काठमाडौं- टिभिएसका नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ।
विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्याति प्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले बिहीबार टिभिएस अपाचे आरटीआर २०० फोरभीको फर्स्ट इन्क्लास राइडिङ्ग मोड्ससंगै बीएसभीआई इन्जिनसहितको नयाँ बहु-प्रतिक्षित मोडल सार्वजनिक गरेको हो।
टिभिएस अपाचे आरटीआर २०० फोरभी विथ फर्स्ट इन्क्लास राइडिङ्ग मोड्समा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ।
यस कोसिस्टममा स्पोर्ट, अर्बान र रेनमोडगरेर तिन ओटा मोडहरु रहेका छन्। जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहजर सुरक्षित गर्ने देखिन्छ।
कार्यक्रममा टिभिएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष, आर दिलीपले टिभिएस अपाचे श्रृंखला संसारभरी रहेका ग्राहक र रेसिंग उत्साहीहरुका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण रहेको बताए।
त्यसैको निरन्तरतास्वरुप फर्स्ट इन सेगमेन्ट फिचर्स र प्रविधियुक्त रहेको नयाँ टिभिएस अपाचे आरटीआर २०० फोरभी मोटरसाइकल नेपालमा प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको उनको भनाइ छ। 'आशा गर्दछौं कि यस नयाँ मोडलले हाम्रा नेपाली ग्राहकहरुलाई थप उत्साहित र खुशी बनाउनेछ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।