काठमाडौं- नोकिया फोनको नेपालका लागि आधिकारिक वितरक टेलिटक प्रालिले न्युरोडको ताम्राकार कम्प्लेक्समा नोकिया केयर सेन्टर सञ्चालनमा ल्याएको छ। नोकिया उत्पादनहरुको बढ्दो मागलाई ध्यानमा राखेर कम्पनीले 'वान-स्टप टेक्निकल सपोर्ट' प्रदान गर्न केयर सेन्टर सञ्चालनमा ल्याएको हो।
अब ग्राहकहरुले आफ्नो स्मार्ट फोन मर्मतका समस्याहरु सेवा केन्द्रमार्फत् समाधान गर्नसक्ने कम्पनीको भनाइ छ।
कम्पनीका निर्देशक प्रतीक जलानले भने, 'केयर सेन्टरले नोकिया स्मार्ट फोनको मर्मतसम्बन्धी सबै सेवाहरु प्रदान गर्नेछ। सेवा केन्द्र राम्रो प्रशिक्षित व्यावसायिक प्राविधिकहरुले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेन्युइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ।'
नेपालमा नयाँ स्मार्ट फोन लञ्च
स्मार्ट फोन क्याटगोरीमा भर्खरै लञ्च गरिएका नोकिया जी १०, नोकिया जी २० र नोकिया सी २० फोनहरु किफायती मूल्यमा अत्याधुनिक सुविधासहित उपलब्ध भएका छन्। साथै, फिचर फोनहरु नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फोन सुपथ मूल्यमा आउनुका साथै सजिलै देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ।
ब्राण्डले भर्खरै नोकिया एसेन्सियल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पिकरलाई आफ्नो एसेसरिजहरुको क्षेत्रमा लञ्च गरेको छ जसले गुणस्तरीय उत्पादनहरु प्रस्तुत गर्नका साथै ग्राहकहरुलाई विश्वास र हेरचाह पनि प्रदान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।