काठमाडौं- सामसङले हालै आफ्नो २०२१ रेन्जअन्तर्गत कन्भर्टिबल 'फाइभ इन वान' एयर कन्डिसनर नेपाली बजारमा भित्र्याएको छ। यस एसीमा एन्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरका साथ डिजिटल इन्भर्टर प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ।
'नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कम बिजुली खपत, सहज एवं कस्टमाइज कुलिङ तथा हिटिङजस्ता मोडहरुले सम्पूर्ण परिवारका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्ने छन्। नयाँ रेन्जको यो एसिमा सामसङले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्ष तथा कपर कन्डेन्सर एवं पीसीबीमा एक वर्षको ड्युरेबिलिटीको प्रतिबद्धता प्रदान गरेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सामसङ नेपालका डीजीएम आलोककुमार गुप्ताले एसी कुनै मौसममा आधारित उत्पादन नरहेको बताए। 'आजभोलि घरबाटै काम गर्ने र पढाइ गर्ने चलन रहँदा व्यक्तिहरुका लागि स्वच्छ र सफा हावा अपरिहार्य हो साथै टिकाउ र कम बिजुली खपत आजका ग्राहकका प्रमुख प्राथमिकता हुन्। हामीले ग्राहकहरुलाई प्रमुख केन्द्रमा राख्दै उत्पादनहरु प्रस्तुत गर्दै आइरहेका छौं र हाम्रो नयाँ एसीले स्वास्थ्य तथा स्वच्छतालाई प्राथमिकतामा राखेको छ र यो कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीले ग्राहकको आवश्यकताअनुसार इनर्जी इफिसियन्सी प्रदान गर्दछ। हामीलाई विश्वास छ यो नयाँ एसीले नेपाली बजारमा आफ्नो स्थान सहजै स्थापित गर्नेछ,' उनले भने।
सामसङका एसीहरु एक टन तथा दुई टन गरी दुई किसिमका रहेका छन्। यी नयाँ एसीहरुको सुरुआती मूल्य ८९ हजार ९९० रुपैयाँदेखि रहेको कम्पनीले जनाएको छ। यी एसीहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको आधिकारिक व्यापारिक वितरक नेटवर्कमार्फत् सहजै खरिद गर्न सकिन्छ।
सामसङले यी एसीहरुको खरिदमा विभिन्न आकर्षक योजनाहरु जस्तै: सहज किस्तावन्दीको विकल्पमा नेपालभर रहेका सामसङ स्मार्ट प्लाजाहरुबाट यी एसीहरु खरिद गर्न सकिने जनाएको छ। साथै, निःशुल्क जडानको सेवा पनि नेपालभर प्रदान गरिने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।