• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ड्युटिमा रहेका प्रहरीमाथि कुटपिट गर्नेलाई गृहमन्त्री खाणको 'संरक्षण', उल्टै प्रहरीमाथि हुँदैछ कारबाही

64x64
नारायण अधिकारी मंगलबार, भदौ २२, २०७८  १७:४९
1140x725

काठमाडौं– भदौ ११ गते राति न्यूरोडस्थित पिपुल्स प्लाजा अगाडि ड्युटीमा रहेका प्रहरीमाथि युवाको समूहले आक्रमण गर्‍यो। प्रहरीका अनुसार मदिरा सेवन गरेर राति बाटोमा हल्ला गर्दै हिँडेको समूहलाई हल्ला नगर्न भन्दा उनीहरु उल्टै प्रहरीमाथि नै जाइलागेका थिए।

प्रहरीमाथि कुटपिट भएको भिडियो नै सार्वनिक भयो। सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र बसेका प्रहरीलाई नै एक हुल युवाले मुखमा मुक्का हानेको दृश्य भिडियोमा देखिन्छ। ८/९ जनाको समूहमा रहेका युवाले ड्युटीमा रहेका प्रहरीको मास्क खोलेर मुक्काले प्रहार गरे। 

सार्वजनिक भएको ४ मिनेट २७ सेकेन्ड लामो उक्त भिडियोमा फिल्डमा खटिएका कमाण्डर भने युवा जमातलाई रोक्ने प्रयास गर्छन्। यति गर्दा समेत उनीहरुले प्रहरीलाई टेर्दैनन्। ठेलमठेल गर्दै गाडीभित्र बसेका प्रहरीलाई मुक्का हान्छन्।

‘ठूला कुरा गर्ने ? फोटो खिच्ने ?’ भन्दै प्रहरीलाई उनीहरुले कपाल तान्नेदेखि मुखमा लगाएको मास्क खोलेर मुक्का हानेको दृश्य भिडियोमा देखिन्छ। कुटपिट गरिसकेपछि केही पर गएका उनीहरु फेरि फर्केर आएर प्रहरीमाथि कुटपिट गर्छन्।

यति हुँदासम्म फिल्ड कमाण्डर भने ती युवाको जमातलाई सम्झाउन मात्रै खोज्छन्। युवाको जमातले ड्युटीमा रहेको प्रहरीलाई मुक्का हान्दा समेत प्रहरी निरिह भएको भिडियोमा देखिन्छ।

सिपाही भएर बढ्ता हुने ? भन्दै उनीहरुले प्रहरीलाई फर्की–फर्की कुटपिट गरेको देखिन्छ। त्यसको केही समयमा प्रहरीको थप टोली पनि घटनास्थल आइपुग्छ। उनीहरु पनि ती युवाको जमात अघि निरिह भएको भिडियोमा देखिन्छ। 

प्रहरीलाई धम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले घटनालाई गम्भीर रुपमा लिएको बताउँदै प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। ‘कुटपिट गर्ने जो कोही भए पनि कारबाहीको दायरामा आउँछन्,’ सिंहले भनेका थिए।  

अनुसन्धानका क्रममा प्रहरीलाई यसरी कुटपिट गर्ने व्यक्तिहरुमा कमल शाही, प्रवीण गिरिलगायतको समूह रहेको खुल्यो। एसएसपी सिंहले भनेजस्तै कारबाहीका लागि भन्दै उनीहरुसहित चार जनाका नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसूरमा पक्राउ पूर्जि समेत जारी भएको थियो। तर, पक्राउ पूर्जि जारी भएको २ साता बित्न लाग्दा समेत प्रहरीमाथि कुटपिट गर्नेहरु पक्राउ पर्न सकेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

'कुटपिट गर्ने समूह पहिचान भएर पनि पक्राउ पूर्जी जारी भइसकेको छ,’ प्रहरी स्रोत भन्छ, ‘तर कारबाही गर्न होइन कि नगर्नका लागि दबाब आएपछि उनीहरु अहिलेसम्म पक्राउ परेका छैनन्।’

घटनाका आरोपीहरु सबै नेपाली कांग्रेसका कार्यकर्ता हुन्। कांग्रेस कार्यकर्ता भएकै कारण उनीहरु अहिलेसम्म पक्राउ पर्नबाट जोगिँदै आएका छन्। उनीहरुलाई गृहमन्त्री बालकृष्ण खाणकै संरक्षण रहेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरी अधिकारीहरु अनौपचारिक रुपमा स्वीकार गर्छन्।

ड्युटिमा रहेका प्रहरी कर्मचारीमाथि कुटपिट गर्नेलाई गृहमन्त्रीले नै 'संरक्षण' गरेर कारबाही गर्नबाट जोगाउँदा प्रहरी कर्मचारीको मनोबल गर्ने र यस्ता प्रवृतिले समग्र शान्ति सुरक्षामा नै असर गर्ने नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीको भनाइ छ। 

पूर्वडीआईजी जोशी भन्छन्, ‘प्रहरी आफैंले कुनै गल्ती गर्नु हुँदैन। आफू सही हुँदाहुँदै कसैले अति गर्छ भने त्यस्तालाई नियम सिकाउनु पर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कुटाइखाने’लाई कारबाही, कुट्नेलाई उन्मुक्ति
महानगरीय प्रहरी बृत्त जनसेवाको प्रहरी टोलीमाथि युवाको समूहले कुटपिट गरेको थियो। आफू मातहतका प्रहरी कर्मचारी कुटिँदा 'आवश्यक कदम नचालेको' भन्दै बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीबहादुर मल्ललाई तालुक कार्यालयले स्ष्टीकरण समेत सोधेको छ।

ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा रहेका प्रहरीले कुटाई खाँदा पनि निरिह देखिएको, प्रहरीले कुटाइएको खाएको विषयमा तालुक कार्यालयलाई रिपोर्टिङ नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले डीएसपी मल्लसँग स्पष्टीकरण सोधेको हो।

घटनाका विषयमा बृत्तका प्रमुखमाथि 'कारबाही' प्रक्रिया अगाडि बढाइँदा पनि कुटपिटमा संलग्नहरुको भने 'खोजी'मा समेत आवश्यक पहल समेत नगरिएको बृत्तका प्रहरी कर्मचारीको गुनासो छ। 

'कुटाइखाने प्रहरीका कार्यालय प्रमुखमाथि कारबाही हुँदा कुट्नेलाई प्रक्राउ गर्नुपर्ने होइन?' प्रहरी बृत्त जनसेवाका एक प्रहरी कर्मचारी भन्छन्, 'गृहमन्त्री ज्यूकै दबाबमा अहिले प्रहरीमाथि कुटपिट गर्नेलाई बचाउन खोजिएको भन्ने कुरा हामीले पनि सुनेका छौं। ड्युटिमा खटिएका प्रहरी कुट्ने मान्छेलाई गृहमन्त्रीले जोगाउने हो भने शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रहरी कर्मचारी कुन मनोबलका साथ काम गर्लान् र ?'

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्