• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भीम रावल किन परिरहेछन् ओलीको निशानामा?

64x64
डिबी खड्का शनिबार, पुस २५, २०७७  २०:२०
1140x725

काठमाडौं- ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्‍याथिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला छन्। नानी भन्दा नाना ठूलो, मान्छे भन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित सभामा गरेको भाषणको एक अंश हो, यो। उनले ‘एउटा केटो’ भन्दै महत्त्वहीन व्यक्तिका रुपमा प्रस्तुत गरेका नेता हुन्, नेकपाका स्थायी कमिटी सदस्य भीम रावल।

नेकपाको अनौपचारिक विभाजनपछि चलिरहेको वाकयुद्धमा ओलीले एक पक्षको नेतृत्व गरिरहेका छन्। दैनिकजसो चलिरहेको उनको भाषणमा केही नेताका विषयमा छुद्र टिप्पणी गर्ने गरेका छन्। मुख्यतः पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई नै उनले आफ्नो निशानामा पार्ने गरेका छन्। त्यसपछि भने रावलकै नाम आउँछ।

ओलीले रावललाई कुन स्तरमा प्रस्तुत गर्छन् भन्ने कुरा ‘एउटा केटो’ भन्ने शब्दावलीले नै प्रष्ट पार्छ। रावललाई गाली गर्नैका लागि ओलीले ‘तथ्यहीन समाचार’को समेत सहारा लिने गरेका छन्। गत पुस १९ गते काठमाडौंको कार्की ब्यांक्वेटमा आयोजित एउटा भेलामा उनले रावलबारे आएको गलत समाचारको आधारमा आलोचना गरेका थिए।

ओलीले बेलाबखत चर्चा गरिरहन्छन्- म एमालेको महाधिवेशनमा जितेर अध्यक्ष बनेको हुँ। ओली जुन महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए, रावल पनि त्यही महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए।

अर्कोतिर, ओली आफैंले ‘राजनीतिकरण’ गरेको दाबी गर्ने ती व्यक्तिका कारण सुदूरपश्चिममा कम्युनिस्ट राजनीति फैलिन सकेको हो। यसअघि नेकपा एमालेका लागि उनी त्यो क्षेत्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत अनिवार्य जस्तै बनेका थिए।

रावल निशानामा पर्नुका कारण
ओलीको निशानामा रावल पर्नुका केही कारणहरु छन्। तीमध्ये पहिलो कारण आफूलाई ‘राष्ट्रवादी नेता’का रुपमा प्रस्तुत गरिरहेका ओलीका लागि रावल चुनौती बनेका छन्। रावलले पनि ‘राष्ट्रवादी’ देखिनेगरी केही एजेन्डालाई यति जोडतोडका साथ उठाए कि त्यसले ‘ओलीको राष्ट्रवाद’मा सानोठूलो धक्का पुगेको छ।

ओलीले आफ्नो वक्तव्यमा रावललाई ‘नक्कली राष्ट्रवादी’ भन्नुको कारण आफू मात्रै सक्कली दर्शाउनु हो। राष्ट्रवादमाथि शुक्रवार यही विषयमा रावलमाथि धाराप्रवाह प्रहार गर्ने क्रममा भने, ‘५८ वर्षदेखि हडपिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा सार्वजनिक गरियो। संविधान संशोधन गरेर त्यहाँ उल्लेख गरियो। केहीलाई छटपटी भयो। अहिलेको कोकोहोलो, अहिले राष्ट्रिय राजनीतिमा  आएको यो उतारचढाव, असहज स्थिति सिर्जना हुनुमा नेपालको नक्सामा ती भूभाग राखेर छाप्नु हो। त्यसो गर्दा यही प्रदेशका मान्छे (भीम रावल)लाई टाउको दुख्यो। बाहिर–बाहिर राष्ट्रवादी देखिने, भित्रभित्र नक्सा छाप्यो भनेर उखरमाउलो भएर उठबस गर्दै पछारिँदै भुइँमा लडिबुडी गर्ने।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले नक्कली राष्ट्रवादी भन्दै पदका लागि लड्ने व्यक्तिको संज्ञा दिए र थपे, ‘पद पायो भने खुसी हुनेहरु, मैले मन्त्री बनाएको बेला त केपी ओली ठीक थियो, अरु पनि छन् मान्छे। एउटा प्रदेशबाट सधैं एकजनालाई कति मन्त्री बनाउने? मैले एकजनालाई मात्रै मन्त्री बनाइरहन मानिनँ। उहाँलाई पीर पर्‍यो।’

रावलसँग ओली पार्टी विभाजित भएपछि उतातर्फ लागे भनेर मात्रै रिसाएका होइनन्। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा रावलले चलाएको अभियान यसको मूल कारण हो। त्यही विरोधले रावलको ‘राष्ट्रवादी’ छवि फैलियो, उता नाकाबन्दीपछि चुलिएको ओलीको राष्ट्रवादमा धक्का पुग्यो। एमसीसी पास हुन नहुने विषयमा रावल लगायतले गरेको विरोधको स्वर जनजनमा पुग्यो। जसले आम जनमत समेत एमसीसी विरोधी बन्यो। पास हुने प्रक्रियामा रहेको एमसीसी स्थगित गर्नुपर्ने अवस्था बन्यो। 

आफूमाथि प्रहार हुनुको चार कारणमध्ये एक एमसिसी नै रहेको रावलको बुझाइ छ। उनी भन्छन्, ‘उहाँ नवउदारवादी बाटोमा जाने हुनुभयो। घचेट्ने क्रममा अमेरिकासँग राष्ट्रको हित विपरित एमसीसी सम्झौता संसद्‌बाट पारित गर्न नहुने कुरालाई पार्टीभित्र र संसद्‌बाट सशक्त रुपमा उठाएँ। त्यो प्रधानमन्त्री ओलीलाई चित्त बुझेको थिएन।’

ओलीसँग रावलको सिधा ‘वार’ परेको अर्को घटना पनि छ। प्रधानमन्त्री ओली सरकारले नेपालमा गर्न लागेको भारतीय फिल्म अवार्ड ‘आइफा’को पनि रावलले जमेर विरोध गरे। तत्कालीन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनीलगायतको चर्को विरोधले सरकारलाई उक्त अवार्ड नगर्न निर्देशन दियो। ओली सरकारका काममा तगारो भएका रावल त्यही समयदेखि आँखी बनेका थिए। रावल भन्छन्, ‘होली वाइनदेखि सामन्त गोयलसम्म आइपुग्दा मैले सरकारले गरेका गलत कामलाई सशक्त रुपमा उठाएँ। नक्सा प्रकाशित गर्नुपर्छ भनेर खुलस्त बोलें।’

आफूलाई ‘चौबीस क्यारेट’को राष्ट्रवादी नेताको रुपमा प्रस्तुत गर्ने ओलीका कार्यशैलीलाई आम मानिसमाझ बहस ल्याइदिने काम गरे रावलले। आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुन् भन्दैमा रावलले ओलीको कुनै गतिविधिलाई बेवास्ता गरेनन्।

आफूले ओलीले चाल्न थालेको अन्य गलत कामलाई रोक्ने र पार्टीभित्र र बाहिर तथ्यसहित कुरा राख्दै आएकाले ओलीले धेरै विषयमा त्यसको जवाफ दिन नसकेको रावल सुनाउँछन्।

यतिबेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई महत्त्व दिइरहे जस्तो देखिन्छ पनि। नेकपा एकीकृत नै रहेका बेला तत्कालीन एमाले कोटाबाट सुदूरपश्चिमलाई एउटा पनि मन्त्री नदिएका ओलीले फुटेपछि चारजना मन्त्री बनाएका छन्। काठमाडौंमा सुदूरपश्चिमको कार्यकर्ता भेला गरे। यसैगरी धनगढीबाट उपत्यका बाहिरका जनसभा सम्बोधन थालेका छन्। भनिरहेका छन्, ‘अब सुदूरपश्चिमलाई कसैले पछाडि पार्न सक्दैन।’

ओलीले यो समय सुदूरपश्चिमलाई महत्त्व दिनुको अर्को कारण यो समूहको प्रभाव कमजोर हुनु हो। राष्ट्रिय राजनीतिमा पनि छवि बनाएका रावलको पकड बलियो रहेको छ। त्यसलाई चिर्न यसअघि पनि प्रयास गरेका थिए। मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि नै आफ्नो गुटको प्रभाव विस्तार गर्दा सुदूरपश्चिमा रावलले रोक्ने कोसिस गरेका थिए। उनले भने, ‘मदन भण्डारीको फाउन्डेसनका नाममा गुटबन्दी गर्दै हिँडेका थिए। ती कुरालाई छलफलका कुरामा उठाएँ। विशेष गरी सुदूरपश्चिममा कारबाही परेकाहरुलाई च्यापेर गुटबन्दी तीव्र पार्ने प्रयास गर्नुभयो। त्यसमा मैले निर्भिकता साथ उठाएँ। उहाँको निरंकुश प्रवृत्ति र अलोकतान्त्रिक चरित्र रोक्न लागें।  त्यही कारणले त्योबेला देखि नै सबैभन्दा बढी प्रहार ममाथि गर्दै आउनुभएको हो।’

रावलमाथि प्रहार गर्नुको कारण ओली समूहमा लागेका पूर्व माओवादी नेता लेखराज भट्टलाई स्थापित गर्नका लागि पनि हो। यसैपनि माओवादीको कम प्रभाव रहेको सुदूरपश्चिममा त्यो पनि विभाजित छ। यसले गर्दा भट्ट कमजोर छन्। उनका निकटस्थ मानिने मुख्यमन्त्री त्रिलोचन भट्टले समेत प्रचण्ड–माधव समूहलाई साथ दिएका छन्। कुनै समय प्रचण्डका प्रिय मानिने लेखराजलाई प्रचण्ड विरुद्ध नै प्रयोग गरिरहेका छन्। रावल विरुद्ध ओली आफैं भिडिरहेका छन्। तेजोबध गर्ने योजनाबद्ध उपाय अपनाइएको देखिन्छ। रावल अर्को कित्तामा पुगेको यही समयमा भित्तामा पुर्‍याउन ओलीले जोड गरिरहेको देखिन्छ।

के ओलीले राजनीतिमा ल्याएका हुन् रावललाई?
प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा हिँड्दा पक्राउ परेका रावललाई जेलमा भेटेर राजनीतिमा ल्याएको बताइरहेका छन्। प्रधानमन्त्री ओलीले ‘एउटा केटो’ भनेका रावलसँग उमेरकै कुरा गर्दा पनि पाँच वर्ष मात्रै अन्तर देखिन्छ। केपी ओलीले विद्यालय पढ्ने बेला आफू कलेजमा पढ्ने बेला विद्यार्थीको नेतृत्व गरिरहेको दाबी रावलको छ।

२०३२ सालमा आइए पढ्ने क्रममा रत्नराज्य लक्ष्मी क्याम्पसको नेतृत्व गरेर तत्कालीन व्यवस्था विरुद्ध प्रदर्शन गर्दा अरु विद्यार्थीसँगै आफू पक्राउ परेको रावल बताउँछन्। केन्द्रीय कारागारमा प्रधानमन्त्री ओलीसँग भेट भए पनि कुरा नभएको रावलको भनाइ छ। उनले भने, ‘ममाथि सार्वजनिक सुरक्षा अन्तरर्गतको कानुन लगाएर जेलमा पठाइयो। त्यहीँ ओलीलाई देखेको हुँ। उहाँले पार्टी चरित्रअनुसार काम नगरेको भनेर त्यो बेलाका राजबन्दीबाट उहाँलाई निष्कासन गरेको रहेछ। उहाँ भोला भन्ने ज्यानमुद्दा लागेको व्यक्तिसँग बस्नुहुन्थ्यो।’

जेलमा बस्दा उहाँलाई राधाकृष्ण मैनालीलगायतले मेसबाट निकालेका कारण आफूले नभेटेको रावलको तर्क छ। उनको दाबी छ, ‘राधाकृष्ण मैनालीले मेसबाट निकालिदिनु भएको थियो। अवसरवादी हो नभेट्नु भनियो। एकदिन पनि कुरा नगरेर निस्केको हुँ। केन्द्रीय कार्यालयमा बस्दा एकदिन पनि राजनीतिक गफ गरिनँ। भलिबल खेल्दा भेट हुन्थ्यो। राजनीतिक गफ राधाकृष्ण मैनाली, घनेन्द्र बस्नेत, मनकुमार गौतमसँग मात्रै हुन्थ्यो।’

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  २०:२०
  • #केपी_ओली
  • #भीम_रावल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन अध्यक्ष ओलीले शुक्रबार टोलीलाई बिदाइ गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्देशन दि... शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले ज... शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्