• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा भीम रावल : सिपाहीबिनाका ‘सेनापति’

64x64
डिबी खड्का आइतबार, भदौ २०, २०७८  १८:५१
1140x725

काठमाडौं- एमालेमा लामो समयदेखि सुदूरपश्चिममा प्रभावशाली रहेका उपाध्यक्ष भीम रावल यतिबेला वास्तविक परीक्षामा छन्। एमाले एक रहँदासम्म सुदूरपश्चिममा प्रभावशाली देखिएका रावल पार्टी फुटेर नेकपा (एकीकृत समाजवादी) बनेपछि निरीह जस्ता देखिएका छन्। आइतबारसम्म 'रावल पक्ष'का १७ मध्य १३ प्रदेश सभा सदस्यले उनको साथ छाडेका छन्।

नेकपाकालमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालका 'मुख्य लडाकु' जस्ता देखिएका रावल कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा विश्वासको मत लिने समयमा अलग्गिए। नेपालले पार्टी फुटाएपछि उनीहरुको बाटो नै अलग भयो। केन्द्रमा आफ्ना ‘सेनापति’ छाडेका रावललाई प्रदेश र जिल्लाका उनका ‘सिपाही’ले छाड्दै गएका छन्।

जसको आधारमा उनी एमालेमा प्रभावशाली थिए, उनीहरुले नै साथ छाड्दै जाँदा केन्द्रीय राजनीतिमा 'प्रभावशाली' रावल क्षेत्रीय राजनीतिमा कमजोर हुनसक्ने संकेत देखिएका छन्।

नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेको छ। प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्ने समय दिइएको छ। सुदूरपश्चिममा रावल पक्षीय मानिएका अधिकांश प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्। यसले उनको राजनीतिक प्रभावमा मात्रै होइन, आगामी निर्वाचनमा समेत ठूलो धक्का पुग्ने देखिन्छ।

प्रदेशको त्यो प्रभाव, यो पहिरो
रावल नेपाल पक्षमा लाग्दा तत्कालीन समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती महसुस भएको थियो। किनभने २०७८ जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा रावलको निर्देशनमा १७ सांसदले एमालेको स्थायी कमिटीको निर्णय उलंघन गरे। एमालेकै मतबाट मुख्यमन्त्री भट्टले विश्वासको मत पाए। सुदूरपश्चिम प्रदेशका १७ एमाले सांसदले ‘फ्लोर क्रस’ गरेपछि माओवादी केन्द्रका १३ गरी ३० मत पाए।

नेपाल पक्षमा देखिएको यो लहरले रावलकै कद उँचो बनाएको थियो। सुदूरपश्चिममा रावलको पकडसँग डराएका एमाले अध्यक्ष ओलीले त्यसअघि पुस २४ गते धनगढीमा आयोजित भेलामा ‘एउटा केटो’ भन्दै महत्त्वहीन व्यक्तिका रुपमा प्रस्तुत रावललाई गरेका थिए। 

ओलीको भनाइ थियो, ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दा-हिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्‍याथिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला छन्। नानी भन्दा नाना ठूलो, मान्छे भन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ।’

यो पनि पढ्नुहोस्

भीम रावल किन परिरहेछन् ओलीको निशानामा?शनिबार, पुस २५, २०७७

समयक्रमले त्यो 'एउटा केटो'ले फेरि ओलीको पार्टीको सुदूरपश्चिम कमान्ड सम्हाल्नुपर्ने भएको छ। तर, रावल सिपाही गुमाएको कमान्डर हुने अवस्था सिर्जना हुने सक्ने संकेत देखिएका छन्। किनभने जेठमा रावललाई बलियो देखाउने सुदूरपश्चिम प्रदेशका १० जना प्रदेश सदस्यले माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी केहीदिन अघि नै रोजिसकेका थिए। यो पहिरो यतिमै रोकिने संकेत देखिदैन। दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले आइतबार समाजवादीका पक्षमा सनाखत गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले १३ जना पुर्‍याएर सुदूरपश्चिम प्रदेश सभामा एमाले भन्दा ठूलो दल समाजवादी भइसकेको छ। यो संख्या १४ पुर्‍याउने कोसिस गरिरहेको समाजवादीका नेताहरू बताउँछन्। एमालेका २५ प्रदेश सांसद भएको सुदूरपश्चिममा १४ जनाले मात्रै एकीकृत समाजवादीका पक्षमा सनाखत गरेमा सुदूरपश्चिमकै ठूलो दल समाजवादी बन्नेछ।

रावलको साथ छाड्ने बाँकी प्रदेश सभा सदस्यमध्ये प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, प्रमुख सचेतक दुर्गाकुमारी कामी, सांसद माया भट्ट, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, अमरबहादुर साउँद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी छन्।

अहिले रावललाई साथ दिएका तीनमध्ये दुईजना प्रकाश शाह र बलदेव रेग्मी एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाकै जिल्ला बाजुराका हुन्। 

गृहजिल्ला र निर्वाचन क्षेत्रमा कमजोर
रावलका लागि गृहजिल्ला र निर्वाचन क्षेत्रको खबर पनि सुखद छैन। जिल्ला अध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले साथ छाड्दा रावललाई सबैभन्दा ठूलो धक्का महसुस भएको हुनुपर्छ। अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले पनि एकीकृत समाजवादी रोजेका छन्।

रावलकै निर्वाचन क्षेत्रका कुँवर मतदाताबीच प्रभावशाली नेता मानिन्छन्। २०६४ सालमा सुदूरपश्चिमबाट निर्वाचित हुने जम्मा तीनजना एमाले नेताहरुमा कुँवर एक हुन्। कुँवर रावलको प्रतिष्पर्धी भएर आगामी निर्वाचन लड्नेछन्। प्रदेश सांसद समेत कुँवरकै पक्षमा लाग्दा उनको पल्लाभारी देखिएको छ। यसले रावलको धरातलीय राजनीतिमा समेत धक्का लाग्ने देखिन्छ। 

रावलको गृहजिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा एक गाउँपालिकाको अध्यक्ष जितेको थियो। तीमध्ये एमालेबाट निर्वाचित साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुवँर र चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले समाजवादी रोजेका छन्।

ओली पक्षका नेतासँगको सम्बन्ध 'शत्रुतापूर्ण'
एमालेले माओवादीसँग एकता गर्नु अघिदेखि नै सुदूरपश्चिममा गुटगत सम्बन्ध तिक्ततापूर्ण थियो। नेपाल पक्षका रावल र ओली पक्षका नेता कर्ण थापाको सम्बन्ध कहिल्यै समधुर बन्न सकेन। 

रावलले कुनैबेला बाजुराका जिल्ला सचिव रहेका कर्ण थापालाई कारबाही गरेका थिए। थापालाई जुन कारण देखाएर रावलले कारबाही गर्दा बाजुरा जिल्ला कमिटीमा अरु १० जना नेताहरुले  पनि साेही प्रकृतिकाे  गल्ती  गरेका थिए। अरुलाई छोडेर आफूमाथि मात्रै कारबाही हुँदा थापाले राजनीतिक भन्दा पनि व्यक्तिगतका इर्ष्याका रुपमा बुझे। 

झापाकै ओली खलकबाट विवाह गरेका थापा त्यसअघि पनि ओलीनिकट नै थिए। त्यसैले गुटगत राजनीतिको छायाँ पनि कारबाहीका क्रममा परेको चर्चा चल्यो। जिल्लास्तरकै नेता हुँदा कारबाही परेका थापाले केन्द्रीय राजनीतिमा उक्लेपछि रावलसँग सकेको प्रतिष्पर्धा गरे। रावल नेपालनिकट भएकाले ओली पक्षको सुदूरपश्चिमको मोर्चा थापाले सम्हाले। 

थापा ओली पक्षको 'कमान्डर' भएपछि सुदूरपश्चिमा उक्त गुटको प्रभाव बढ्न नदिन रावलले सक्दो प्रयास गरे। नेपाल महासचिव भएर हालीमुहाली गरिरहेको समयमा ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि नै आफ्नो गुटको प्रभाव विस्तार गर्दा सुदूरपश्चिमा आफूले रोक्ने कोसिस गरेको रावल बताउँछन्।

यो पनि पढ्नुहोस्

माधव नेपाललाई ‘युधिष्ठिर’ बनाएर मैदान छाडेका ‘भीम’माथि प्रश्न मंगलबार, साउन ५, २०७८

केही समयअघि उनले नेपाल लाइभसँग भनेका थिए, ‘मदन भण्डारी फाउन्डेसनका नाममा गुटबन्दी गर्दै हिँडेका थिए। ती कुरालाई छलफलका कुरामा उठाएँ। विशेष गरी 'सुदूरपश्चिममा कारबाही परेका'हरुलाई च्यापेर गुटबन्दी तीव्र पार्ने प्रयास गर्नुभयो। त्यसमा मैले निर्भिकतासाथ कुरा उठाएँ। उहाँको (ओलीको) निरंकुश प्रवृत्ति र अलोकतान्त्रिक चरित्र रोक्न लागें। त्यही कारणले त्योबेलादेखि नै सबैभन्दा बढी प्रहार ममाथि गर्दै आउनुभएको हो।’ रावलले यहाँनेर कारबाही परेकाहरु भनेर थापालाई इंगित गरेका हुन्। 

नेकपाकालपछि सुदूरपश्चिमको ओली गुटमा तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट थपिए। नेकपा वा एमालेकालकै अन्तरसंघर्षमा चर्को लडाइँ सुदूरपश्चिममै पर्‍यो। त्यहाँ एकअर्कालाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा चल्यो।

२६ फागुन २०७७ मा तत्कालीन नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले रावलको नेकपा एमालेमा कुनै हक नरहेको बताएका थिए। ‘भीम रावलमा अलिकति नैतिकता बचेको भए उनी प्रचण्डतिरै जानुपर्छ,’ उनले भनेका थिए, ‘नेकपा एमालेमा उनको कुनै हक छैन।’

त्यही दिन रावलको सुदूरपश्चिम संयोजक भनेर लेखिएको बोर्ड हटाइयो। लेखराज भट्ट संयोजक लेखिएको बोर्ड टाँगियो। दुवै पक्षका कार्यकर्ताबीच झडप भयो। त्‍यसअघि नेकपाकालमा रावलले पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप ओली पक्षले लगायो। आर्थिक रुपमा बेइमान करार गर्न ओली पक्षले सक्दो प्रयास गर्‍यो।

केन्द्रमा एमालेमै रहेर रावलले ओलीलाई साथ दिएका छन्। ओली र रावलको सम्बन्ध निश्चित स्वार्थ मिलरहँदा सुमधुर बन्न सक्छ तर, प्रदेशमा भने 'व्यक्तिगत इगो'का रुपमा रहेको ओलीपक्ष र रावलको सम्बन्ध सुमधुर हुने सम्भावना कम छ। एमालेमै हुने अन्तरसंघर्षमा यसअघि ओली पक्षलाई दबाएका रावलसँग उक्त पक्षले आगामी दिनमा बदला लिन सक्छ। 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्