काठमाडाैं– नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि प्रचारात्मक नारा तय गरेको छ। महाधिवेशनको प्रचारात्मक नारामा ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔं १४ औं महाधिवेशन’ तय गरिएको छ।
प्रचार विभागले प्रविधि मैत्री कांग्रेस अभियान अन्तर्गत ‘एनसी विन’ गठन गर्ने निर्णयसमेत गरेको छ। ‘एनसी विन’काे पूरा रुप नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क रहेकाे छ।
महाधिवेशन पूर्व सन्ध्यामा विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।
‘चिन्तन चौधौं महाधिवेशन’अन्तर्गत विभिन्न विषयमा ‘प्यानल डिस्कसन’ गरिने विभागले जनाएको छ। उक्त कार्यक्रमको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको छ।
प्रविधि मैत्री कांग्रेस अभियानअन्तर्गत ‘एनसी विन’ले आन्तरिक रणनीति प्रविधिमार्फत बनाउनेछ। पार्टीको प्रचार र विपक्षी प्रहारको प्रतिवाद (वार रुम) उक्त एनसी विनले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।