काठमाडौं- सामसङले हालै नेपाली बजारमा नयाँ सुलभ स्मार्ट फोनका दुई मोडेलहरू ‘ग्यालेक्सी जेड फोल्ड३ फाइभ जी’ तथा ‘ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जी’ सार्वजनिक गरेको छ।
सामसङका यी दुई नयाँ मोडेलले ग्राहकहरुलाई अद्वितीय, मनोरञ्जनात्मक एवं जीवन्त अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
‘सामसङका ग्राहकवर्गले उत्सुकतापूर्वक प्रतीक्षा गरेका नयाँ-नयाँ सुविधा एवं विशेषतासहितका यस फोनमा विद्यमान रहेका छन्। यसअघि नभएका आइकोनिक, स्टाइल तथा ड्युरेबिलिटी जस्ता विशेषता यस फोल्डेबल फोनमा रहेका छन्। ग्यालेक्सी जेड फोल्ड३ फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप ३ फाइभ जीमा थुप्रै विशेष तरिकाबाट काम गर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सामसङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा सामसङको उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनको विरासत कायम रहेको जनाएको छ।
सामसङ ग्यालेक्सी जेड फोल्ड३ फाइभ जी तथा जेड फ्लिप३ फाइभ जीको प्रि-बुकिङमा आकर्षक अफरहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी दुई मोडलको प्रि-बुकिङमा सामसङले शून्य प्रतिशत ब्याजदरमा ईएमआई, न्यूनतम १० हजार ५०० रुपैयाँमा उपलब्ध गराउने पनि जानकारी दिएको छ। यो सुविधा विभिन्न बैंकहरूमार्फत् उपलब्ध गराइने जनाएको छ।
साथै, प्रि-बुकिङ गर्ने ग्राहकले एक वर्षसम्म ब्रेकेज इन्स्योरेन्स सुविधासमेत प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।