• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ३, २०८३ Thu, Nov 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भण्डारीको चेतावनी : कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ३, २०८३  १३:५३
1140x725

काठमाडौं–  नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारका गतिविधिहरू निरङ्कुश, स्वेच्छाचारी, अराजक र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाएकी छन् ।

राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै भण्डारीले सरकार फरक मतलाई बन्देज गर्न अग्रसर भएको आरोप लगाएकी हुन् ।

उनले निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता एमालेलाई स्वीकार्य नहुने बताइन् । संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफ्नो पार्टी आन्दोलनमा उत्रिन तयार रहेको उनको भनाई छ । राजनीतिक असहमतिका आधारमा सरकारले व्यक्ति तथा सञ्चारमाध्यमलाई निशाना बनाएको उनको आरोप छ ।

उनले कानुनलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने बताउनु भयो । कानून उल्लंघन भएको अवस्थामा निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्ने उनको भनाइ छ ।

स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक प्रतिस्पर्धा र प्रतिपक्षको भूमिकाको सम्मानबिना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उनले सरकारलाई संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटो अपनाउन आग्रह गरिन् ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनिन्, ‘लोकतान्त्रिक व्यवस्थामा संसद्, संसदीय प्रक्रिया, प्रतिपक्षको भूमिका तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र मर्यादाको सम्मान हुनुपर्दछ । राज्यका अंग तथा निकायहरू संविधानभन्दा माथि हुन सक्दैनन् । सरकारका निर्णय र गतिविधि संविधान, कानून र लोकतान्त्रिक उत्तरदायित्वको सीमाभित्र हुनुपर्दछ, रहनुपर्दछ । जुनसुकै रूपमा प्रकट हुने निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता नेकपा (एमाले) लाई स्वीकार्य हुँदैन । केही समययता राजनीतिक दलका नेता तथा कार्यकर्ता तथा सार्वजनिक जीवनमा क्रियाशील व्यक्तिहरू र सञ्चारमाध्यमप्रति सरकारद्वारा लक्षित कतिपय गतिविधिले ठुलो चिन्ता उत्पन्न गराइरहेको छ । कानूनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने, राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाएर प्रहरी नियन्त्रणमा लिने वा सञ्चारमाध्यमको स्वतन्त्रता सङ्कुचित गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार अनुकूल हुन सक्दैन । कानूनी उल्लंघन भएको भए निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्छ । तर कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाइनु हुँदैन । राष्ट्रसेवक कर्मचारी, सम्पूर्ण सुरक्षा निकाय र नागरिक समाजको मनोबल गिराउने कार्य कहीँ कतैबाट पनि हुनुहुँदैन । लोकतन्त्रमा सरकारको आलोचना गर्ने र असहमति राख्ने अधिकार सबैलाई हुन्छ र यसो हुने अवस्था सिर्जना गर्नु नै लोकतन्त्रको मूल्यबोध हो । स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धाको सम्मानबिना लोकतन्त्र बलियो हुन सक्दैन । त्यसैले अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, संवाद, सहकार्य र राष्ट्रिय सहमति हो ।’

उनले राजनीतिक दलहरूमा प्रतिसोधको नभई सहकार्यको भावना जागृत हुनुपर्ने बताइन् । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा राज्यका तीनवटै अंगबीचको शक्ति सन्तुलनमाथि प्रश्न उठाएको उनको भनाई छ । समयमै यस्ता विषयको समाधान नगरिए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने उनले चेतावनी दिइन्। उनले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच पर्याप्त छलफल, परामर्श र राष्ट्रिय सहमति आवश्यक रहेको बताइन् । संविधानका आधारभूत मान्यता, प्रस्तावना र लोकतान्त्रिक चरित्रमा प्रतिकूल असर पर्ने गरी संशोधनका विषय अघि बढाउन नहुने उनको धारणा छ ।

उनले भनिन्, ‘पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यासका सम्बन्धमा गम्भीर प्रश्न उठेका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव परिरहेको छ । यसबाट हाम्रो मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत आँच आउन थालेको देखिन्छ । समयमै यसको निराकरण नगर्ने हो भने मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्छ । त्यसकारण नेकपा (एमाले) सहित देश र जनताप्रति जिम्मेवार सम्पूर्ण राजनीतिक दल, देशभक्त र राष्ट्रवादी शक्ति तथा व्यक्तिहरूले आफ्नो भूमिकालाई थप प्रभावकारी तुल्याएर संविधान र कानुनले निर्दिष्ट गरेको दिशामा मुलुकको राजनीतिलाई लयमा लिएर आउनुपर्दछ । पार्टीहरूले सानातिना राजनीतिक मतभेदहरूलाई थाती राखेर मुलुकको वृहत्तर हितका निम्ति संवाद, सहकार्य र पहलकदमी लिनुपर्दछ ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले नेपालको संविधान राजनीतिक सहमतिको ऐतिहासिक दस्ताबेज भएकोले यसलाई संशोधन गर्न पनि राजनीतिक सहमति आवश्यक रहेको बताइन् । संविधानका कतिपय धाराहरू संशोधन गर्न आवश्यक रहे पनि यसको मूल मर्मलाई भने चलाउन नहुने उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भण्डारीको चेतावनी : कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन
बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालको पुनरावेदन, मन्त्रिपरिषद्को निर्णय कुर्दै
रवि र बालेनबीचको टकराव प्रहरीदेखि न्यायालयसम्म देखियो : पुन
सम्बन्धित सामग्री
भण्डारीको चेतावनी : कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन राष्ट्रिय भेलाको दोस्रो दिन बिहीबार सम्बोधन गर्दै भण्डारीले सरकार फरक मतलाई बन्देज गर्न अग्रसर भएको आरोप लगाएकी हुन् । बिहीबार, मंसिर ३, २०८३
रवि र बालेनबीचको टकराव प्रहरीदेखि न्यायालयसम्म देखियो : पुन दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सर्वोच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्ति... बिहीबार, मंसिर ३, २०८३
राष्ट्रपति भवनको सुरक्षा गर्न नसकेकोबारे सेनाले नै जवाफ दिनुपर्छ : ओली एमाले राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनेजी आन्दोलनका क्रममा भएका केही घटना रहस्यपूर्ण रहेको भन्दै नेपाली सेना... बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
भण्डारीको चेतावनी : कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन बिहीबार, मंसिर ३, २०८३
बर्खास्तीविरुद्ध एआईजी वंशीराज दाहालको पुनरावेदन, मन्त्रिपरिषद्को निर्णय कुर्दै बिहीबार, मंसिर ३, २०८३
रवि र बालेनबीचको टकराव प्रहरीदेखि न्यायालयसम्म देखियो : पुन बिहीबार, मंसिर ३, २०८३
एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा बिहीबार, मंसिर ३, २०८३
राष्ट्रपति भवनको सुरक्षा गर्न नसकेकोबारे सेनाले नै जवाफ दिनुपर्छ : ओली बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्