरेका थिए। जसकारण अस्पताल र त्यहाँ कार्यरत केही डाक्टरका बारेमा उनलाई राम्रोसँग जानकारी थियो। 

उनै आशिषले एक सहकारीमार्फत् १७ लाख रुपैयाँ ऋण समेत लिइएको पाइएको छ। सोही ऋण तिर्न नक्कली बम राखेर फिरौती माग गर्नु परेको उनीहरुले प्रहरीसमक्ष बताएका छन्।

No description available.
पक्राउ परेकाबाट बरामद गरिएको सामान।

अर्कोतर्फ उनीहरुले बेल्जियम जानका लागि भिसा अप्लाई समेत गरेको र त्यसका लागि तत्काल चाहिने रकम समेत नभएकाले नक्कली बम राखेर तर्साइ पैसा उठाउने योजना बनाएको बताएका छन्।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्