काठमाडौं- डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार नै हुने भएको छ।
यसअघि कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्ल र निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले फरक फरक विज्ञप्ति जारी गरेपछि वडा अधिवेशन हुने/नहुने अन्योल थपिएको थियो।
तर, बिहीबार निवार्चन अधिकृत मल्लले अर्को विज्ञप्ति जारी गर्दै वडा अधिवेशन शुक्रबार नै हुने स्पष्ट पारेका छन्।
जिल्ला सभापति कर्णबहादुर मल्लले यसअघि वडा अधिवेशन स्थगित गरेको सूचना निकालेका थिए।
सभापति बहादुर मल्ल संस्थापनइतरका जिल्ला नेता हुन्। डडेलधुराको वडा अधिवेशन विवाद समाधान गरेर मात्रै हुनुपर्ने माग नेताहरुको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र नेता डा शेखर कोइरालाले सभापति देउवालाई विवाद समाधान गर्न आग्रह गरेका थिए।
तर, विवाद समाधान नहुँदै वडा अधिवेशन हुने भएको छ। क्रियाशील सदस्यता जिल्लाबाट पठाएको भन्दा फरक आएको जिल्ला सभापति मल्लको भनाइ छ। पठाइएका नाम हटाइएको उनको दाबी छ। डडेल्धुरा कांग्रेस सभापति देउवाको गृहजिल्ला समेत हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।