• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'ऐना'को दोस्रो सिजन पनि आउने, पहिलो सिजनका 'सहयात्री'लाई सम्मान

64x64
नेपाल लाइभ सोमबार, भदौ २१, २०७८  २१:१८
1140x725

काठमाडौं– द होराइजन मल्टिमिडिया प्रालिले सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन कार्यक्रम 'ऐना'को पहिलो सिजन 'उत्साहजनक' रुपमा सम्पन्न भएको जनाएको छ। कान्तिपुर टेलिभिजनमा २०७७ माघ ७ गतेदेखि २०७८ असार ३० गतेसम्म ऐनाका २६ एपिसोड प्रसारण भएका थिए। आइतबार एक कार्यक्रम आयोजना गरी ऐनाको प्रोडक्सन कम्पनी द होराइजन मल्टिमिडियाले प्रायोजक र टिमका सदस्यलाई मायाको चिनो र प्रमाणपत्र वितरण गर्‍यो।

कार्यक्रममा ऐनाको शीर्षक प्रायोजक ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग-वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले ऐनाजस्तो सामाजिक रुपान्तरणको अभियान बोकेको कार्यक्रममा सहकार्य गर्न पाउँदा गर्व लागेको बताए। ढकालले आगामी दिनमा पनि सामाजिक मुद्दाहरु उजागर गर्ने ऐनाको प्रयत्नमा आफूहरु साथै रहने प्रतिबद्धता समेत जनाए। 

ऐनाको अर्को प्रायोजक चौधरी फाउन्डेसनकी जेनेरल मेनेजर मेरिना रञ्जितले ऐना कार्यक्रम सफल भएको बताइन्। राति ९ बजेपछि टेलिभिजनमा के हेर्ने भन्ने अन्योलमा रहेका दर्शकको चाहनालाई ऐनाले परिपूर्ति गरिदिएको रञ्जितको भनाइ थियो।

यसैगरी, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले एकजना नेताले सञ्चालन गर्ने कार्यक्रमले के प्रभाव पार्ला र? भन्ने लागे पनि कार्यक्रम ऐनाले विशुद्ध सामाजिक मुद्दामा गहन छाप छोड्न सफल भएको बताए।

Ncell 2
Ncell 2

कार्यक्रममा संयुक्त राष्ट्र संघको महिला विरुद्धको विभेद अन्त्य गर्ने महासन्धि 'सीईडीएडब्ल्यू' की निर्वाचित सदस्य वन्दना राणाले कार्यक्रम 'ऐना'ले नेपाली टेलिभिजनमा छुट्टै छाप छोडेको बताइन्। राणाले आफूले टेलिभिजनमा काम गर्दाताका सामाजिक विषयमाथि कार्यक्रम निर्माण गर्न सहज नभएको अनुभव सुनाइन्। उनले सामाजिक मुद्दामा काम गर्नासाथ 'डलरको खेती' भन्ने मानिसकताले कतिपय राम्रो काम गरिरहेकाहरुलाई पनि निरुत्साहित गर्ने गरेको बताइन्। 

कार्यक्रममा ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले कोभिड-१९ को महामारीको विषम परिस्थितिमा समेत विज्ञापन दिएर ऐनालाई सफल बनाउन योगदान दिएको भन्दै विज्ञापनदातालाई धन्यवाद दिए। उनले ऐनाको दोस्रो सिजनमा समेत निजी क्षेत्रबाट यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए। 

ऐनाका प्रस्तोता विश्वप्रकाश शर्माले कार्यक्रम ऐना मार्फत देशका विभिन्न ठाउँमा पीडितहरुका घरघरमा पुगेर धेरै अभुवन बटुल्न पाएको बताए। ऐनाको अवधारणासहित कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव आउँदा नै आफ्ना लागि यो एउटा नौलो अनुभव बटुल्ने मौका हुने ठानेर स्वीकार गरेको शर्माले सुनाए। 

ऐनाका कार्यकारी निर्माता जनक पौड्यालले कोभिड महामारीको समयमा टीमका सबै सहकर्मीले कार्यक्रम निर्माण गर्न निकै मिहिनेत गर्नु परेको बताए। उनले ऐनाका २६ एपिसोडमा एक सयभन्दा बढी पीडितका कथा समेटिएको, एक सयभन्दा बढी विज्ञले कार्यक्रममा आफ्नो राय व्यक्त गरेको उल्लेख गरे। यसैगरी, ऐनाले दुई सयभन्दा बढी पीडितसँग प्रत्यक्ष सम्वाद गर्नुका साथै स्टुडियोमा समेत एक हजारभन्दा बढी दर्शक उपस्थित भएको उनले जानकारी दिए।

उनले ऐनाको दोस्रो सिजनको तयारी भइरहेको उल्लेख गर्दै पहिलो सिजनलाई आधार बनाएर दोस्रो सिजनमा अझ उत्कृष्ट कार्यक्रम तयार गर्ने बताए। कार्यक्रममा ऐनामा प्रायोजन गर्ने सबै प्रायोजकसँगै ऐना निर्माणमा जुटेका ५० भन्दा बढीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  २१:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित
कम्पनीको कागजात दुरुपयोग गर्ने एक जना पक्राउ
काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
सम्बन्धित सामग्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बैठकमा एनसेलका सीईओ फोलेले प्रत्येक वर्ष देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान... बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आ... बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । कम्पन... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
कम्पनीको कागजात दुरुपयोग गर्ने एक जना पक्राउ शनिबार, पुस २६, २०८२
काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै शनिबार, पुस २६, २०८२
आजदेखि एमाले केन्द्रीय कमिटी बैठक शुरु हुँदै, यस्ता छन् छलफलका एजेन्डा शनिबार, पुस २६, २०८२
पूर्वमन्त्री होमनाथ दाहालको निधन शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्