• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

नेपाली सङ्गीतमा किन आकर्षित भए विदेशी सङ्गीतकर्मी?

64x64
बुलु मुकारुङ शनिबार, भदौ २६, २०७८  ०९:००
1140x725
काठमाडौँमा भएको कन्सर्टमा ब्रायन आडम्ससँग गीत गाउँदै ब्रिन्दा सिंह। तस्बिर सौजन्य : लेक्सलिम्बू डटकम

विश्व चर्चित गायक ब्रायन आडम्स ‘कन्सर्ट’का लागि २०६७ सालमा नेपाल आएका थिए। दशरथ रंगशालामा विशाल म्युजिक कन्सर्ट भएको थियो। कन्सर्टमा उनले स्टेजबाट ‘मेरो गीत कसले गाउन सक्छ?’ भन्ने प्रश्न गर्दा भिडबाट एक युवतीले हात उठाइन्। उनलाई स्टेजमा उतारियो। ब्रायन आडम्ससँगै ती युवतीले ‘समर अफ सिक्स्टी नाइन’, ‘एभ्रि थिङ्स आइ डू’ गीत गाइन्। ती थिइन्–सङ्गीतकार विजय सिंह मुनालकी सुपुत्री ब्रिन्दा सिंह।

ब्रिन्दा सिंहलाई ब्रायन आडम्सका गीत कन्ठै रहेछ। तर, के ब्रायन आडम्सलाई जस्तै हाम्रा गीत विश्वभरिका मानिसले सुन्छन्? विदेशी सङ्गीतकर्मीहरु नेपाली गीत गाउन तयार छन्? यो लेख यसैको सेरोफेरोमा केन्द्रित छ।

नेपाली गीत–सङ्गीत क्षेत्रमा भारतीय, पाकिस्तानी, बंगाली कलाकार निकै अघिदेखि जोडिएका हुन्। दार्जीलिङ, सिक्किम, भुटान, देहरादून, बर्मा, असाम आदि क्षेत्रका नेपाली भाषी सङ्गीतकर्मीले नेपाली गीत गाएका छन्। ती गीतलाई हामी नेपालीकै वा नेपाली कलाकारले नै गाएको गीत ठान्छौँ। अथवा त्यस्तो प्रचलन चलिआएको छ। तर, यसले धेरै माने राखेको देखिँदैन।

यस बेला नेपाली गीत–सङ्गीत विश्वभरि फैलिनुमा मुख्यतः नेपालीकै कारण हो। विभिन्न पेसा, व्यवसाय वा वैदेशिक रोजगारीमा नेपालीहरु अनेक मुलुक पुगे। त्यसपछि नेपाली गीत–सङ्गीतले पनि ती मुलुकमा बजार पाए। नेपाली सुरकर्मीले केही कमाउने मौका पाए। हाम्रो गीत–सङ्गीतको प्रचार विदेसिएका नेपालीमा मात्र सीमित भने छैन।

नेपाली गीत–सङ्गीतमा विदेशी कलाकार र सोधकर्ताको चासो बढिरहेको छ। अन्य मुलुकमा जनस्तरमा पनि चासो बढिरहेको छ। किनकि, विश्वका ठूला–ठूला मुलुकका सङ्गीतकर्मी नेपाल आएर गीत–सङ्गीतको खोज, अध्ययन र अनुसन्धान गर्न थालेका छन्। जसले नेपाली सङ्गीतको विश्व बजार खुला हुँदै आइरहेको छ भन्ने संकेत गर्छ। 

नेपाली सङ्गीतमा किन आकर्षित भए विदेशी सङ्गीतकर्मी? यो एउटा अहम् प्रश्न हो। विश्व चर्चित मोजार्ट, बिथोवन, बाख, सेगोभिया या विश्व चर्चित गायक समूह बोनि–एम, अब्बा, सिग, इगल्स् वा बीबी किङ, दानियल बुन, रड स्टेवर्ड, लिवनल रिकी, रिकार्ड माक्र्स, केन्नी रोजर्स, स्टिभ वन्डर, जोन डेन्भर, लुइज आमस्ट्रङ, इल्टन जोन, कितारो, तला, गुलाम अली आदि विश्व प्रसिद्ध सङ्गीतकर्मीका देशबाट पनि नेपाल आइ नेपाली सङ्गीतको ज्ञानार्जन, तथा सङ्गीत प्रस्तुति गर्ने जमर्को गरेको देखिन्छ। तर, विदेशीहरू केवल हिमाल हेर्न, चढ्न, घुम्न र खोलामा राफ्टिङ खेल्न मात्र आउँछन् भन्ने एकोहोरो सोच राज्य सत्ताकै छ।  

विश्वको ठूलो अर्थतन्त्र भएको देश अमेरिकाकै कुरा उठाउँदा डानियल एन बर्चले बीस वर्ष बसेर नेपालमा सङ्गीतको अध्ययन गरेका थिए। उनले गोपालनाथ योगी, मोहनप्रसाद जोशी, मोहनसुन्दर श्रेष्ठ आदि शास्त्रीय सङ्गीतका धुरन्धर विज्ञसँग सङ्गीत प्रशिक्षण लिएका थिए। गायक जस ब्रडीले गायक खेम गुरुङसँग संयुक्त रूमा युगल गायनको क्यासेट एल्बम निकालेका थिए। पछिल्लो समय आना स्टिरले लोकदोहोरी गीतमा पीएचडी उपाधि लिएकी थिइन्। कुनै नेपालीले लोकदोहोरी गीतमा पीएचडी गरेको अझैसम्म देखिँदैन। 

म्युजिकमा खासै चर्चित थिएन क्यानडा। तर ब्रायन आडम्स र एभ्रियलाले गर्दा क्यानडाको संगीत विश्व चर्चित भयो। उनीहरूले बाहिरी मुलुकमा गई दिएका सङ्गीत प्रस्तुतिले विश्व चर्चा पायो। ब्रायन आडम्स र एभ्रियलालाई विश्वमा क्यानडा चिनाउने कलाकारका रूपमा पनि हेरिन्छ। क्यानडामा जनस्तर तथा राज्यबाट ती कलाकारलाई निकै सम्मान गरिएको छ। 

nimb
nimb

यसरी नै जापानको कलाकार समूह गोजाइजोले सन् १९८० दशकमा नेपाल आएर दशरथ रंगशालामा गरेको साङ्गीतिक प्रस्तुति निक्कै चर्चित बनेको थियो। त्यस समूहले नेपाली गीत ‘हाम्रो केटा केटीको नाम राम्रो छ’ गाउँदा भरिभराउ रंगशालाका दर्शक स्वःस्फुर्त नाच्न थालेका थिए। 

जापानका अकिता सान पियानो वादक थिए। उनले पाटनकी नेवार समुदायकी कन्यासँग बिहे गरेका थिए। बिहेपछि यतै बसे। उनले नेपालमा थन्केर बसेका थुप्रै पियानो ट्युनिङ र मर्मतसमेत गरेका थिए। 

जापानका अकिता सान पियानो वादक थिए। उनले पाटनकी नेवार समुदायकी कन्यासँग बिहे गरेका थिए। बिहेपछि यतै बसे। उनले नेपालमा थन्केर बसेका थुप्रै पियानो ट्युनिङ र मर्मतसमेत गरेका थिए। 

उनी नेपालकै सदाबहार गीतहरू स्वरलिपिमा उतार्ने कार्यमा लागे। तर, संस्थागत रूपमा कतैबाट पनि सहयोग मिलेन। त्यैपनि सदाकाल नेपाली सङ्गीतको उत्थानमा लागि रहे। केही वर्षअघि उनले नेपालमै प्राण त्याग गरे। 

नेपाली भाषा पढ्ने क्रममा नेपाल आएका हारुहितो नोजुले गीतकार मञ्जुलका एक दर्जन अधिक गीतहरू सङ्गीतवद्ध गरेका छन्। धेरैजसो गीत गायिका सुनिता सुब्बाले गाएकी छन्। नेपाली गीत गाउने अर्को गायिका हुन्, मिका। उनले प्रसिद्ध गायिका मीरा राणासँग गायनको साधना अभ्यास गरेकी थिइन्।

फ्रान्सका विश्व प्रसिद्ध ज्याज बेला (भ्वाइलीन) वादक हुन्, डिडियल लक उड। उनले नेपाल आइ सोलो ज्याज म्युजिक कन्सर्ट पनि गरेका थिए। त्योभन्दा अघि ‘सेक्सो मानिया’ नामक ज्याज म्युजिक प्रस्तुति एकेडेमीको हलमा भएको थियो, जसमा सातवटा सेक्सोफोन वादकका साथ एक गायिकाले प्रस्तुति दिएकी थिइन्। नेपालको लागि उक्त कार्यक्रम नौलो प्रयोग थियो। 

सङ्गीत अन्वेषक कारोल टिङ्गी बेलायतकी नागरिक हुन्। उनले नेपालको परम्परागत सङ्गीत ‘पञ्चैबाजा’को खोज–अध्ययन गरी ‘हार्ट बिट अफ नेपाल ः द पञ्चैबाजा’ पुस्तक सन् १९९० मा प्रकाशन गरेकी छन्। अष्ट्रियाको भियानाबाट आएर २०६४ सालमा मिस टीना वागले प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङ, सङ्गीत अन्वेषक रामशरण दर्नाल र स्वयम् लेखक समेतको बायोग्राफिक अन्तरवार्ता लिइ भियाना रेडियोबाट प्रसारण गरेकी थिइन्। 

नेपाली गीत गाउने भारतीय कलाकारहरू धेरै छन्। जस्तै, लता मंगेशकर, आशा भोस्ले, मोहमद रफी, मान्नाडे, कैलाश खेर, कुमार सानु, जयदेव, एलिसा चिनोइ, उषा मंगेशकर, कविता कृष्णमुर्ति, पंकज उदास, भूपेन हजारिका, महेन्द्र कपुर, सुरेश वाडकर, सोनु निगम, साधना सरगम, शब्बीर कुमार छन्। त्यस्तै गीता दत्त, अनुप जलौटा, अनुराधा पोडवाल, अनुपमा देशपाण्डे, अभिजित, अमरसिंह जेसल, सुरेश कुमार, सञ्जिवनी, शैलेन्द्र सिंह, ओम दत्त, दिलराज कौर, पिनाज मसानी, विनोद राठौर, हेमा सरदेसाई, श्रेया घोषाल, भी बल्सारा, भूपेन्द्र सिंह, सपना मुखर्जी, सागरिका मुखर्जी, सान आदिले पनि नेपाली गीत गाएका छन्। अधिकांश गीत चलचित्रका छन्। गायिका हेमलताले नेपाली गायिका ज्ञानु राणासँग चार–पाँचवटा लोकगीत पनि गाएकी छन्। ‘मन कति रोयो रोयो, आशुँ कति झ¥यो, सँधै सँधै छट्पटियो जिन्दगी यो’ (रचना– पवन चामलिङ), बोलको गीत कैलाश खेरले गाएका छन्। 

विश्व प्रसिद्ध पाकिस्तानी गायक गुलाम अली, मेहदी हसन, शौकत अली, अनवर रफी साथै बंगाली कलाकार रेबिका सफिउल्लाह, समिमा सिद्धिकी आदिले पनि नेपाली गीत गाएका छन्। गुलाम अलीले ‘गाजालु ती ठूला–ठूला आँखा’ र ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ गाएका छन्। मविवि शाहको रचनामा रहेका ती दुवै गीतमध्ये पहिलो नातिकाजीले र दोस्रो अम्बर गुरुङले पहिल्यै गाइसकेका थिए। मेहदी हसनले चाँदनी शाहका गीतहरू गाएका छन्। 

शौकत अलीले मविवि शाहकै ‘वर्षात्को एक राति एक्लो थिएँ कौशीमाथि’ बोलको गीत गाएका छन्। तर, त्यो गीत त्यति चर्चित बन्नसकेन। बंगाली गायिका रेबिका सफिउल्लाहले ‘तिरिरी मुरली बज्यो बनैमा, वनैमा लौ माया नमारे’ (रचना– राजकुमार शाक्य), बोलको गीत गाएकी छन्। उक्त गीत गाएर पन्नाकाजी सुपर हिट भएका थिए। समिमा सिद्धिकीले नातिकाजीको सङ्गीतमा ‘तिमीभरि पोखिएका माया समेटेर, भाग्दै गयो जिन्दगानी माया नभेटेर’ (रचना लय संग्रौला) गाएकी छिन्। 

चीन, रुस आदि देशका कलाकारले पनि नेपाली गीत गाएको पाइन्छ। उनीहरुको सांस्कृतिक समूह घुम्नका लागि र कार्यक्रम लिएर नेपाल आउँदा साङगीतिक प्रस्तुति दिएको पाइन्छ। हिजोआज अफ्रिकी मुलुकबाट आएका शरणार्थी आदिले पनि नेपाली गीत गाउन थालेको युटुबलगायत मिडियामा देखिन थालेको छ। तिनले नेपाली साथै नेवारी गीत पनि गाउँछन्। 

यसरी नेपाली सङ्गीत क्षेत्र विश्वको विपुल फैलावटमा पुग्नु उल्लेखनीय कुरा हो। गीत–सङ्गीतका माध्यमबाट पनि देश, मुलक र मुलुकवासी संसारभर चिनिनु गौरवको विषय हो। यसले नेपाली गीत–सङ्गीतको प्रवद्र्धन हुने कुरामा विश्वस्त हुन सकिन्छ। आर्थिक उन्नतिको गोरेटो पनि खनिन सक्छ।

अहिले भन्ने गरिन्छ, नेपाली सङ्गीतमा विकृति आयो। चर्चित बन्ने होडबाजीमा उत्ताउला र बेढंगका गीत पनि बजारमा आए। लोकगीतकै कुरा गर्दा रत्यौली र तीजका गीत छुट्याउन कठिन भयो। नारी प्रधान लोकगीत वा नाचमा पनि पुरुषहरूको हस्तक्षेपकारी प्रवेश हुन थाल्यो। गीत सुन्ने गरिन्थ्यो, अब हेर्न थालिएको छ। हेर्नका लागि गीत बन्छन्। 

केही गीत सबै परिवार एकै स्थानमा बसेर हेर्न नसकिने खालका छन्। गीत र दृश्यको तुकबन्दीले कहीँ भेट नखाएको पनि देखियो। 

तर, नेपाली गीत–सङ्गीतमा विकृति मात्र छैन। पश्चिमा र अन्य विदेशीले पनि नेपाली गीतलाई नजिकबाट अध्ययन गर्न थालेका छन्। यति धेरै विदेशी कलाकार नेपाली सङ्गीतसँग जोडिनु कृत, विकृतभन्दा पनि स्वीकृत हुनु हो। नेपालका चुली–चुचुरा चढ्न आएका हुन् या नदी खोलामा बिहार गर्न, धर्मकर्ममा आएका हुन् वा समाज अध्ययनका लागि, ती आफ्ना देश फर्किँदा ‘रेसम फिरिरी’ लोकलय लिएरै जाने गरेको देखिन्छ। के यो नेपाली गीत–सङ्गीतको विस्तार विस्तृतीकरण होइन? 

कुनै बेला अरुण थापाले गाएको ‘ऋतुहरूमा तिमी’ (रचना राजेन्द्र रिजाल, सङ्गीत राम थापा) बोलको गीत बीबीसी नेपाली सेवाले गरेको सर्वेक्षणमा विश्व चर्चित दश गीतमा पर्न सफल भएको थियो। यस्ता उदाहरणलाई मध्यनजर राख्दै नेपाली सङ्गीतमा विकृति मात्र आइरहेको छैन, समृद्धि पनि साथसाथै अगाडि बढिरहेको छ भनेर बुझ्न जरुरी छ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बुलु मुकारुङ
लेखकबाट थप
के थिएनन् र जयनन्द लामा?
जातिगत लोकबाजा कतिकति, तर अधिकांश लोपोन्मुख
सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्