• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ड्युटिमा रहेका प्रहरीमाथि कुटपिट गर्नेलाई गृहमन्त्री खाणको 'संरक्षण', उल्टै प्रहरीमाथि हुँदैछ कारबाही

64x64
नारायण अधिकारी मंगलबार, भदौ २२, २०७८  १७:४९
1140x725

काठमाडौं– भदौ ११ गते राति न्यूरोडस्थित पिपुल्स प्लाजा अगाडि ड्युटीमा रहेका प्रहरीमाथि युवाको समूहले आक्रमण गर्‍यो। प्रहरीका अनुसार मदिरा सेवन गरेर राति बाटोमा हल्ला गर्दै हिँडेको समूहलाई हल्ला नगर्न भन्दा उनीहरु उल्टै प्रहरीमाथि नै जाइलागेका थिए।

प्रहरीमाथि कुटपिट भएको भिडियो नै सार्वनिक भयो। सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र बसेका प्रहरीलाई नै एक हुल युवाले मुखमा मुक्का हानेको दृश्य भिडियोमा देखिन्छ। ८/९ जनाको समूहमा रहेका युवाले ड्युटीमा रहेका प्रहरीको मास्क खोलेर मुक्काले प्रहार गरे। 

सार्वजनिक भएको ४ मिनेट २७ सेकेन्ड लामो उक्त भिडियोमा फिल्डमा खटिएका कमाण्डर भने युवा जमातलाई रोक्ने प्रयास गर्छन्। यति गर्दा समेत उनीहरुले प्रहरीलाई टेर्दैनन्। ठेलमठेल गर्दै गाडीभित्र बसेका प्रहरीलाई मुक्का हान्छन्।

‘ठूला कुरा गर्ने ? फोटो खिच्ने ?’ भन्दै प्रहरीलाई उनीहरुले कपाल तान्नेदेखि मुखमा लगाएको मास्क खोलेर मुक्का हानेको दृश्य भिडियोमा देखिन्छ। कुटपिट गरिसकेपछि केही पर गएका उनीहरु फेरि फर्केर आएर प्रहरीमाथि कुटपिट गर्छन्।

यति हुँदासम्म फिल्ड कमाण्डर भने ती युवाको जमातलाई सम्झाउन मात्रै खोज्छन्। युवाको जमातले ड्युटीमा रहेको प्रहरीलाई मुक्का हान्दा समेत प्रहरी निरिह भएको भिडियोमा देखिन्छ।

सिपाही भएर बढ्ता हुने ? भन्दै उनीहरुले प्रहरीलाई फर्की–फर्की कुटपिट गरेको देखिन्छ। त्यसको केही समयमा प्रहरीको थप टोली पनि घटनास्थल आइपुग्छ। उनीहरु पनि ती युवाको जमात अघि निरिह भएको भिडियोमा देखिन्छ। 

प्रहरीलाई धम्की दिँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले घटनालाई गम्भीर रुपमा लिएको बताउँदै प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। ‘कुटपिट गर्ने जो कोही भए पनि कारबाहीको दायरामा आउँछन्,’ सिंहले भनेका थिए।  

अनुसन्धानका क्रममा प्रहरीलाई यसरी कुटपिट गर्ने व्यक्तिहरुमा कमल शाही, प्रवीण गिरिलगायतको समूह रहेको खुल्यो। एसएसपी सिंहले भनेजस्तै कारबाहीका लागि भन्दै उनीहरुसहित चार जनाका नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसूरमा पक्राउ पूर्जि समेत जारी भएको थियो। तर, पक्राउ पूर्जि जारी भएको २ साता बित्न लाग्दा समेत प्रहरीमाथि कुटपिट गर्नेहरु पक्राउ पर्न सकेका छैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

'कुटपिट गर्ने समूह पहिचान भएर पनि पक्राउ पूर्जी जारी भइसकेको छ,’ प्रहरी स्रोत भन्छ, ‘तर कारबाही गर्न होइन कि नगर्नका लागि दबाब आएपछि उनीहरु अहिलेसम्म पक्राउ परेका छैनन्।’

घटनाका आरोपीहरु सबै नेपाली कांग्रेसका कार्यकर्ता हुन्। कांग्रेस कार्यकर्ता भएकै कारण उनीहरु अहिलेसम्म पक्राउ पर्नबाट जोगिँदै आएका छन्। उनीहरुलाई गृहमन्त्री बालकृष्ण खाणकै संरक्षण रहेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरी अधिकारीहरु अनौपचारिक रुपमा स्वीकार गर्छन्।

ड्युटिमा रहेका प्रहरी कर्मचारीमाथि कुटपिट गर्नेलाई गृहमन्त्रीले नै 'संरक्षण' गरेर कारबाही गर्नबाट जोगाउँदा प्रहरी कर्मचारीको मनोबल गर्ने र यस्ता प्रवृतिले समग्र शान्ति सुरक्षामा नै असर गर्ने नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीको भनाइ छ। 

पूर्वडीआईजी जोशी भन्छन्, ‘प्रहरी आफैंले कुनै गल्ती गर्नु हुँदैन। आफू सही हुँदाहुँदै कसैले अति गर्छ भने त्यस्तालाई नियम सिकाउनु पर्छ।’

‘कुटाइखाने’लाई कारबाही, कुट्नेलाई उन्मुक्ति
महानगरीय प्रहरी बृत्त जनसेवाको प्रहरी टोलीमाथि युवाको समूहले कुटपिट गरेको थियो। आफू मातहतका प्रहरी कर्मचारी कुटिँदा 'आवश्यक कदम नचालेको' भन्दै बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीबहादुर मल्ललाई तालुक कार्यालयले स्ष्टीकरण समेत सोधेको छ।

ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा रहेका प्रहरीले कुटाई खाँदा पनि निरिह देखिएको, प्रहरीले कुटाइएको खाएको विषयमा तालुक कार्यालयलाई रिपोर्टिङ नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले डीएसपी मल्लसँग स्पष्टीकरण सोधेको हो।

घटनाका विषयमा बृत्तका प्रमुखमाथि 'कारबाही' प्रक्रिया अगाडि बढाइँदा पनि कुटपिटमा संलग्नहरुको भने 'खोजी'मा समेत आवश्यक पहल समेत नगरिएको बृत्तका प्रहरी कर्मचारीको गुनासो छ। 

'कुटाइखाने प्रहरीका कार्यालय प्रमुखमाथि कारबाही हुँदा कुट्नेलाई प्रक्राउ गर्नुपर्ने होइन?' प्रहरी बृत्त जनसेवाका एक प्रहरी कर्मचारी भन्छन्, 'गृहमन्त्री ज्यूकै दबाबमा अहिले प्रहरीमाथि कुटपिट गर्नेलाई बचाउन खोजिएको भन्ने कुरा हामीले पनि सुनेका छौं। ड्युटिमा खटिएका प्रहरी कुट्ने मान्छेलाई गृहमन्त्रीले जोगाउने हो भने शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रहरी कर्मचारी कुन मनोबलका साथ काम गर्लान् र ?'

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ पैँयुटार बस्ने 'नेपाली ब्रो' भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका... शनिबार, जेठ २३, २०८३
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-१ निवासी ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्। हाल उनी काठमाडौँको वनस्थलीमा बसोबास गर्दै आए... मंगलबार, जेठ १९, २०८३
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन् शव दमक नगरपालिका-८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । उनको शव रतुवा खोलाको कि... सोमबार, जेठ १८, २०८३
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्