• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपाललाई ‘युधिष्ठिर’ बनाएर मैदान छाडेका ‘भीम’माथि प्रश्न 

64x64
डिबी खड्का मंगलबार, साउन ५, २०७८  १६:४१
1140x725

काठमाडौं- आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिँदा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाको पक्षमा मतदान गरे। त्यो दिन एमालेमा चारथरि सांसद देखापरेका थिए– देउवाको पक्षमा भोट हाल्ने (२२), विपक्षमा भोट हाल्ने (८३), कतै भोट नदिने (१०) र यो प्रक्रिया आरम्भ नहुँदै राजीनामा दिने (१)।

नेकपाकालदेखि एमाले विभाजनसम्म आइपुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कृत्यको विपक्षमा उभिएका वरिष्ठ नेता नेपालले आफ्नो अडान कायम राखे। 'आफ्नै पार्टीको सरकार ढालेर विपक्षलाई विश्वासको मत दिने?' भन्ने इतिहासको 'यक्ष प्रश्न' खेप्न तयार भए, तर आफ्नो ‘मान्यताको मैदान’बाट विचलित भएनन्।

देउवालाई विश्वासको मत दिएर फर्केका नेपाल त्यो दिन प्रतिक्रिया दिने ‘मूड’मा थिएनन्। तर, क्यामेराले उनको गाडीको ढोकासम्म पछ्याएपछि नकार्न पनि सकेनन्।

उनको संक्षिप्त प्रतिक्रिया थियो, 'यही संसदले स्थायित्व दिँदैन भन्ने कुरा गलत सावित भयो। संविधान जोगियो। अदालतको फैसलाको कदर गरेका छौं र निरंकुश प्रवृत्तिमाथि अंकुश लागेको छ।' 

नेपालबाट छुटेको आड र टुटेको भरोसा

प्रतिक्रिया दिने क्रममा उनले आफूलाई साथ दिनेहरु खोजे। पछाडिपट्टि रामकुमारी झाँक्री देखिइन्। बोल्दाबोल्दै बीचमै रोकिएर नेपालले झाँक्रीलाई बोलाए, तर सुरक्षाकर्मीबाट छेकिएकाले उनी आउन पाइनन्। अनि नेपालले प्रतिक्रिया दिन थाले। 

नेपालले त्यतिबेला आफ्नो वरिपरि केही ‘सहयोद्धा’को आड खोजेको प्रतीत हुन्थ्यो। तर, उनलाई ‘किन अर्को पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाएको र किन विश्वासको मत दिएको?’ भन्ने यक्ष प्रश्न झेल्नुपर्ने अवस्थामा ल्याइपुर्‍याउने उनका सबैभन्दा बलिया सारथीमध्ये भीम रावल दिउँसै प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर मैदानबाट भागिसकेका थिए। उनीसँगै रहेका अरु १० सांसद पनि ‘एमाले एकताका खातिर’ भन्दै प्रतिनिधि सभामा मतदान हुनुअघि नै घरतिर निस्किए। 

एमालेका निम्ति नेपाल २३ फागुनदेखि नै ‘वनबासमा’ छन्। नेकपाकालमै एमालेको संस्थापनभन्दा पर पुगेका उनलाई २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाले वनबाट त फर्कायो तर, घर आउन दिएन। २८ फागुनपछि ओली पक्षले गरेका निर्णयले उनका लागि घर फर्कने बाटो बन्द गर्दै  लगे र यहाँसम्म पुर्‍याए। 

nimb
nimb
Ncell 2
Ncell 2

आफैंले पार्टीमा 'विद्रोह' गरेर पुनर्स्थापना गरेको प्रतिनिधि सभालाई जोगाउन देउवालाई विश्वासको मत दिनुपर्ने उनको धारणामा कहिल्यै विचलन थिएन। तर, उनलाई जुनसुकै हदसम्म साथ दिन तयार भएर अडिग हुन उक्साएका उनका सहकर्मीमध्ये धेरैले ३ साउनसम्म लगभग साथ छाडिसकेका थिए। विश्वासको मत दिने बिहान नेपालका विश्वासपात्र रहेका उपाध्यक्ष भीम रावलसमेत विश्वासको मत दिन नहुने कित्तामा पुगेका थिए। 

सुरुदेखि नै एकताको पक्षमा रहेका कार्यदलका अन्य सदस्यले विश्वासको मत नदिने संकेत उनले पहिल्यै पाइसकेका थिए। रावलसमेत उक्त मान्यतामा पुगेको संकेत पाएपछि नेपाल हच्किए। ३ साउन बिहान आफ्नै घरमा आइपुगेका विघटित कार्यदलका सदस्यले राखेका कुरा उनी सुनि मात्रै रहेका थिए। त्यहाँ उनकै पक्षका पाँच र ओली पक्षका चार गरी ९ जना विघटित कार्यदलका सदस्य एमालेको एकता जोगाउन विश्वासको मत दिन नहुने भन्दै नेपाललाई फकाइरहेका थिए। त्यसले नेपाललाई समस्यामा पारिरहेको थियो। आफ्नो पक्षमा दत्तचित्त भएर लागेकासमेत त्यसरी प्रस्तुत भइरहेकाले उनी निर्णय गर्न सकिरहेका थिएनन्। 

त्यही समयमा उनलाई एउटा फोन आयो। त्यो फोन रामकुमारी झाँक्रीको थियो। तर, आवाज उनको मात्रै थिएन। अरु केही सांसदको पनि थियो, र उनीहरु भनिरहेका थिए- तपाईं आफ्नो मान्यतामा विचलित नहुनुस्। कुनै पनि हालतमा विश्वासको मत हाल्न हामी ११ जना सांसद  तयार भएर बसेका छौं। अरु साथीहरु पनि जुटाउँदैछौं।

नेपालको यी भीममाथि त्यति विश्वास देखिन्थ्यो, जति महाभारतको युद्धमा युधिष्ठिर आफ्ना सवैभन्दा बलिष्ठ भाइ भीममाथि गर्थे। तर, यताका भीम उताका भीम जस्तो अन्तिमसम्म मैदानमा टिक्न सकेनन्।

कार्यदलका सदस्य नेपाललाई विश्वासको मत नदिनका लागि फकाउन पुगेको थाहा पाएपछि नेपालपक्षका ती सांसद एक ठाउँ भेला भएका थिए। त्यो फोनले नेपाललाई हौस्यायो र उनले फोनमा यतिमात्र भने, 'ल त्यै गर्नुहोस्।' यता जम्मा भएकाहरुले नेपालको लाइन पाए। उता नेपालले कार्यदलका सदस्यहरुको कुरा सुने र प्रतिक्रिया नदिइ फर्काए। 

मैदानबाट भागेका भीम

पार्टीका स्थापित मूल्यमान्यताविरुद्धका गतिविधि हुँदा होस् या एमसीसीविरुद्ध, नागरिकता विधेयक र अध्यादेश ल्याइँदा होस् या लिपुलेक, लिम्पियाधुरा र कालीपानीको प्रसंग, राष्ट्रियताका सवालमा समेत भीम रावलको स्वर सँधै उँचो सुनियो। यी सवालमा उनले आफूलाई प्रखर रुपमा प्रस्तुत गरे। निर्धक्क भएर बोले। एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका दुवै प्रतिनिधि सभा विघटनविरुद्ध उनी अग्रपंक्तिम उभिए। 

नेकपाकालमा पुष्पकमल दाहाल 'प्रचण्ड'- माधवकुमार नेपाल दुवैलाई र एमालेकालमा नेपाललाई रावलमाथि ठूलो भरोसा थियो। यही प्रतिनिधि सभा विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा दायर गरिएको रिटदेखि बहससम्ममा रावलको सक्रियता निकै थियो। रावलमाथि यति भरोसा थियो कि नेपालले एकता कार्यदल बनाउँदा उनलाई नै संयोजक बनाइदिए। उता ओलीले आफ्ना विश्वासपात्र सुवास नेम्वाङ संयोजक बनाएका थिए।

नेपालको यी भीममाथि त्यति विश्वास देखिन्थ्यो, जति महाभारतको युद्धमा युधिष्ठिर आफ्ना सबैभन्दा बलिष्ठ भाइ भीममाथि गर्थे। तर, यताका भीम उताका भीम जस्तो अन्तिमसम्म मैदानमा टिक्न सकेनन्। देउवाले विश्वासको मत लिने दिन दिउँसै यी भीमले सांसद पदबाट राजीनामा दिए। मैदानमा युद्ध सुरु हुनुअघि अस्त्र-शस्त्र बुझाएर हिँडेको लडाकुका रुपमा आफूलाई प्रस्तुत गरे। 

संसद जोगाउन कि प्रतिशोध साँध्न? 

२०७७ चैत १ गते नेपालपक्षका रावलसहित ११ जनाले संयुक्त वक्तव्य जारी गरेका थिए। जहाँ भनिएको थियो- 'ओलीका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्य पराजित गर्छौं।' ओलीमा कम्युनिष्ट पार्टीको सदस्यका सामान्य राजनीतिक आचरण, नैतिकता नरहेको तथा अहंकार, संकीर्ण स्वार्थमा रमाउने प्रवृत्ति रहेको ११ जनाकै बुझाइ थियो। 

त्यसले ४ र ५ चैतको सानेपा भेलामा पुर्‍याएको थियो। जहाँ भनिएको थियो, 'हामी अब एउटा डुंगामा मात्रै होइन, एउटै यात्रामा सहभागी छौं। जुनसुकै प्रकारका आँधीबेरी एक भएर सामना गर्नेछौं।' त्यसपछि चलेका संघर्षमा नेपाल पक्षमै रहेका रावल आइतबारदेखि फरक कित्तामा उभिएका छन्। 

त्यसको कारण उनले भनेका छन्, 'उच्च राजनीतिक नेतृत्वमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति र स्वेच्छाचारी व्यवहार।' यसअघिका सबै भाषण, अन्तर्वार्ता र वक्तव्यमा वर्तमान परिस्थितिका कारक ओली ठहर्‍याउने गरेका उनले ३ साउनदेखि 'उच्च राजनितिक नेतृत्व' भन्दै नेपाललाई पनि मुछेका छन्। आइतबार बिहान उनीलगायत विघटित एमाले एकता कार्यदल नेपाललाई विश्वासको मत नदिने गरी मनाउन उनको निवास कोटेश्वर पुगेको थियो। तर, नेपालले मानेनन्। 

अहिलेसम्म हेरिएका रावल हक्की स्वाभवका हुन्। सम्झौता गर्ने वा भाग्ने स्वभाव उनको होइन। तर, यी फेरिएका रावल को हुन्? किन फेरिए? एमालेभित्रै यसबारे प्रश्न उठिरहेका छन्, अनि बाहिर पनि।

ओलीले एकता कार्यदल ब्युँताइदिएपछि आफूले नै एमालेलाई मिलाउन सक्ने आकांक्षा बोकेर हिँडेका रावलको अहंमा नेपालको स्वीकारोक्ति नमिल्दा ठेस पुर्‍याएको हुनसक्छ। वा नेपाललाई यत्रो समय साथ दिइरहँदा एकपल्ट आफूले भनेको नमानेको आवेग हुनसक्छ। सम्भवतः उनी संसद र पार्टीबाटै राजीनामा दिने तहमा रिसाए।

नेपालले कार्यदलको प्रस्ताव नमान्नुको राजनीतिक मात्रै होइन, नैतिक कारण उनीसँग थियो। त्यसैले २७ असारमा १० बुँदे सहमति हुँदै गर्दा उनी भनिरहेका थिए, 'अदालतको फैसलालाई प्रभावित पार्नुहुँदैन।' उनी दृढ थिए- संसद् जोगाउन चालिएको कदमपछि मात्रै रोकिने। त्यसैले नेपाल आफ्नो मान्यतामा अडिग हुनु स्वभाविक थियो। 

रावलले राजीनामा दिनुको न वस्तुगत कारण दिन सकेका छन्, न सन्दर्भले पुष्टि गर्छ। बरु वर्तमान अवस्थामा प्रश्न नेपाली राजनीतिका भीममाथि नै सोझिएको छ, 'यो संसद जोगाउने 'धर्मयुद्ध' थियो कि एमालेमा स-सम्मान फर्किन नपाएकोमा प्रतिशोध?' नेपालले आइतबार आएर खुट्टा कमाएको भए उनीमाथि पनि सोझिने प्रश्न थियो यो। 

रावललाई पक्कै सम्झना हुनुपर्छ, उनले गत २३ फागुनमा संसदमा उभिएर तत्कालीन प्रधानमन्त्री ओलीमाथि प्रश्न गरेका थिए, 'वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो?' सभामुखले तीन मिनेटको समय दिँदा पनि उनले समयको बन्देजबाट महत्वपूर्ण प्रश्न नरोक्न आग्रह गरेका थिए। रावलमाथि धेरैको अहिले पनि अपेक्षा त्यही थियो- संसदमै उभिएर उनले बताऊन् कि नेपाली राजनीतिमा भइरहेको धोकाधडीबारे। शोभनीय पनि त्यही हुन्थ्यो र सान्दर्भिक पनि। 

हेरिएका रावल, फेरिएका रावल

अहिलेसम्म हेरिएका रावल हक्की स्वाभवका हुन्। सम्झौता गर्ने वा भाग्ने स्वभाव उनको होइन। तर, यी फेरिएका रावल को हुन्? किन फेरिए? एमालेभित्रै यसबारे प्रश्न उठिरहेका छन्, अनि बाहिर पनि।

उनी बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेपछि वा होटेल मेरियट पुगेर भारतीय गुप्तचर संस्था 'रअ'का प्रतिनिधिलाई भेटेपछि फेरिएको आरोपको उनी आफैंले ३० असारमा विज्ञप्तमार्फत् खण्डन गरिसकेका छन् र प्रमाणित गर्न चुनौती दिएका छन्। ओलीले कार्यवाहक अध्यक्षको लोभ देखाएकाले उनी नरम भएको खबरलाई पनि उनले कपोलकल्पितको संज्ञा दिएका छन्। 

नेकपा एमालेलाई विभाजनबाट रोक्न आफूले प्रयास गर्दा आफू विरुद्ध षड्यन्त्र भइरहेको उनको भनाइ थियो। आफूलाई आरोप र धम्कीयुक्त फोन आएको उनले बताएका थिए।

पार्टी एकताको कोणबाट रावलले गर्न खोजेको प्रयासलाई मान्ने हो भने त्यसको औचित्य ३१ असारको बैठकबाटै सकिएको थियो। किनभने त्यो दिन उनीलगायतले एकताका लागि भन्दै ओली पक्षले बोलाएको स्थायी कमिटी बैठक रोक्न प्रयास गर्दा उल्टै ओलीबाटै नजरअन्दाज बेहोर्नुपरेको थियो। ओलीले उनीहरुको अनुरोध सुनेको नसुन्यै गरिदिएका थिए। नेपालपक्षका अरु पाँच स्थायी कमिटी सदस्य बोकेर च्यासल पुगेका उनले बैठक रोक्न भने पनि ओलीले उनको आग्रह मानेनन्। त्यसको केही दिनअघि बालुवाटार पुगेर पनि उनले यस्तै प्रयास गरेका थिए। 

२७ असारको १० बुँदे सहमतिमा २०७५ जेठ २ गते फर्किने सहमति छ र त्यसपछि भएका स्थायी कमिटीमा नेपाल र उनी पक्षका नेताहरु हुन जरुरी थियो। अहिले केन्द्रीय कमिटी बैठक चलिरहेको छ, समयका हिसाबले त्यो जेठ २ मा फर्किएको छ। किनभने यसलाई १० औं केन्द्रीय कमिटी बैठक भनिएको छ। तर, मान्यताका हिसाबले बालुवाटारमा भएको बैठककै निरन्तरता देखिन्छ। किनभने त्यहाँ नेपाल पक्ष छैन, नेकपा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा 'बादल'को समूह छ।

रावल मैदानबाट भागिसके। तर, आफूलाई राष्ट्रवादको बर्कोमा ढाक्न उनले लड्नुपर्ने मुद्दा अब मैदान प्रवेश गर्दैछन्। उनले 'राष्ट्रघाती' भनेको एमसीसी संसदमा प्रवेश हुने नै छ।

ओली पक्ष आफ्नो मान्यताबाट पछि नहट्ने अवस्थामा हुने सहमतिलाई एकता भनिएला त? एमालेका नेपाल पक्षकै एक नेताकै टिप्पणी छ, ‘रावल कमरेडले पनि बुझेको हुनुपर्छ, आफ्ना मान्यता त्यागेर मिसिनु एकताभन्दा पनि आत्मसमर्पण हो। प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भन्ने नेपाल पक्षको मान्यतालाई कायम राखेर त्यसपछि सामूहिक निर्णयलाई आत्मसात गर्ने कुरा मात्र वास्तविक एकता हुन्छ।’ 

एकता भनेको दूधकोशी र सुनकोशी मिलेर कोशी बन्ने प्रक्रिया हो। अझ अरु पाँच कोशी पनि मिसिएर भनिने सप्तकोशी हो। मुख्य पहिचान कोशी त्यहाँ कायम रहन्छ। तर, रावलले खोजेको एकता बागमतीमा कर्मनासको मिसावट जस्तै भएको टिप्पणी एमालेवृत्तमै छ। बागमतीसँग मिसिन दक्षिणबाट कर्मनास उत्तर त आयो, तर मिसिएपछि अस्तित्व हरायो। 

नेपाललाई परेको संकट यही हो- सबथोक छाडेर जेठ २ मा फर्किने कि मान्यतासहित? स्वीकारे पनि नस्वीकारे पनि एमाले अब २०७५ जेठ २ मा पुग्न सक्दैन।

मुख्य प्रश्न- त्यो तापको एमाले यो सन्ताप बोकेर कसरी पुग्छ? 

सहायक प्रश्न- विश्वासका धरोहर बनेर सत्तामा पुगेका अध्यक्ष ओली अविश्वासको 'धरहरा' बोकेर फर्केपछि कसरी संरचना जेठ २ मै पुग्छ?

गम्भीर प्रश्न- संरचनाका हिसाबले त्यहीँ फर्केर के हुन्छ, मान्यता र प्राथमिकता नै फेरिएपछि? 

रावल मैदानबाट भागिसके। तर, आफूलाई राष्ट्रवादको बर्कोमा ढाक्न उनले लड्नुपर्ने मुद्दा अब मैदान प्रवेश गर्दैछन्। उनले 'राष्ट्रघाती' भनेको एमसीसी संसदमा प्रवेश हुने नै छ। उनले खूब उठाएको चुच्चे नक्साअनुसारको भू-भाग फिर्ता ल्याउन पहल गर्नुपर्ने कुरा राख्ने समय आएको छ र उनले शंका गर्ने नागरिकता विधेयकमाथि संसदमा वृहत्तर छलफल हुनै बाँकी छ। अछामी जनतासँग त उनले माफी मागे। तर, उनलाई भरोसा गर्नेहरु, भीम बनाउनेहरु र भीमजस्तै ठान्नेहरु के गर्लान्? अरुलाई 'युधिष्ठर' बनाउने तहमा पुर्‍याएर आफू मैदानबाट भाग्ने 'भीम' नेपालको राजनीतिक इतिहासमा कहाँनेर दर्ज होलान्? 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्