विराटनगर– इलामको सूर्योदय नगरपालिका–३ बाट अवैध काठ लोड गरेको पिकअप भ्यानसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धुपीका २३ थान ‘फेन्टा’सहित मे१ज १९५२ नम्बरको पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो।
गाडीका चालक सूर्योदय नगरपालिका–३ का केशर प्रधान र काठधनी दिलीप गुरुङलाई समेत नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर जङगलबाट सिसौ र सखुवाको काठ प्रहरीले बरामद गरेको छ।
जंगलभित्र लुकाइ राखेको अवस्थामा शनिबार राति चिरान गरिएको काठ बरामद गरिएको अस्थायी प्रहरी पोष्ट विजयपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।