काठमाडौं- टिभिएसका नयाँ मोडलका मोटरसाइकल सार्वजनिक हुने भएको छ।
विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्याति प्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटीआर २०० फोरभीको फर्स्ट इन्क्लास राइडिङ्ग मोड्ससंगै बीएसभीआई इन्जिनसहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ। उक्त सार्वजनिक कार्यक्रम भदौ २४ गते हुने भएको छ।
टिभिएस नेपालको फेसबुक,युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य बिभिन्न डिजिटल माध्यमबाट गरिने भएको छ।
टिभिएस् अपाचे आरटीआर २०० ४ भी विथ फर्स्ट इन्क्लास राइडिङ्ग मोड्समा ठाउँ,सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ।
यस कोसिस्टममा स्पोर्ट, अर्बान र रेनमोडगरेर तिन ओटा मोडहरु रहेका छन्। जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहजर सुरक्षित गर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।