काठमाडौं- पछिल्लो समय फरक फरक शैलीका पिङ बनाएर आन्तरिक पर्यटक आकर्षित गर्ने होड नै चलेको छ। द क्लिफ रिसोर्ट बागलुङमा बनेको नेपालकै पहिलो गुलेली पिङले निकै चर्चा बटुल्यो। क्लिफकै प्राविधिक सहयोगमा गुलेली पिङ काठमाडौं गैरीधारास्थित भोजघरमा निर्माण गरिएको छ।
जमिनबाट २५ फिट अग्लो बनाइएको पिङमा खेल्ने मान्छे बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ।अनि पिङ मचिन्छ। भोजघरका विभिन्न प्यकेज अफरमा पिङ नि:शुल्क राखिएको छ।
पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने भोजघरका प्रबन्धक मोहन बस्नेतले जानकारी दिए। चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरि निर्माण गरिएको बस्नेत बताउँछन्।
पिङ सञ्चालनमा ल्याएको भोजघर २ वर्षदेखि काठमाडौं गैरीधारामा कटिया, नेवारी, टिपिकल नेपाली र कन्टिनेन्टल खाना सेवा गर्दै आएको रेस्टुरेन्ट हो। १ सय ४० वर्ष पुरानो घरमा बाँकी संरचना थपेर बनाइएको रेस्टुरेन्टमा स्टिम बिबिक्यू विशेष आकर्षण रहेको छ। २ सय क्षमताको हल समेत भएको रेस्टुरेन्टमा बर्थडे मनाउँदा केक नि:शुल्क उपलब्ध हुन्छ।
दोश्रो लकडाउनपछि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको रेस्टुरेन्टमा लाइभ किचेन, बिदालक्षित साँस्कृतिक कार्यक्रम र कृषक बजार सञ्चालनको तयारी रहेको बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।