काठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देशभर मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौंथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
यस वर्ष पनि तीजका अवसरमा मन्दिर नखुल्ने भएको छ। कोरोना भाइरस संक्रमण बढेपछि पशुपतिनाथलगायत मुख्य मन्दिर वैशाखदेखि नै बन्द छन्। पशुपतिनाथ मन्दिर नखुले पनि मन्दिर परिसरमा महिलाहरू पुगेका थिए। उनीहरू मूल मन्दिरको ढोका बाहिरबाटै पूजा गरेका छन्।
हेर्नुहोस् तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।