• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपालकै अनुसन्धानको केन्द्रका रुपमा सुरु गरिएको रिकास्टले किन लिएन गति?

डा. दीपेन्द्र पराजुली बुधबार, भदौ २३, २०७८  ०८:२३
1140x725

नेपाली कृषकका लागि अलैँची अहिले पनि प्रमुख नगदे बाली हो। तर, ठूलो मात्रामा उत्पादन हुने अलैँचीलाई सुकाउन घाममा वा परम्परागत भट्टीमा भर पर्नुपथ्र्यो। यो समस्यालाई हल गर्न व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान (रिकास्ट) ले अलैँचीको रकेट सुकाइ प्रविधिको विकास गर्‍यो।

ग्रामीण भेगमा परम्परागत चुलोबाट खाना पकाउँदा स्वास्थ्य समस्याको जोखिम हुन्थ्यो। घर कालो हुन्थ्यो। रिकास्टले सुधारिएको चुलोको विकास गर्‍यो। उक्त चुलो अहिले पनि गाउँ–घरमा प्रयोग हुन्छ।

रिकास्टले सजिवनको प्रसोधन गरी तेल निकाल्यो। उक्त तेलले गाडी कुदाउन सकिन्छ। भलै यसको व्यावसायिक उत्पादन भएको छैन। रिकास्टले गरेका यी केही काम मात्र हुन्। अन्य धेरै काम गरेका छन्, जुन यथास्थानमा चर्चा हुने नै छ।

रिकास्ट आगामी २३ भदौदेखि स्थापनाको ४५ वर्षमा प्रवेश गर्दैछ। यसको स्थापना २०३४ सालमा त्रिभुवन विश्वविद्यालयमा भएको थियो। त्यसअघि २०२९ सालदेखि नयाँ शिक्षा कार्यक्रमअन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानका रुपमा धरानमा थियो, जहाँ खाद्य तथा प्रयोगशाला प्रविधि विषयको अध्यापन गराइन्थ्यो।

रिकास्ट स्थापनाको मुख्य उद्देश्य आधारभूत तथा व्यावहारिक विज्ञानको अनुसन्धान र विकासका माध्यमबाट समग्र नेपालको विकास गर्नु थियो। जसका लागि नेपालका प्राकृतिक स्रोतहरुको समुचित प्रयोग गर्न उपयुुक्त प्रविधिहरुको पहिचान, परिस्करण र वितरण गरी दीगो विकासको जग बसाल्नु आवश्यक हुन्छ। त्यसैगरी नेपालका लागि उपयुक्त परम्परागत, रैथाने तथा विदेशी प्रविधिहरुको पहिचान र त्यससम्बन्धी अध्ययन अध्यापन गराउने पनि लक्ष्य थियो।

रिकास्टले नेपालको विज्ञान तथा प्रविधि सम्बद्ध कार्यहरूलाई हेर्ने र सल्लाह दिने राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को सचिवालयको रुपमा पनि काम गरेको थियो। यसलाई रिकास्टको सुनौलो विगतका रूपमा हेरिन्छ। त्यसका लागि तत्कालीन राजा वीरेन्द्रको विशेष निर्देशनमा २०३२ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद् स्थापना भएको थियो। यसले युनेस्कोको एसिया प्यासिफिक प्रविधि हस्तान्तरण केन्द्रका रुपमा पनि सन् १९७७ देखि काम गरेको थियो।

रिकास्टमा प्राकृतिक श्रोत तथा उत्पादन विकास, निर्माण सामग्रीहरुको परीक्षण, जैविक तथा खाद्य प्रविधि, प्राकृतिक रंङ तथा रेशा परीक्षण, नवीकरणीय उर्जा, मेसिनरी कार्यशाला, सूचना प्रविधि तथा नवप्रवर्तन, अतिसूक्ष्म विज्ञान आदि सम्बन्धी प्रयोगशाला भए पनि हाल सबै सुचारु छैनन्। रिकास्टले विगतमा स्थानीय नवीकरणीय तेलका स्रोतहरुको उत्खनन् र प्रयोग, जैविक तथा औषधि जन्य बिरुवाहरुको खोजमा काम गरेको थियो।

त्यस्तै घरायसी प्रयोजनका लागि ग्यासिफायर चुलो, परम्परागत तथा रैथाने प्रविधिको प्रसारण र लघु–उद्यम विकास, सुधारिएको खाना पकाउने चुलो जाँचको मानक नियमको विकास पनि गरेको छ। नेपालमा साेलार सम्बन्धी प्राम्भिक काम पनि यहीँबाट भएको थियो। नेपालका दुर्गम क्षेत्रको विकासका लागि उच्च पहाडी प्राकृतिक सम्पदाहरुको अध्ययन, प्राकृतिक उत्पादन प्रयोगका लागि प्रविधिको विकास, सस्तो घरका लागि निर्माण सामग्री, परम्परागत पानी घट्टहरुको विकास र अनुसन्धान, रङ दिने बिरुवाहरुको अध्ययन, प्रतिब्याक्टेरिया औषधिजन्य बिरुवाहरुको रासायनिक तथा जैविक अध्ययन, विद्युत उत्पादनमा जैविक पदार्थीय ग्यासको प्रयोग आदि अनुसन्धानात्माक काम पनि गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रिकास्टमा हाल ईसिमोडको कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल, कन्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहल र विश्वविद्यालय अनुदान आयोगको नवप्रवद्र्धनात्मक प्रविधि र पदार्थीय परीक्षण सम्बन्धी अनुसन्धान भएका छन्। साथै गिरिजाप्रसाद कोइराला फाउन्डेसन, रबर तथा जात्रोफा इन्स्टिच्युट नेपाल आदिसँगको सहकार्यमा प्राकृतिक विज्ञान सम्बन्धी काम भइरहेका छन्।

यस केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्याण्ड, स्विस विकास सहयोग नियोग, क्षेत्रीय काष्ठ उर्जा विकास कार्यक्रम बैंकक, जाइका एसिय क्षेत्रीय खाना पकाउने चुलो कार्यक्रम, तेलयुक्त बिरुवामा बृटिश काउन्सिलसँग पारस्परिक सम्बन्ध राखेको छ। फापर सम्बन्धी कार्यक्रममा अमेरिकी सहयोग, युनेस्कोको प्रविधि हस्तान्तरण सम्बन्धी एसिया प्यासिफिक स्तरीय कार्यक्रम आदि संस्थासहित प्रसिद्ध अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग पनि पारस्परिक सम्बन्ध राखेको छ।

तर, यस केन्द्रले पछिल्लो समयमा पूर्ववत् काम गर्न सकेको छैन। भएका केही प्रयास पनि अपुग छन्। यसका मुख्य कारण परिणाममुखीभन्दा पनि परियोजनामुखी हुनु र संस्थागतभन्दा व्यक्तिगत स्वार्थका काममा लाग्नु नै हुन्। त्यस्तै समय र माटो सापेक्ष अनुसन्धानमा कम ध्यान दिनु, भएका अनुसन्धान उत्पादनलाई जनस्तरमा पुर्‍याउन नसक्नु जस्ता कारण पनि छन्। अर्कोतर्फ यस केन्द्रसहित नेपालमा भएका जैविक विविधता र प्राकृतिक सम्पदा सम्बन्धी सम्पन्न अनुसन्धानका अभिलेख निर्यात भएको हुनसक्ने खतरा पनि छ। यसो भएको भए हामीले सम्पत्तिको हक गुमाइरहेका छौँ।

केन्द्रलाई उपलब्ध सीमित भौतिक पूर्वाधारमध्ये ८–१० वटा भवनमा रिकास्टसँग असम्बन्धित कर्मचारी र प्राध्यापक बस्छन्। उता चाइनिज एकेडेमी अफ साइन्सेसको काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन आफ्नै भवनमा संचालित छ। रिकास्टको भने एउटा ठूलो भवनसहित केही भू–भाग महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले लिएको छ। केही भागमा त्रिवि छापाखाना छ। दाताहरुको अनुसन्धान कार्यहरू चल्दै जाने क्रममा यस केन्द्रका बाँकी भवन पनि रसायन शास्त्र र जीव विज्ञानसँग सम्बन्धित अनुसन्धानका लागि छुट्टयाइएका छन्।

Xtrem

Xtrem

अनुसन्धाता र कर्मचारी गरी सयभन्दा बढी दरबन्दीसहित सुरु भएको केन्द्रमा अहिले ४० जनाभन्दा कम जनशक्ति छन्। भएका र काजमा आएकाहरुलाई केन्द्रले उर्जा भर्न सकेको देखिदैन। दाताका ठूला परियोजनाहरु नभएका कारण भौतिकशास्त्र र गणितबारे कोही बोल्न चाहँदैनन्। परिणामस्वरुप यो केन्द्र रिसर्च सेन्टर फर एप्लाइड बायोलोजी एन्ड केमिस्ट्री एकाईमा साँघुरिन पुगेको जस्तो देखिन्छ।

विश्वविद्यालयका हरेक विभागहरुमा अनुसन्धान एकाई गठन भइसकेको अवस्थामा रिकास्टलाई पहिलेजस्तै प्रभावकारी बनाउन निम्न काम गर्नुपर्छ :

१. भौतिकशास्त्र र गणित जस्ता विज्ञान विषयका मेरुदण्डलाई पनि प्राथमिकतामा राखी यथाशीघ्र विषयसम्बद्ध प्राध्यापक तथा प्रयोगशालाको व्यवस्था गर्ने र विद्यमान जनशक्तिलाई त्यहाँ रहेर काम गर्ने वातावरण बनाउने।

२. अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको परियोजना चलाएर बस्ने पुरानो मनस्थिति बदल्नुपर्छ। नेपाल भित्रैका साधन र स्रोतहरुको उपयोग गर्दै राष्ट्रको हितका योजनाहरुको खोज गर्ने।

३. अत्याधुनिक उपकरणसहितको पुर्वाधारयुक्त राष्ट्रिय प्रयोगशालाको विकास गर्ने।

४. व्यावहारिक विषयहरूमा अनुसन्धानका साथै नेपालको माटो सुहाउँदो रैथाने प्रविधियुक्त पाठ्यक्रम निर्माण गरी दीगो विकाशका लागि आत्म निर्भरतामा योगदान पुर्‍याउने स्नातकोत्तर तथा विद्यावारिधिको पठनपाठन सुरु गर्नुपर्छ।

५. अन्तर्राष्ट्रिय सम्मेलन भवन, कार्यशाला भवन, तालिम भवन, अन्तर्राष्ट्रियस्तरको अतिथि भवन तथा चमेना गृह आदिको व्यवस्था गर्ने।

६. राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद् पुनःस्थापना गरी विज्ञान तथा प्राविधिक अध्ययन अनुसन्धानसँग सम्बन्धित सबै सरकारी तथा गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक समाज, संघ संस्था र व्यक्तिहरुका बीचमा समन्वयकारी भुमिका खेल्न सक्नु पर्छ।

७. विश्वविद्यालय अनुदान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल सरकारका सम्बन्धित निकायहरुसँगको सामिप्यता सुधार्ने।

८. अध्ययन अनुसन्धानका नयाँ आयामहरु जस्तै, विज्ञान ओलम्पियाड, प्रतिभाको खोजी कार्यक्रम, सनातन विज्ञान, उद्यमशीलता, हिमालय विज्ञान, खनिज उत्खनन् प्रविधि, सुरुङ विकास प्रविधि, महामारी फैलाउने भाइरस तथा ब्याक्टेरियाको पहिचान तथा निदान, आदिमा ध्यान दिने।

आर्थिक व्यवस्थापन, दक्ष जनशक्ति, बारम्बार हुने राजनीतिक हस्तक्षेप, विकट क्षेत्रहरुमा हुने अनुसन्धानका कठिनाई, आर्थिक दीगोपन र सुशासनको कमी जस्ता कारणहरुले हाम्रो उद्देश्यलाई पार्ने प्रभाव मध्यनजर गरी सोही अनुरुपका योजना तर्जुमा गर्नुपर्छ।

यस केन्द्रलाई आधारभूत तथा व्यावहारिक विज्ञानको उत्कृष्ट केन्द्रका रुपमा पुनः विकास गर्नुपर्छ। नेपालका प्राकृतिक स्रोत र साधनको पहिचान, परीक्षण र प्रबर्द्धनका साथै उत्पादनको छापा तथा अन्य माध्यमबाट प्रकाशन, प्रसारण र प्रचार गर्नुपर्छ। बजार अनुरुपको उत्पादन व्यवस्थापन गर्दै देशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नु नै रिकास्ट तथा हामी र सबै नेपालीको कर्तव्य हो।

–लेखक त्रिविमा भौतिकशास्त्रका उपप्राध्यापक छन्।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा प्रचण्डदेखि रविसम्म, ओली नजाने आइतबार, असोज १८, २०८३
रुपन्देहीको देवदहमा गोली चल्यो, बुटवलका युवक घाइते आइतबार, असोज १८, २०८३
कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाउने आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
कांग्रेस सहमहामन्त्रीमा दाेलखा सभापति बर्मा लामाको उम्मेदवारी घोषणा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्