• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भ : बीपी कोइरालाको १०८औँ जन्मजयन्ती

विचार र व्यवहारमा दुरुस्त बीपी

64x64
डा. ज्ञानू पाण्डे बिहीबार, भदौ २४, २०७८  ०९:१०
1140x725

एक व्यक्ति अनेक व्यक्तित्वका धनी बीपी कोइराला २०औं शताब्दीका एक अनुसरणीय प्रतिभा हुन्। जस्तै यातना र पीडा सहन परे पनि आफ्नो प्रतिबद्धतामा कदापि नडग्ने र कर्म नै जीवनको खास अर्थ हो भन्ने उनको चिन्तन थियो। आफ्नो आस्था प्राप्तिका लागि निरन्तर संघर्षमा जुटिरहने उनी वास्तवमा सबैका लागि एक प्रेरणा पुञ्ज हुन्। विचार र व्यवहारमा दुरुस्तता बीपीको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण विशेषता हो।  

बीपीले आफ्नो राजनीतिक जीवन तथा साहित्य सिर्जनाका क्रममा व्यक्त गरेका विचार तथा विभिन्न अन्तर्वार्तामा बोलेका वाणीलाई उनको जीवनबचाइको शैलीसित तुलना गरेर हेर्दा उनी कतै पनि भिन्न पाइन्नन्। यथार्थमा उनी भनाइ र गराइमा सधैं दुरुस्त रहन सकेकै कारण सबैका लागि प्रेरणादायी व्यक्तित्वमा दरिन सफल भएका हुन्।

जीवनमा विचार, वाणी र व्यवहार तीनै तहमा आफूलाई दुरुस्त राख्न सक्नु पर्छ भनेर अरूलाई पाठ पढाउन त जसले पनि सक्छ, तर स्वयं त्यसमा खरो उत्रिन गाह्रो हुन्छ। बीपी त्यस्तै व्यक्ति हुन्, जो उदाहरण बने। वास्तवमा उनले त्यसो गर्न सक्नुमा कुनै शक्तिको वरदान होइन, मात्र उनको स्वयंप्रतिको इमानदारिताको प्रस्तुति हो।

अर्काका लागि भनेर गरेको कुरा मान्छेले ढाँट्न सक्छ, तर आफ्नै लागि आफैँले बनाएको अनुशासन किन ढाट्नु र! बीपीको व्यक्तित्वले यही पाठ सिकाउँछ, हामीलाई। आफूले गर्न नसक्ने कुरा कहिल्यै नबोल्नु, जे बोलिन्छ त्यो व्यवहारतः गरेर देखाउन पूरा इमानदार भएर लाग्नु, अर्थात् स्वयंप्रति इमानदार हुन कहिल्यै नचुक्नु- बीपीको आत्मिक नैतिकताको दर्शन यही सत्यको वकालत हो।

स्वयंप्रति इमानदार हुनु भनेको आत्मबञ्चनामा बाँच्नुपर्ने बाध्यताबाट मुक्त हुनु हो। त्यसले व्यक्तिलाई जीवनमा आफ्नो आस्था प्राप्तिका लागि निरन्तर कर्म गर्न प्रेरित गरिरहन्छ। बीपी ठान्छन्– हरेक व्यक्ति जीवनमा अरूका आँखामा आफू सफल देखिइन होइन, आफ्नै दृष्टिमा आफूलाई इमानदार प्रमाणित गर्न प्रेरित हुनुपर्छ। उनका साहित्यमा, खास गरी उपन्यासहरूमा यो दर्शन अत्यन्त सशक्त वाणीमा अभिव्यक्तिएको पाइन्छ।

इमानदार प्रयत्न नै सफलताको कसी हो भन्ने बीपीको दृष्टिकोण उनका विभिन्न अन्तर्वार्ताहरूमा पढ्न पाइन्छ। आफ्नो जीवनको अन्त्यकाल आएको थाहा पाउनु केही दिन अघि मित्र भोला चटर्जीले ‘जीवनभर प्रजातन्त्रका लागि भनेर लडे पनि देशमा प्रजातन्त्र पुन:स्थापन गर्न सफल नभएकोमा मनमा कतै आफ्नो राजनीतिक जीवनप्रति पश्चाताप पो लागेको छ कि?’ भनी जिज्ञासा राखेका थिए।

जवाफमा बीपीले भनेका छन्– ‘मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको असर मलाई भन्दा अरूलाई बढी पर्ने थियो, त्यसमा सफल नभएकोमा मलाई चिन्ता हुन्छ। तर, जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन। आफूले चाहेको काममा आफ्नो सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमानदारीसाथ मान्न सक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ। मलाई अनुभव भएको कुरा पनि यही हो। साधारणतया मानिसले सफलता भनेर जे कुरालाइ भन्छन् त्यस अर्थमा म सफल भइनँ। तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष गरे होलान् जस्तो मलाई लाग्दैन। असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एक प्रकारको आत्मिक आनन्द हुन्छ। मलाई यही नै भयो भन्ने लाग्छ।’ (बीपीको अन्तिम अन्तर्वार्ता, २०३९)। वीपीको यो भनाइ अनि भनाइअनुरूपकै उनको जीवन बचाई देख्दा उनीप्रति जो कोही पनि स्वभावतः प्रभावित हुन्छ।

‘जीवनमा कसैले पनि ठूलो मानिस बन्ने दम्भ पाल्नु हुँदैन, असल मानिस बन्न प्रयत्न गर्नु पर्छ’ भन्ने बीपीको दृष्टिकोण हो। उनको यो दृष्टिकोण मोदिआइन उपन्यासमा यसरी बोलिएको छ– ‘ठूला मानिस थरीथरीका हुन्छन्। असल मानिस भने एक थरीका मात्र हुन्छन्। ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू नानी।’ (पृ.१०)

Ncell 2
Ncell 2
nimb
nimb

मान्छे असल बन्नु पर्छ भन्नु केवल आदर्शको कुरा होइन, त्यो उसको बाध्यता पनि हो भन्ने बीपीको तर्क हो। उनले आफ्नो एक अन्तर्वातामा भनेका छन्– ‘मानिसको समस्या के हो भने ऊ न त ईश्वर हो न त जनावर नै। ऊ त यी दुवैको मध्यस्थितिमा छ। उसमा दुवै तत्व छन्। देवत्व पनि र पशुत्व पनि।’ (चटर्जी : १०९)

उनको यस भनाइबाट के बुझिन्छ भने हरेक मानिसले जीवनमा आफूलाई मनुष्यत्वको हैसियतमा राख्न सधैं सचेत हुनै पर्छ। जीवनमा यदि कोही पनि मानिस आफ्नो वास्तविक हैसियत बिर्सिएर ठूलो मान्छे (ईश्वर) बन्न तम्सिन्छ भने कुनै हालतमा बन्न सक्तैन नै, बरू  त्यसपछि ऊ मानिस पनि रहन सक्तैन। पूरै तल (पशुत्वको तहमा) खस्न पुग्छ र एकचोटि त्यसरी मान्छेका्े तहबाट खसिसकेपछि केवल पश्चातापमा बाँच्नु उसको नियति नै बन्छ, तर त्यसबाट मुक्ति उसलाई कदापि सम्भव हुन्न। यो कुरा हिटलर र यहुदी उपन्यासको कथामा निकै गहिरोसित बोलेका छन्, बीपीले। आफ्नो खास हैसियत (मान्छेको शक्तिको सीमा) मा बस्न सचेतता नराखी ठूलो मान्छे बन्ने महत्वाकांक्षाले उचालिन पुग्दा अन्त्यमा हिटलर घरको न घाटको अवस्थामा पर्न पुगेको तथ्य उपन्यासमा मार्मिकताका साथ विश्लेषित भएको हामी बोध गर्न सक्छौं।

बीपीले सुम्निमामा पनि मान्छेको हैसियत र त्यसप्रति सचेतता राख्न चुक्न नहुने उसको कर्तव्य उस्तै महत्वका साथ उठाएका छन्। उपन्यासभित्र एक ठाउँमा सुम्निमाले बोलेकी छ– ‘मलाई लाग्छ, मान्छे भएर द्यौता हुन खोज्नु असल हैन। मान्छेको धर्म हैन, त्यो। मान्छेको बेहोर रहँदैन, त्यसले बानी बिगार्छ। द्यौता भएर बस्न खोज्दा मान्छे नै हुँदैन।' (पृ.७)

असल मानिस विषयक आफ्नो चिन्तन बीपीले केवल अन्तर्वार्ताहरूमा वा उपन्यासहरूमा मात्र बोलेका होइनन्, वास्तवमा उनी स्वयंमा नै एक असल मानिसका उदाहरण हुन्। यो कुरा उनको सिंगो जीवनी पढ्दा सहजै स्पष्ट हुन्छ। आफू राजनीतिक व्यक्तित्व भएर पनि बीपीलाई व्यर्थको तामझाममा कहिल्यै आकर्षण भएन। सबैका सामु सधैं आफू सरल र सामान्य मानिससरह प्रस्तुत हुने रुचि रह्यो। पद र आहोदा भन्दा जिम्मेवारी बोध सधैं उनको प्राथमिकताको विषय रह्यो। सादा जीवन उच्च विचारका धनी उनी, अरूले ठूलो मानिस देखे पनि र ठूलो मानिसलाई गर्ने व्यवहार गरे पनि स्वयंमा ठूलो मानिस देखिन कहिल्यै रुचि भएन।

एउटा अन्तर्वार्तामा आफ्नो यस स्वभावबारे प्रस्ट पार्न खोज्दै उनले भनेका छन्– “.... यतिका वर्ष राजनीतिमा रहेर पनि मलाई ठूला–ठूला स्वागत समारोहहरूले अप्ठ्यारोमा पार्छन्। मलाई ठूला–ठूला समारोहरू मन पर्दैनन् भनेर जब म भन्छु मैले खालि बाहाना पारेको मात्र होइन भन्ने कुरा सबैलाई थाहा छ। म कुन उडान नम्बरबाट आउँदैछु भनेर कहिल्यै बताउन्न, किनभने मलाई स्वागत गर्न एयरपोर्टमा मानिसहरू आए भने बडो अप्ठ्यारो लाग्छ। सार्वजनिक जीवनमा अज्ञात रहने अवस्था नै मलाई ठीक लाग्छ। भिड देखेर म लाज मान्छु।’(अमृतबजार पत्रिका, कलकत्ता, अगस्ट १, १९८२)

बीपी  जिउँदो छँदामात्र होइन,  दिवंगत भइसकेपछि पनि सबैले आफूलाई असल मानिसकै रूपमा सम्झिदिउन् भन्ने चाहन्थे भन्ने कुरा उनको उक्त अन्तर्वार्तामा खुलेको छ।  

बीपीको व्यक्तित्वको अर्को महत्वपूर्ण विशेषता हो व्यक्तिप्रतिको उनको अथाह आस्था। ‘कुनै मानिस पनि वास्तवमा त्यति ठूलो हुँदैन जति ठूलो ठानिएको हुन्छ, न त त्यति सानो नै हुन्छ जति उसलाई सानो बनाउन खोजिन्छ,’ भन्ने विचार राख्ने बीपीका दृष्टिमा हरेक व्यक्ति स्वयंमा एक सम्भावनाको पुञ्ज हो। व्यक्ति नै समाज परिवर्तनको मूल सम्वाहक हो। व्यक्ति अस्तित्वमा अन्तर्निहीत विद्रोहको शक्तिलाई यदि सदुपयोग गर्न सक्ने हो भने सहजै सम्भव हुन्छ भन्ने उनको तर्क हो।

त्यसैले उनले व्यक्तिको समस्यालाई सधैं महत्वका साथ हेर्न आवश्यक ठानेका हुन्। सर्वविदित नै छ, आफ्नो साहित्यिक जीवनमा उनले कथा लेख्दा व्यक्तिको वैयक्तिक समस्यालाई उच्च महत्व दिएका छन्। उपन्यासहरूमा उनले व्यक्तिको अस्तित्व स्वतन्त्रताको उच्च वकालत गरेका छन्। यता राजनीतिक जीवनमा पनि प्रकारान्तरबाट उनले व्यक्तिकै वैयक्तिकताको वकालत गरेका हुन्। नागरिक स्वतन्त्रता र नागरिक हकको माग गर्दै जीवनभर उनी निरंकुशतन्त्रका विरुद्ध लडिरहे। यसरी व्यक्तिप्रतिको आफ्नो अथाह आस्था र भरप्रति व्यवहारतः इमानदारिता प्रकट गर्न जीवनमा कहीँ चुकेनन्, उनी।

साहित्यसम्बन्धी  विशिष्ट विचार व्यक्त गर्नु र त्यसैअनुरूपको साहित्य सिर्जना गरेर देखाउन सक्नु पनि उनको व्यक्तित्वको महत्वपूर्ण विशेषता हो।  उनले आफू राजनीतिमा लागेको व्यक्ति भएर पनि साहित्यलाई राजनीतिक नाराको प्रचारको थलो कहिल्यै बनाएनन्। प्रगतिशील भनिने साहित्यलाई औँल्याउदै उनले आफ्नो एक लेखमा भनेका छन्– ‘यो यस्तो मान्यता र निर्णय हो जसबाट अधिकारसम्पन्न व्यक्ति कलाकारहरूलाई–साहित्यकारहरूलाई आफ्नो आदेश पालन गराउनलाई फुक्का हुन्छ। हामी साहित्यकारहरू यो मान्यतालाई स्वीकारेपछि के आफ्नो प्रेरणाप्रति निष्ठावान् हुन सक्छौं र? यो प्रश्न केवल राम्रो या नराम्रो साहित्यको पारख गर्न होइन कि समाजोद्देश्यपरक साहित्य राम्रो छ वा खराब। गम्भीर प्रश्न छ साहित्यकारहरूको स्वतन्त्रताको।’ ( तरुण पत्रिका, सन् १९९७)

उनको दृष्टिमा राजनीति र साहित्यको क्षेत्र बिलकुल अलग छ, यी दुई परस्पर विरोधी अन्त:प्रेरणाले उकासिने कुरा हुन्। ‘मेरो क्षेत्र त राजनीति हो’ शीर्षकको अन्तर्वार्तामा उनले राजनीतिसित तुलना गर्दै कला–साहित्यबारे आफ्नो चिन्तनमूलक धारणालाई हृदयग्राही ढङ्गले पेस गरेका छन्। उनको भनाइअनुसार मानिसमा स्वाभाविक रूपमा आत्मरक्षाको र नयाँ खोज तथा अनुसन्धानको प्रवृत्ति अन्तःर्निहित हुन्छ। मानिस सामाजिक प्राणी भएको हुनाले उसको यो आत्मरक्षाको भावना सामाजिक सुरक्षाको भावनामा उदात्तीकरण हुन्छ। त्यसो हुनाले साराका सारा सामाजिक प्रश्न मूलतः सुरक्षासम्बन्धी प्रश्न नै हुन्।

कसरी समाजको रक्षा हुन्छ, जसबाट मानिस त्यस समाजको सदस्य भएर सुरक्षित रहन सक्छ भन्ने प्रश्नको उत्तर भनेको विभिन्न ऐतिहासिक कालहरूमा मानिसले बनाएका अनेक सामाजिक पद्धति तथा नियम–कानुन हुन्। राजनीति पनि मानिसको त्यही सामाजिक तथा सुरक्षा प्रवृत्तिअन्तर्गत पर्ने भएको हुनाले त्यसको मुख्य ध्येय समाजको सुरक्षा हो। त्यसैले राजनीतिको जोड व्यक्तिभन्दा समाजपट्टि, नैतिकताभन्दा ऐन–कानुनपट्टि, मनसायभन्दा व्यवहारपट्टि रहन्छ। परन्तु साहित्य मानिसभित्रको खोज तथा अनुसन्धानको प्रवृत्तिको अभिव्यक्ति हो, त्यसमा खतरा पनि त्यत्तिकै हुन्छ र सम्भावना पनि कम हुन्न। यही अराजक प्रवृत्ति नै कलाकारलाई कला सिर्जना गर्न उक्साउने तत्व स्वीकार्दै बीपी कलाकारकोे स्वतन्त्रताको प्रश्नलाई सर्वोपरि मान्दछन्।साथसाथै त्यो स्वतन्त्रताको प्रयोजनीयताप्रति पनि कलाकार सधैं सचेत बन्नुपर्ने औँल्याउन छुटाएका छैनन्।

कलाकारको सीपको प्रश्न उठाएर उनले त्यो अराजकताको कलात्मक पक्षको पुष्टि गरेका छन्। उनको विचारमा लेखक र पाठकबीचको आदानप्रदानको प्रश्न कलाकारको सीपको प्रश्न हो। व्यक्तिगत अन्तश्चेतनालाई सामूहिक चेतनामा उतार्ने काम सीप हो। कलाकार–साहित्यकारको विल्कुलै व्यक्तिवादी उच्छृङ्खलता शिल्पको यस आवश्यकताबाट संयमित हुनुपर्छ। कलाकारले आफूभित्रको मौलिक विलक्षण अनुभूतिलाई यसरी अभिव्यक्त गर्न सक्नुपर्छ, ता कि त्यो उसको निजी अनुभूतिजस्तो नभएर साधारणीकरणको अवस्थामा परिणत हुन सकोस् भन्ने उनको मान्यता छ। यसो भनेर बीपीले कुनै पनि कलाकारमा शिल्प, सम्प्रेषणीयता र पाठकलाई आकर्षण गर्न सक्ने कलात्मक गुणको अपेक्षा रहन्छ भन्न खोजेका हुन्।

बीपी साहित्यमा करुणाभाव पनि आवश्यक कुरा ठान्दछन्, तर त्यो नाङ्गिएर आएमा बीभत्स देखिने हुनाले कलात्मक आवरणका साथ त्यो आउनुपर्छ भन्ने उनको मान्यता हो (कोइराला, सम्पा., २०५८)। बीपीका साहित्यि सम्बन्धी यी मान्यताहरू कुनै पनि खण्डित भएका छैनन् उनका रचनाहरूमा। साहित्यका बारेमा उनले जस्तो मान्यता अगाडि सारेका छन् सोही अनुरूप सिर्जनामा त्यसलाई प्रयोग गरेर देखाइ अरूलाई पनि उनले सोही अनुरूप गर्न प्रेरित गरेका छन्।

यसै गरी राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताका सम्बन्धमा पनि बीपीको विचार र व्यवहार उस्तै उच्च रहेको पाइन्छ। ‘जब म नेपालको कल्पना गर्छु, त्यसबेला मलाई तिनै नेपाली दाजुभाइ दिदीबहिनीहरूको तस्बिर आँखामा आउँछ। मैला लुगा लगाएको खान नपाएको र रोगी अनुहारको तस्बिर। अनि मलाई लाग्छ यी रोगी खान नपाएका अनुहारको हो, हाम्रो देश। त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएका ओठमा हाँसो आवोस्, रोगीले औषधीमूलो पाओस् र केटाकेटीहरूले पढ्न पाउन् भनेर नै हामी राजनीतिमा लागेका हौँ। मन्त्री हौँला ठूला–ठूला कुर्सीमा जाऔंला भनेर हामी राजनीतिमा लागेका होइनौँ’ भन्ने उनको वाणी र तद्नुरूपको समर्पण देख्दा उनको व्यक्तित्वको जति प्रशंसा गरे पनि कमै हुन्छ।

नेपाली जनताप्रतिको सधैं उच्च भाव र चिन्तन सम्झदा उनको व्यक्तित्व उस्तै स्तुत्य लाग्छ। राष्ट्रको अस्तित्वको सवालप्रति उनी कुन हदसम्म संवेदनशील थिए भन्ने कुरा बुझ्न यहाँ केवल २०३३ सालको उनको स्वदेश प्रत्यागमनको एउटा घटना मात्र स्मरण गर्दा पनि पर्याप्त हुन्छ। सर्वविदितै छ, उनका लागि तत्कालीन श्री ५ को सरकारले राजद्रोह र राज्यद्रोहका अनेक अभियोग लगाएको थियो। ती अभियोगमा अदालतबाट उनका विरूद्ध ज्यान सजाय नै सुनाउन सक्ने प्रबल सम्भावना हुँदाहुँदै पनि देशको अस्तित्व खतरामा पर्न लागेको आभास भएपछि आफ्नो ज्यानको परवाह नगरी आठ वर्षको भारत प्रवासबाट राष्ट्रिय मेलमिलापको आव्हानका साथ स्वदेश फर्केका थिए।

वास्तवमा कुनै पनि विचार आफू एक्लैमा पूर्ण हुन सक्दैन, छलफल र आपसी समझदारीबाटै हरेक समस्याको हल निकाल्न प्रयास गर्नुपर्छ भन्ने बीपीको विचार,  जीवनको विरोधाभासपूर्ण यथार्थप्रतिको उनको उच्च सजगता, कर्म गर्नुपर्ने अस्तित्वको दायित्वप्रति सदा चुस्त रहरिहनका लागि नियतिको शक्तिलाई स्वीकारिदिनु मुनासिब हुने उनको तर्क, मानिसले आफ्नो जीवनमा सानो सानो कुरामा पनि खुशी हुन जान्नु पर्छ भन्ने उनको जीवनदायी सोच तथा त्यसैअनुरूपको प्रयोग र व्यवहार, उनको मानवतावादी सोच अनि बहुलतायुक्त चिन्तन यी सबैले हामीलाई अत्यन्त महत्वपूर्ण दर्शन सिकाउँछन्।

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. ज्ञानू पाण्डे
लेखकबाट थप
विचार र व्यवहारमा दुरुस्त बीपी
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्