काठमाडौं- नेचर सुपरमार्केट प्रालिले हिन्दू महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ‘तीज विशेष अफर’ ल्याएको छ। यो अफरअन्तर्गत ग्राहकले सामान खरिदमा तीज विशेष उपहार प्राप्त गर्ने छन्। भदौ १५ गतेबाट सुरु भएको अफर भदौ ३१ गतेसम्म जारी रहने सञ्चालक तारामान धामीले जानकारी दिए।
अफरअन्तर्गत एक हजार ५०० रुपैयाँदेखि दुई हजार ४९९ सय रुपैयाँसम्मको सामान खरिदमा ग्राहकले पोते उपहार प्राप्त गर्ने छन्। दुई हजार ५०० रुपैयाँदेखि चार हजार ९९९ रुपैयाँसम्मको सामान खरिदमा टीका र चुरा उपहार प्राप्त गर्ने छन् भने पाँच हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा टीका, चुरा र पोते उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।
नेचर सुपर मार्केटको मुख्य शाखा मैतीदेवी र शाखा नरेफाँट दुवै ठाउँमा यो अफर लागू हुने जनाएको छ। एक वर्ष अगाडिबाट सञ्चालनमा आएको सुपरमार्केटले दैनिक उपभोग्य र ग्रोसरी सामान सुपथ मूल्यमा बिक्री गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।