काठमाडौं– हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडपर्व स्किमका विजेतालाई गाडीको साँचो हस्तान्तरण गरेको छ।
‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरुमध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता (कुपन नम्बर १४४५) श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्त्रण गरेको हो।
साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत् उक्त लक्की ड्र प्रणालीबाट विजेता छनोट गरिएको थियो। कोभिड–१९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजीवन नै अस्तव्यस्त भएकोले गत वर्षको लक्की ड्र केही ढिलागरि कम्पनीले जनाएको छ।
साथै, भदौ आउँदो बिहीबारबाट यस वर्षको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गर्ने भएको हो। हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको छ।
यसवर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउने कम्पनीले जनाएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।