• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिममा भीम रावल : सिपाहीबिनाका ‘सेनापति’
64x64
डिबी खड्का आइतबार, भदौ २०, २०७८  १८:५१
1140x725

काठमाडौं- एमालेमा लामो समयदेखि सुदूरपश्चिममा प्रभावशाली रहेका उपाध्यक्ष भीम रावल यतिबेला वास्तविक परीक्षामा छन्। एमाले एक रहँदासम्म सुदूरपश्चिममा प्रभावशाली देखिएका रावल पार्टी फुटेर नेकपा (एकीकृत समाजवादी) बनेपछि निरीह जस्ता देखिएका छन्। आइतबारसम्म 'रावल पक्ष'का १७ मध्य १३ प्रदेश सभा सदस्यले उनको साथ छाडेका छन्।

नेकपाकालमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालका 'मुख्य लडाकु' जस्ता देखिएका रावल कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा विश्वासको मत लिने समयमा अलग्गिए। नेपालले पार्टी फुटाएपछि उनीहरुको बाटो नै अलग भयो। केन्द्रमा आफ्ना ‘सेनापति’ छाडेका रावललाई प्रदेश र जिल्लाका उनका ‘सिपाही’ले छाड्दै गएका छन्।

जसको आधारमा उनी एमालेमा प्रभावशाली थिए, उनीहरुले नै साथ छाड्दै जाँदा केन्द्रीय राजनीतिमा 'प्रभावशाली' रावल क्षेत्रीय राजनीतिमा कमजोर हुनसक्ने संकेत देखिएका छन्।

नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेको छ। प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्ने समय दिइएको छ। सुदूरपश्चिममा रावल पक्षीय मानिएका अधिकांश प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्। यसले उनको राजनीतिक प्रभावमा मात्रै होइन, आगामी निर्वाचनमा समेत ठूलो धक्का पुग्ने देखिन्छ।

प्रदेशको त्यो प्रभाव, यो पहिरो
रावल नेपाल पक्षमा लाग्दा तत्कालीन समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती महसुस भएको थियो। किनभने २०७८ जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा रावलको निर्देशनमा १७ सांसदले एमालेको स्थायी कमिटीको निर्णय उलंघन गरे। एमालेकै मतबाट मुख्यमन्त्री भट्टले विश्वासको मत पाए। सुदूरपश्चिम प्रदेशका १७ एमाले सांसदले ‘फ्लोर क्रस’ गरेपछि माओवादी केन्द्रका १३ गरी ३० मत पाए।

नेपाल पक्षमा देखिएको यो लहरले रावलकै कद उँचो बनाएको थियो। सुदूरपश्चिममा रावलको पकडसँग डराएका एमाले अध्यक्ष ओलीले त्यसअघि पुस २४ गते धनगढीमा आयोजित भेलामा ‘एउटा केटो’ भन्दै महत्त्वहीन व्यक्तिका रुपमा प्रस्तुत रावललाई गरेका थिए। 

ओलीको भनाइ थियो, ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दा-हिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्‍याथिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला छन्। नानी भन्दा नाना ठूलो, मान्छे भन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ।’

यो पनि पढ्नुहोस्

भीम रावल किन परिरहेछन् ओलीको निशानामा?शनिबार, पुस २५, २०७७

समयक्रमले त्यो 'एउटा केटो'ले फेरि ओलीको पार्टीको सुदूरपश्चिम कमान्ड सम्हाल्नुपर्ने भएको छ। तर, रावल सिपाही गुमाएको कमान्डर हुने अवस्था सिर्जना हुने सक्ने संकेत देखिएका छन्। किनभने जेठमा रावललाई बलियो देखाउने सुदूरपश्चिम प्रदेशका १० जना प्रदेश सदस्यले माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी केहीदिन अघि नै रोजिसकेका थिए। यो पहिरो यतिमै रोकिने संकेत देखिदैन। दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले आइतबार समाजवादीका पक्षमा सनाखत गरेका छन्। 

Ncell 2
Ncell 2

अहिले १३ जना पुर्‍याएर सुदूरपश्चिम प्रदेश सभामा एमाले भन्दा ठूलो दल समाजवादी भइसकेको छ। यो संख्या १४ पुर्‍याउने कोसिस गरिरहेको समाजवादीका नेताहरू बताउँछन्। एमालेका २५ प्रदेश सांसद भएको सुदूरपश्चिममा १४ जनाले मात्रै एकीकृत समाजवादीका पक्षमा सनाखत गरेमा सुदूरपश्चिमकै ठूलो दल समाजवादी बन्नेछ।

रावलको साथ छाड्ने बाँकी प्रदेश सभा सदस्यमध्ये प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, प्रमुख सचेतक दुर्गाकुमारी कामी, सांसद माया भट्ट, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, अमरबहादुर साउँद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी छन्।

अहिले रावललाई साथ दिएका तीनमध्ये दुईजना प्रकाश शाह र बलदेव रेग्मी एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाकै जिल्ला बाजुराका हुन्। 

गृहजिल्ला र निर्वाचन क्षेत्रमा कमजोर
रावलका लागि गृहजिल्ला र निर्वाचन क्षेत्रको खबर पनि सुखद छैन। जिल्ला अध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले साथ छाड्दा रावललाई सबैभन्दा ठूलो धक्का महसुस भएको हुनुपर्छ। अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले पनि एकीकृत समाजवादी रोजेका छन्।

रावलकै निर्वाचन क्षेत्रका कुँवर मतदाताबीच प्रभावशाली नेता मानिन्छन्। २०६४ सालमा सुदूरपश्चिमबाट निर्वाचित हुने जम्मा तीनजना एमाले नेताहरुमा कुँवर एक हुन्। कुँवर रावलको प्रतिष्पर्धी भएर आगामी निर्वाचन लड्नेछन्। प्रदेश सांसद समेत कुँवरकै पक्षमा लाग्दा उनको पल्लाभारी देखिएको छ। यसले रावलको धरातलीय राजनीतिमा समेत धक्का लाग्ने देखिन्छ। 

रावलको गृहजिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा एक गाउँपालिकाको अध्यक्ष जितेको थियो। तीमध्ये एमालेबाट निर्वाचित साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुवँर र चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले समाजवादी रोजेका छन्।

ओली पक्षका नेतासँगको सम्बन्ध 'शत्रुतापूर्ण'
एमालेले माओवादीसँग एकता गर्नु अघिदेखि नै सुदूरपश्चिममा गुटगत सम्बन्ध तिक्ततापूर्ण थियो। नेपाल पक्षका रावल र ओली पक्षका नेता कर्ण थापाको सम्बन्ध कहिल्यै समधुर बन्न सकेन। 

रावलले कुनैबेला बाजुराका जिल्ला सचिव रहेका कर्ण थापालाई कारबाही गरेका थिए। थापालाई जुन कारण देखाएर रावलले कारबाही गर्दा बाजुरा जिल्ला कमिटीमा अरु १० जना नेताहरुले  पनि साेही प्रकृतिकाे  गल्ती  गरेका थिए। अरुलाई छोडेर आफूमाथि मात्रै कारबाही हुँदा थापाले राजनीतिक भन्दा पनि व्यक्तिगतका इर्ष्याका रुपमा बुझे। 

झापाकै ओली खलकबाट विवाह गरेका थापा त्यसअघि पनि ओलीनिकट नै थिए। त्यसैले गुटगत राजनीतिको छायाँ पनि कारबाहीका क्रममा परेको चर्चा चल्यो। जिल्लास्तरकै नेता हुँदा कारबाही परेका थापाले केन्द्रीय राजनीतिमा उक्लेपछि रावलसँग सकेको प्रतिष्पर्धा गरे। रावल नेपालनिकट भएकाले ओली पक्षको सुदूरपश्चिमको मोर्चा थापाले सम्हाले। 

थापा ओली पक्षको 'कमान्डर' भएपछि सुदूरपश्चिमा उक्त गुटको प्रभाव बढ्न नदिन रावलले सक्दो प्रयास गरे। नेपाल महासचिव भएर हालीमुहाली गरिरहेको समयमा ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि नै आफ्नो गुटको प्रभाव विस्तार गर्दा सुदूरपश्चिमा आफूले रोक्ने कोसिस गरेको रावल बताउँछन्।

यो पनि पढ्नुहोस्

माधव नेपाललाई ‘युधिष्ठिर’ बनाएर मैदान छाडेका ‘भीम’माथि प्रश्न मंगलबार, साउन ५, २०७८

केही समयअघि उनले नेपाल लाइभसँग भनेका थिए, ‘मदन भण्डारी फाउन्डेसनका नाममा गुटबन्दी गर्दै हिँडेका थिए। ती कुरालाई छलफलका कुरामा उठाएँ। विशेष गरी 'सुदूरपश्चिममा कारबाही परेका'हरुलाई च्यापेर गुटबन्दी तीव्र पार्ने प्रयास गर्नुभयो। त्यसमा मैले निर्भिकतासाथ कुरा उठाएँ। उहाँको (ओलीको) निरंकुश प्रवृत्ति र अलोकतान्त्रिक चरित्र रोक्न लागें। त्यही कारणले त्योबेलादेखि नै सबैभन्दा बढी प्रहार ममाथि गर्दै आउनुभएको हो।’ रावलले यहाँनेर कारबाही परेकाहरु भनेर थापालाई इंगित गरेका हुन्। 

नेकपाकालपछि सुदूरपश्चिमको ओली गुटमा तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट थपिए। नेकपा वा एमालेकालकै अन्तरसंघर्षमा चर्को लडाइँ सुदूरपश्चिममै पर्‍यो। त्यहाँ एकअर्कालाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा चल्यो।

२६ फागुन २०७७ मा तत्कालीन नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले रावलको नेकपा एमालेमा कुनै हक नरहेको बताएका थिए। ‘भीम रावलमा अलिकति नैतिकता बचेको भए उनी प्रचण्डतिरै जानुपर्छ,’ उनले भनेका थिए, ‘नेकपा एमालेमा उनको कुनै हक छैन।’

त्यही दिन रावलको सुदूरपश्चिम संयोजक भनेर लेखिएको बोर्ड हटाइयो। लेखराज भट्ट संयोजक लेखिएको बोर्ड टाँगियो। दुवै पक्षका कार्यकर्ताबीच झडप भयो। त्‍यसअघि नेकपाकालमा रावलले पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप ओली पक्षले लगायो। आर्थिक रुपमा बेइमान करार गर्न ओली पक्षले सक्दो प्रयास गर्‍यो।

केन्द्रमा एमालेमै रहेर रावलले ओलीलाई साथ दिएका छन्। ओली र रावलको सम्बन्ध निश्चित स्वार्थ मिलरहँदा सुमधुर बन्न सक्छ तर, प्रदेशमा भने 'व्यक्तिगत इगो'का रुपमा रहेको ओलीपक्ष र रावलको सम्बन्ध सुमधुर हुने सम्भावना कम छ। एमालेमै हुने अन्तरसंघर्षमा यसअघि ओली पक्षलाई दबाएका रावलसँग उक्त पक्षले आगामी दिनमा बदला लिन सक्छ। 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्