• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

परीक्षार्थीदेखि प्रमाणपत्रसम्म नक्कली : फार्मेसी नै पास नगरेकालाई काउन्सिलको लाइसेन्स

64x64
नारायण अधिकारी बिहीबार, भदौ २४, २०७८  ०८:११
1140x725

काठमाडौं– नेपाल फार्मेसी काउन्सिलले फर्मासिष्ट र फार्मेसी सहायकलाई दर्ता प्रमाणपत्र (लाइसेन्स) उपलब्ध गराउँछ। फार्मेसी विषयमा स्नातक गरेका वा सो सरहको योग्यता प्राप्त भएका व्यक्तिले फर्मासिष्ट र फार्मेसी विषयमा कम्तीमा प्रमाणपत्र वा सो सरहको योग्यता प्राप्त गरेका व्यक्तिले फार्मेसी सहायकको लाइसेन्स पाउँछन्।

लाइसेन्स लिनका लागि विद्यार्थीले अनिवार्य रुपमा काउन्सिलको परीक्षा पास गरेको हुनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा त उनीहरुले शिक्षण संस्थाबाट फार्मेसी विषय पढेर पास गरेको हुनुपर्छ। 

तर, विगत तीन वर्षदेखि फार्मेसी विषयमा स्नातक वा प्रमाणपत्र तह नै नपढेकाले पनि काउन्सिलबाट लाइसेन्स लिइरहेको तथ्या फेला परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बागलुङका एक युवालाई मंगलबार पक्राउ गरेसँगै यो रहस्य बाहिर आएको हो।

परिसर ललितपुरले बागलुङको वडिगार्ड गाउँपालिका–९ का ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेपछि सो कुरा बाहिर आएको हो। केसीलाई परिसर ललितपुरको विशेष टोलीले मंगलबार कुपण्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको थियो। 

परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार पक्राउ परेका केसीले फार्मेसीमा डिप्लोमा गरकोदेखि नेपाल फार्मेसी काउन्सिलबाट दिइने लाइसेन्ससम्म नक्कली बनाउँदै बेच्ने गरेको पाइएको छ। 

प्रवेश पत्रको फोटो उप्काएर अर्कैले दिन्थे लाइसेन्स परीक्षा
उनले नेपाल र भारतका विभिन्न कलेजबाट फार्मेसी उत्तीर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र बनाउने र त्यही आधारमा नेपाल फार्मेसी काउन्सिलबाट दिइने लाइसेन्ससमेत नक्कली निकाल्ने (नक्कली परीक्षार्थी खडा गरेर) गरेको अनुसन्धानबाट खुलेको छ।

फार्मेसी काउन्सिलबाट लाइसेन्सका लागि लिइने परीक्षाका लागि केसीले यसरी बनाएका नक्कली प्रमाणपत्र पेश गर्ने गरेका थिए। त्यसपछि परीक्षाका लागि काउन्सिलले प्रवेशपत्र उपलब्ध गराएपछि प्रवेशपत्रको फोटा उप्काएर परीक्षा पास गर्न सक्ने व्यक्तिको फोटा टाँस गरी परीक्षा दिन लगाउने गरेको अनुसन्धानबाट खुलेको छ। नक्कली कागजात एक व्यक्तिको पेश गर्ने र प्रवेशपत्रको फोटो उप्काएर अर्को व्यक्तिको टाँस गरी परीक्षा दिन लगाएर केसीले लाइसेन्स समेत निकालेर बेच्दै आएको अनुसन्धानबाट खुलेको छ। 

यसरी फार्मेसी पासै गर्न नसकेका व्यक्तिको फार्मेसी काउन्सिलबाट लाइसेन्स निकालिएर केसीले पैसा असुल्दै आएको पाइएको छ। फार्मेसी पासै नगरेका व्यक्तिले अवैध तरिकाबाट लाइसेन्स लिएर औषधि पसल सञ्चालनसम्म गर्ने गरेको रहस्य केसी पक्राउ परेसँगै खुलेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

फार्मेसी पास नै नगरेका व्यक्तिले औषध पसल सञ्चालन गरी बेच्दा नागरिकको स्वास्थ्यमा समेत गम्भीर खेलवाड भएको हुनसक्ने भन्दै परिसर ललितपुरले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान गरिरहेको छ। 

एक जना फरार
यसरी डिप्लोमा इन फार्मेसीको नक्कली सर्टिफिकेट बनाउनेदेखि, फार्मेसी काउन्सिलबाट दिइने लाइसेन्ससम्मको नक्कली डकुमेन्ट बनाउने गिरोहमा केसीसँगै अर्का एक व्यक्ति पनि रहेको अनुसन्धानमा खुलेको छ। 

उनी भने अहिलेसम्म फरार छन्। ललितपुर प्रहरीअनुसार मुख्य गिरोह केसी पक्राउ परेसँगै उनी फरार भएका छन्। उनको खोजी जारी रहेको ललितपुर प्रहरीले जनाएको छ। 

फरार रहेका ती व्यक्तिले केसीलाई सहयोगीको काम गर्दै आएका थिए। यस्ता नक्कली कागजात बनाउने व्यक्तिलाई उनले केसीको सम्पर्कमा पुर्‍याउनेदेखि कागजात बनाउने काममा सहयोगी भूमिका निभाउने गरेको प्रहरीले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३ लाखमा फार्मेसीको प्रमाणपत्र
नेपाल तथा भारतका विभिन्न कलेजहरुबाट डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको प्रमाणपत्र बनाउँदै आएको यो गिरोहले एक वटा डकुमेन्ट बनाएको तीन लाख रुपैयाँ लिँदै आएको पाइएको छ। 

प्रहरीसँगको बयानको क्रममा पक्राउ परेका केसीले उक्त कुरा स्वीकार गरेका छन्। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार केसीले बार्गेनिङ गरेर १ लाखदेखि ३ लाख रुपैयाँसम्म लिएर यसरी नक्कली प्रमाणपत्र बनाउने गरेको पाइएको छ। 

कतिपय प्रमाणपत्र बनाउन उनी भारतसम्म जाने गरेको अनुसन्धानमा खुलेको प्रहरी स्रोतले जनाएको छ। 

लाइसेन्सदेखि मार्कसिटसम्म बरामद
पक्राउ परेका केसीबाट लाइसेन्सदेखि मार्कसिटसम्मका नक्कली कागजातको डिजिटल कपी नै बरामद भएको प्रहरीले जनाएको छ। नक्कली लाइसेन्स, नक्कली प्रवेशपत्र, फार्मेसी पास परेको नक्कली मार्कसिटसम्मका कागजात बरामद भएका छन्। 

नेपालकै कजेल, सिटिइभिटीदेखि भारतीय कलेजबाट उपलब्ध भएका भनिएका नक्कली कागजात बरामद भएका छन्। उसको वैधानिकता जाँचका लागि सम्बन्धित कलेज, तथा सिटिभिटीमामा पठाउने तयारी भएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट बरामद भएका मोबाइलमा नक्कली डकुमेन्टका डिजिटल कपी नै बरामद भएको छ। यी कागजात केसीले कहाँ डिजाइन गरे? कहाँ प्रिन्ट गर्थे भन्ने विषय भने खुलिसकेको छैन। 

काठमाडौंमा पक्राउ परेपछि झापामा उजुरी
मंगलबार काठमाडौं उपत्यकाबाट केसी पक्राउ परेसँगै उनीविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी समेत परेको प्रहरी स्रोतले जानकारी दियो। आफूलाई डाक्टर बताउने एक व्यक्तिले केसीबाट ठगिएको भन्दै उजुरी दिएका छन्।

रकम लगेको र त्यसपछि सम्पर्कबिहिन भएर ठगी गरेको बताइएको छ। तर ठगिएर पीडित भएको भनिएका व्यक्तिको कहानी भने अर्कै रहेको प्रहरीले स्रोतले जानकारी दियो। प्रहरी स्रोतका अनुसार केसीले ती व्यक्तिलाई नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट उपलब्ध हुने डाक्टरको लाइसेन्स समेत उपलब्ध गराइदिने भन्दै प्रलोभनमा देखाएका थिए। 

एमबिबिएस पास गरे पनि काउन्सिलले लिने परीक्षा पास नहुँदासम्म डाक्टरको काम गर्न मिल्दैन। जसकारण ती डाक्टरले केसीलाई लाइसेन्सको लोभमा केही रकम पठाएको प्रहरी स्रोतले जानकारी दियो। 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्