• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

परीक्षार्थीदेखि प्रमाणपत्रसम्म नक्कली : फार्मेसी नै पास नगरेकालाई काउन्सिलको लाइसेन्स

64x64
नारायण अधिकारी बिहीबार, भदौ २४, २०७८  ०८:११
1140x725

काठमाडौं– नेपाल फार्मेसी काउन्सिलले फर्मासिष्ट र फार्मेसी सहायकलाई दर्ता प्रमाणपत्र (लाइसेन्स) उपलब्ध गराउँछ। फार्मेसी विषयमा स्नातक गरेका वा सो सरहको योग्यता प्राप्त भएका व्यक्तिले फर्मासिष्ट र फार्मेसी विषयमा कम्तीमा प्रमाणपत्र वा सो सरहको योग्यता प्राप्त गरेका व्यक्तिले फार्मेसी सहायकको लाइसेन्स पाउँछन्।

लाइसेन्स लिनका लागि विद्यार्थीले अनिवार्य रुपमा काउन्सिलको परीक्षा पास गरेको हुनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा त उनीहरुले शिक्षण संस्थाबाट फार्मेसी विषय पढेर पास गरेको हुनुपर्छ। 

तर, विगत तीन वर्षदेखि फार्मेसी विषयमा स्नातक वा प्रमाणपत्र तह नै नपढेकाले पनि काउन्सिलबाट लाइसेन्स लिइरहेको तथ्या फेला परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बागलुङका एक युवालाई मंगलबार पक्राउ गरेसँगै यो रहस्य बाहिर आएको हो।

परिसर ललितपुरले बागलुङको वडिगार्ड गाउँपालिका–९ का ३२ वर्षीय युद्धबहादुर केसीलाई पक्राउ गरेपछि सो कुरा बाहिर आएको हो। केसीलाई परिसर ललितपुरको विशेष टोलीले मंगलबार कुपण्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको थियो। 

परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनका अनुसार पक्राउ परेका केसीले फार्मेसीमा डिप्लोमा गरकोदेखि नेपाल फार्मेसी काउन्सिलबाट दिइने लाइसेन्ससम्म नक्कली बनाउँदै बेच्ने गरेको पाइएको छ। 

प्रवेश पत्रको फोटो उप्काएर अर्कैले दिन्थे लाइसेन्स परीक्षा
उनले नेपाल र भारतका विभिन्न कलेजबाट फार्मेसी उत्तीर्ण गरेको भन्दै नक्कली प्रमाणपत्र बनाउने र त्यही आधारमा नेपाल फार्मेसी काउन्सिलबाट दिइने लाइसेन्ससमेत नक्कली निकाल्ने (नक्कली परीक्षार्थी खडा गरेर) गरेको अनुसन्धानबाट खुलेको छ।

फार्मेसी काउन्सिलबाट लाइसेन्सका लागि लिइने परीक्षाका लागि केसीले यसरी बनाएका नक्कली प्रमाणपत्र पेश गर्ने गरेका थिए। त्यसपछि परीक्षाका लागि काउन्सिलले प्रवेशपत्र उपलब्ध गराएपछि प्रवेशपत्रको फोटा उप्काएर परीक्षा पास गर्न सक्ने व्यक्तिको फोटा टाँस गरी परीक्षा दिन लगाउने गरेको अनुसन्धानबाट खुलेको छ। नक्कली कागजात एक व्यक्तिको पेश गर्ने र प्रवेशपत्रको फोटो उप्काएर अर्को व्यक्तिको टाँस गरी परीक्षा दिन लगाएर केसीले लाइसेन्स समेत निकालेर बेच्दै आएको अनुसन्धानबाट खुलेको छ। 

यसरी फार्मेसी पासै गर्न नसकेका व्यक्तिको फार्मेसी काउन्सिलबाट लाइसेन्स निकालिएर केसीले पैसा असुल्दै आएको पाइएको छ। फार्मेसी पासै नगरेका व्यक्तिले अवैध तरिकाबाट लाइसेन्स लिएर औषधि पसल सञ्चालनसम्म गर्ने गरेको रहस्य केसी पक्राउ परेसँगै खुलेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

फार्मेसी पास नै नगरेका व्यक्तिले औषध पसल सञ्चालन गरी बेच्दा नागरिकको स्वास्थ्यमा समेत गम्भीर खेलवाड भएको हुनसक्ने भन्दै परिसर ललितपुरले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान गरिरहेको छ। 

एक जना फरार
यसरी डिप्लोमा इन फार्मेसीको नक्कली सर्टिफिकेट बनाउनेदेखि, फार्मेसी काउन्सिलबाट दिइने लाइसेन्ससम्मको नक्कली डकुमेन्ट बनाउने गिरोहमा केसीसँगै अर्का एक व्यक्ति पनि रहेको अनुसन्धानमा खुलेको छ। 

उनी भने अहिलेसम्म फरार छन्। ललितपुर प्रहरीअनुसार मुख्य गिरोह केसी पक्राउ परेसँगै उनी फरार भएका छन्। उनको खोजी जारी रहेको ललितपुर प्रहरीले जनाएको छ। 

फरार रहेका ती व्यक्तिले केसीलाई सहयोगीको काम गर्दै आएका थिए। यस्ता नक्कली कागजात बनाउने व्यक्तिलाई उनले केसीको सम्पर्कमा पुर्‍याउनेदेखि कागजात बनाउने काममा सहयोगी भूमिका निभाउने गरेको प्रहरीले जनाएको छ।

३ लाखमा फार्मेसीको प्रमाणपत्र
नेपाल तथा भारतका विभिन्न कलेजहरुबाट डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको प्रमाणपत्र बनाउँदै आएको यो गिरोहले एक वटा डकुमेन्ट बनाएको तीन लाख रुपैयाँ लिँदै आएको पाइएको छ। 

प्रहरीसँगको बयानको क्रममा पक्राउ परेका केसीले उक्त कुरा स्वीकार गरेका छन्। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार केसीले बार्गेनिङ गरेर १ लाखदेखि ३ लाख रुपैयाँसम्म लिएर यसरी नक्कली प्रमाणपत्र बनाउने गरेको पाइएको छ। 

कतिपय प्रमाणपत्र बनाउन उनी भारतसम्म जाने गरेको अनुसन्धानमा खुलेको प्रहरी स्रोतले जनाएको छ। 

लाइसेन्सदेखि मार्कसिटसम्म बरामद
पक्राउ परेका केसीबाट लाइसेन्सदेखि मार्कसिटसम्मका नक्कली कागजातको डिजिटल कपी नै बरामद भएको प्रहरीले जनाएको छ। नक्कली लाइसेन्स, नक्कली प्रवेशपत्र, फार्मेसी पास परेको नक्कली मार्कसिटसम्मका कागजात बरामद भएका छन्। 

नेपालकै कजेल, सिटिइभिटीदेखि भारतीय कलेजबाट उपलब्ध भएका भनिएका नक्कली कागजात बरामद भएका छन्। उसको वैधानिकता जाँचका लागि सम्बन्धित कलेज, तथा सिटिभिटीमामा पठाउने तयारी भएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट बरामद भएका मोबाइलमा नक्कली डकुमेन्टका डिजिटल कपी नै बरामद भएको छ। यी कागजात केसीले कहाँ डिजाइन गरे? कहाँ प्रिन्ट गर्थे भन्ने विषय भने खुलिसकेको छैन। 

काठमाडौंमा पक्राउ परेपछि झापामा उजुरी
मंगलबार काठमाडौं उपत्यकाबाट केसी पक्राउ परेसँगै उनीविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी समेत परेको प्रहरी स्रोतले जानकारी दियो। आफूलाई डाक्टर बताउने एक व्यक्तिले केसीबाट ठगिएको भन्दै उजुरी दिएका छन्।

रकम लगेको र त्यसपछि सम्पर्कबिहिन भएर ठगी गरेको बताइएको छ। तर ठगिएर पीडित भएको भनिएका व्यक्तिको कहानी भने अर्कै रहेको प्रहरीले स्रोतले जानकारी दियो। प्रहरी स्रोतका अनुसार केसीले ती व्यक्तिलाई नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट उपलब्ध हुने डाक्टरको लाइसेन्स समेत उपलब्ध गराइदिने भन्दै प्रलोभनमा देखाएका थिए। 

एमबिबिएस पास गरे पनि काउन्सिलले लिने परीक्षा पास नहुँदासम्म डाक्टरको काम गर्न मिल्दैन। जसकारण ती डाक्टरले केसीलाई लाइसेन्सको लोभमा केही रकम पठाएको प्रहरी स्रोतले जानकारी दियो। 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्