• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) : भानुभक्त जोशीलाई पर्खिरहेछ प्रदेश इञ्‍चार्जको पद

जोशी नआए गरिमा शाहले इञ्‍चार्जको जिम्मेवारी पाउने
64x64
बीपी अनमोल मंगलबार, भदौ २२, २०७८  १५:५६
1140x725

काठमाडौं- सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ। नेकपा (एमाले) परित्याग गरेर १४ जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेपछि सबैभन्दा ठूलो दल बनेको हो।

सातवटा प्रदेशमध्ये सबैभन्दा धेरै सांसद यो प्रदेशमा एमाले छाडेर एकीकृत समाजवादीमा लागेका छन्। तर, ठूलो दल बनेको उक्त पार्टीले सुदूरपश्चिम प्रदेश इञ्‍चार्ज भने तोक्न सकेको छैन।

केही दिनअघि पार्टीले छ वटा प्रदेशका इञ्‍चार्ज र विभिन्न जनवर्गीय संगठनका प्रमुखको जिम्मेवारी बाँडफाँट गरेको थियो। भदौ ९ गते निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएपछि प्रदेशमा पार्टी संगठनका कामलाई अघि बढाउन इञ्‍चार्ज तोकिएको थियो। छ वटा प्रदेशमा इञ्‍चार्ज तोकिए पनि सुदूरपश्चिममा भने केन्द्रले तत्कालका लागि खाली राखेको छ।

केही दिनअघि एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले सुदूरपश्चिममा इञ्‍चार्ज पछि तोक्ने गरी खाली राखिएको बताएका थिए। 

इञ्‍चार्जमा वरिष्ठदेखि कनिष्ठसम्मका नेताहरू आकांक्षी 
नवगठित नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश इञ्‍चार्ज बन्नका लागि वरिष्ठदेखि कनिष्ठसम्मका नेताहरूले इच्छा देखाएका छन्।

प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिहरूले दल रोज्न पाउने समय मंगलबारसम्म भएको र पहिले नै इञ्‍चार्ज तोक्दा असन्तुष्टि हुनसक्ने भन्दै तत्काल नतोकिएको नेताहरूको बुझाइ छ। एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले इञ्‍चार्ज तोक्न अहिले नै हतार गर्न नहुने बताइन्।

‘पार्टी रोज्ने क्रम चलिरहेको छ। अध्यक्षले एक जनालाई टीका लगाएर इञ्‍चार्ज, अध्यक्ष, सहअध्यक्ष हामी बनाउँदैनौं,’ उनले भनिन्, ‘कामको मूल्यांकनको आधार, सबै जिल्लासँगको समन्वयका आधारमा हुन्छ।’ उनले नौ वटै जिल्लाको कमाण्ड गर्नसक्ने र कार्यकर्ता चिन्नसक्ने व्यक्तिलाई इञ्‍चार्ज बनाउनुपर्छ भन्ने आफूहरूको धारणा रहेको बताइन्। 

‘हामीले जसरी सुदूरपश्चिम प्रदेश सभामा प्रभाव देखायौं, त्यो प्रभाव राजनीतिक तहमा देखाउनसक्नेलाई जिम्मेवारी दिनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘वरिष्ठ नेताहरू छलफलमा हुनुहुन्छ, उहाँहरूको निर्णयपछि टुंगो लाग्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा एकीकृत समाजवादीको प्रदेश इञ्‍चार्जका लागि गरिमा शाहको नाम प्रस्ताव गरिएको थियो। तर, केन्द्रमा उनको नाम टुंगो लाग्न सकेन। उनीसहित एकीकृत समाजवादीमा लागेका उर्वादत्त पन्त, रामकुमार ज्ञवाली, विक्रम शाही, दीर्घ सोडारी, प्रेम आले, तारा लामा तामाङ, पूर्णा जोशीलगायतको चर्चा भइरहेको छ।

तर, इञ्‍चार्जको जिम्मेवारी दिँदा तत्कालीन एमालेमा हुँदाको जिम्मेवारी लगायतका मापदण्डसमेत हेर्नुपर्ने भएकाले नेतृत्वले प्रदेशमा रहेका नेताहरूसँगको छलफलकै आधारमा इञ्‍चार्ज तोक्ने बुझिएको छ।

एकीकृत समाजवादी रोजे भानुभक्त इञ्‍चार्ज, नभए गरिमा शाह
नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गर्‍यो।

उक्त समयमा भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो। एमालेभित्रको संघर्षका क्रममा साथ दिँदै आएका जोशीले भदौ २ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्ने निर्णयमा भने नेपाललाई साथ दिएनन्।

Xtrem

Xtrem

तर, उनले अध्यक्ष नेपाललाई भेटेर आफू एकीकृत समाजवादीमा नै लाग्ने बताएका कारण अहिले नै सुदूरपश्चिमको इञ्‍चार्ज कसैलाई नतोकिएको सो पार्टीका एक केन्द्रीय सदस्य बताउँछन्। ‘भानुभक्तजीले बीचमा अध्यक्ष कमरेडसँग एकीकृत समाजवादीमा आउँछु भनेर कुरा गर्नुभएको रहेछ,’ उनी भन्छन्, ‘उहाँ आजसम्म खुल्नुभएको छैन। एकीकृत समाजवादीमा आउनुभयो भने उहाँ नै प्रदेशको इञ्‍चार्ज हुनुहुन्छ, नभए गरिमा शाह नै हुने सम्भावना छ।’

शाह एमालेको आठौं र नवौं महाधिवेशनमा केन्द्रीय सदस्य बनेकी थिइन्। त्यसैले पनि उनी अरू नेताहरूभन्दा वरिष्ठ मानिन्छिन्।

जोशी आठौं महाधिवेशनमा निर्वाचित र नवौंमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। पछि उनी केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। उनले विगतमा सेती अञ्चल इञ्‍चार्जको जिम्मेवारी पनि सम्हालिसकेका छन्। 

अर्का नेता पन्तले छैठौंदेखि नवौं महाधिवेशनसम्म केन्द्रीय सदस्य रहँदै महाकाली इञ्‍चार्जको जिम्मेवारी सम्हालिसकेका थिए। नवौं महाधिवेशनमा भने उनी पराजित भएका थिए। पछि मनोनीतमासमेत उनी परेनन्।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य ज्ञवाली नवौं महाधिवेशनपछि केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। उनी एमालेको महाकाली अञ्चल इञ्‍चार्जसमेत बनेका थिए।

एकीकृत समाजवादी रोजेका नेता शाही एमालेमा हुँदा केन्द्रीय सदस्य र कञ्चनपुरको इञ्‍चार्ज थिए। सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद आलेले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेका छन्। उनले पनि सुदूरपश्चिम इञ्‍चार्ज बन्ने आकांक्षा देखाएका छन्। तर, उनले अहिले नै जिम्मेवारी पाउने सम्भावना नरहेको नेताहरू बताउँछन्। 

प्रदेश सभामा एकीकृत समाजवादीलाई सबैभन्दा ठूलो दल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सोडारी र आन्तरिक मामिला तथा कानुनमन्त्री जोशीले पनि प्रदेश इञ्‍चार्ज बन्न आकांक्षा देखाएको उनीहरूनिकट स्रोतले बताएको छ। 

यसैगरी एमालेमा हुँदा सुदूरपश्चिम प्रदेश सभाको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका तत्कालीन एमालेको कञ्चनपुर जिल्ला अध्यक्ष तामाङ पनि प्रदेश इञ्‍चार्जको आकांक्षी देखिएका छन्। 

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बेदुराम भुसालले हाल छलफलमै रहेकाले तत्काल प्रदेश इञ्‍चार्ज नतोकिएको बताए। एक/दुई दिनमै सुदूरपश्चिममा पार्टीको इञ्‍चार्ज टुंगो लाग्ने उनको भनाइ छ।

एकीकृत समाजवादीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इञ्‍चार्ज तोकिसकेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरि... बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्