• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मातृका आँखा अस्पतालको बम घटना : युट्युब हेरेर बम बनाउने, ऋण तिर्न फिरौती माग्ने

64x64
नारायण अधिकारी आइतबार, भदौ २७, २०७८  १६:३७
1140x725

काठमाडौं– ‘तपाईंहरु २ मिनेटभित्र सबैजना बाहिर निस्किनुहोस्। हामीले बम राखेका छौं।’ भदौ २४ गते बिहान सवा १० बजे पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङको मोबाइलमा फोन गरेका व्यक्तिले भने। दोङले प्रतिप्रश्नसहित जवाफ फर्काए, ‘तपाईंले ठट्टा गर्नु भएको हो?’

‘नपत्याए तेस्रो तलाको बाथरुममा हेर्न जा’ दोङलाई अपरिचित व्यक्तिले फोनमा भने। उक्त फोनबारे दोङले तत्कालै अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई जानकारी गराए। उनीहरु बाथरुममा हेर्न जाँदा रातो बत्ती पिलिक पिलिक बलिरहेको थियो। त्यसपछि अध्यक्ष श्रेष्ठले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराए। 

प्रहरी र नेपाली सेनाको टोली गएर डिस्पोज गर्दा उक्त वस्तु तर्साउन राखिएको नक्कली बम रहेको पाइएको थियो। यता बम राखेको भनेर दोङलाई फोन गर्ने व्यक्ति भने पहिचान भएको थिएन। उनीहरुको बारेमा अनुसन्धान गरेको प्रहरीले अन्तत: तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

प्रहरी परिसर काठमाडौंले बम राख्ने समूहका सदस्यहरु धादिङको त्रिपुरासन्दरी गाउँपालिका–५ घर भई हाल काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर र उनका सहोदर भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगरलाई पक्राउ गरेको छ। 

No description available.
सिसीटिभीमा कैद भएका कुँवर दाजुभाइ।

उनीहरुले बम राखेको सिसीटिभी फुटेज समेत पाइएको थियो। सिसीटिभी फुटेज, मोबाइल लोकेसनलगायत प्राविधिक विश्लेषण गरी उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो। बम राख्दा सिसी टिभी फुटेजमा देखिएका कपडा (उनीहरुले लगाएका लुगा) समेत प्रहरीले बरामद गरेको छ।

आशिष बिजुलीको काम गर्ने व्यक्ति हुन् भने उनका भाई अभिषेक होटल मजदुर हुन्। अर्का अम्मरबहादुर भने होटल व्यवसायी रहेको पाइएको छ। 

युट्युब हेरेर बम बनाउन सिके
पक्राउ परेकाहरुसँग सोधपुछ गर्ने क्रममा उनीहरु युट्युबबाट बम बनाउन सिकेको प्रहरीसमक्ष बयान दिएका छन्। परिसरका प्रहरी वरिष्ठ उपरीक्षक तथा एसएसपी अशोक सिंह भन्छन्, ‘पक्राउ परेकाहरुले युट्युब हेरेर बम बनाउन सिकेको बताएका छन्। थप अनुसन्धान भने हुन बाँकी नै छ।’

No description available.
अस्पतालमा राखिएको नक्कली बम।

पक्राउ परेकामध्ये एक जना बिजुलीको काम गर्ने भएकाले इलेक्ट्रिसिटीसँग पनि राम्रो ज्ञान भएकाले नक्कली बम बनाउन सहज भएको प्रहरीले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

ट्वाइलेटमा राखिएको उक्त बममा टाइम समेत फिट गरिएको थियो। झट्ट हेर्दा सक्कली नै जस्तो बनाएर यो समूहले बम राखेको थियो। 

३ करोड फिरौती माग
नक्कली बम राख्नुको उद्देश्य भने फिरौतीसँग जोडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो समूहले नक्कली बम राखेर तीन करोड रुपैयाँ फिरौती समेत माग गरेको एसएसपी सिंहले बताए।

नक्कली बम राखेपछि उनीहरुले दोङलाई मेसेज गर्दै '३० मिनेटभित्र सटर बन्द गरेर सबै बाहिर निस्की प्रहरीलाई खबर गरिस् भने ब्लास्ट गर्दिन्छु, तिमारु कोही बाँच्दैन' भनेका थिए।

No description available.
चिकित्सकलाई पठाइएको धम्कीपूर्ण मेसेज।

उक्त मेसेज गर्दै बम राख्नुको पछाडि फिरौतीका लागि भएको बुझिएको छ। बम राखिसकेपछि अस्पतालका एक डाक्टरलाई आशिषले बारम्बार फोन गर्दै ३ करोड रुपैयाँ फिरौती समेत माग गरेका थिए। नदिए घरमा समेत बम राखेर उठाइदिनेसम्मको धम्की दिएका थिए।

अस्पताल र घरपरिवार सुरक्षित राख्ने भए ३ करोड लिएर नागढुंगामा आउनु भनेर फोन गरेका थिए। 

सहकारीको ऋण तिर्न बम राखेर फिरौती माग
बम राख्नुको कारण भने सहकारीको ऋण तिर्न भएको पक्राउ परेकाहरुले बताएका छन्। पक्राउ परेकामध्ये आशिषले केही समयअघि सोही अस्पतालमा आँखाको शल्यक्रिया गरेका थिए। जसकारण अस्पताल र त्यहाँ कार्यरत केही डाक्टरका बारेमा उनलाई राम्रोसँग जानकारी थियो। 

उनै आशिषले एक सहकारीमार्फत् १७ लाख रुपैयाँ ऋण समेत लिइएको पाइएको छ। सोही ऋण तिर्न नक्कली बम राखेर फिरौती माग गर्नु परेको उनीहरुले प्रहरीसमक्ष बताएका छन्।

No description available.
पक्राउ परेकाबाट बरामद गरिएको सामान।

अर्कोतर्फ उनीहरुले बेल्जियम जानका लागि भिसा अप्लाई समेत गरेको र त्यसका लागि तत्काल चाहिने रकम समेत नभएकाले नक्कली बम राखेर तर्साइ पैसा उठाउने योजना बनाएको बताएका छन्।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्