काठमाडौं- लुम्बिनी विद्युत् उद्योग प्रालिले आफ्ना उत्पादनहरूको प्रवर्द्धन एवं विस्तार गर्नका लागि अभिनेता राजेश हमाल र मधु हमाल भट्टराईलाई ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गरेको छ।
दुई वर्षका लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा उनीहरू उपस्थित हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले आफ्नो नयाँ संरचनाको विकास गरी गुणस्तरमा नम्बर १ लिटमस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ।
सन् १९७७ मा स्थापित यो कम्पनी नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड कन्डक्टर निर्माण कम्पनी हो। कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरू बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।
‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित भइ क्वालिटीमा नम्बर १ रहनका लागि हालै एडभान्स जर्मन प्रविधियुक्त मेसिनहरूको प्रयोगसमेत गर्दै आइरहेको छ। नेपालको सबैभन्दा ठूलो केवल निर्माता कम्पनी बन्न सफल भएको छ,’ कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।