काठमाडौं- साथी मार्टले काठमाडौंको मैतिदेवीमा ७६औँ आउटलेट सञ्चालनमा ल्याएको छ। सुरु भएको एक वर्ष नपुग्दै मार्ट नेपालकै ठूलो रिटेल चेन बन्न सफल भएको छ।
नेपालकै पहिलो 'ओटूओ कमर्स (अनलाइन टू अफलाइन)' सुविधासहित आएको साथी मार्टको मैतिदेवी आउटलेट फेञ्चाइज नभइ साथी मार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्व (कोको मोडल)मा रहने कम्पनीका संस्थापक सीईओ सागर पोख्रेलले बताए।
आउटलेट काठमाडौंको मध्य क्षेत्रमा रहेकोले ब्रान्ड भ्यालु तथा स्टोरको बिक्रीमासमेत साकरात्मक प्रभाव पर्ने पोख्रेलको अपेक्षा छ। उपभोक्ताले साथी मार्टको आधिकारिक वेबसाइट साथीमार्ट डटकममा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्ने छन्।
स्टोरमा ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छुट फ्ल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरी ग्राहकलाई सहुलियत दिइने बताइएको छ। ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप विशेषता रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।