Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कान्छी सभापतिको कांग्रेस कल्पना : समाजवाद र लोकतन्त्र मान्ने त्यागी नेतृत्व

64x64
नेपाल लाइभ आइतबार, भदौ २०, २०७८  १६:०१
1140x725

काठमाडौं- युवा पुस्तालाई राजनीतिक नेतृत्वमा  नल्याइएको/आउन नसकेको भनेर लामै समयदेखि चर्चा र आलोचना भइरहेको छ। अहिले मूलधारमा रहेका हरेक पार्टीको नेतृत्वमा पनि पाका उमेरका नेताहरु छन्। विश्व राजनीतिमा युवाहरूको उपस्थिति जबर्जस्त बढिरहेका बेला नेपालका राजनीतिक दलहरु पुरातन भए र वर्षौंसम्म एउटै व्यक्ति नेतृत्वमा रहिरहे भनेर आलोचना हुँदै आएको छ। नेपालका राजनीतिक दलले कहिले युवा नेतृत्व पाउँछन् यसै भन्न सकिने अवस्था छैन। 

तर, विस्तारै युवाहरू नेतृत्वमा आउन थालेका छन्। अहिले प्रमुख पार्टीहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको संघारमा रहेका छन्। सत्ताधारी नेपाली कांग्रेसको महाधिवेशन सुरु नै भइसकेको छ। हाल कांग्रेसको वडा अधिवेशन चलिरहेको छ। भदौ २६ भित्र सबै वडाको अधिवेशन सकिनेछ।

कांग्रेसको महाधिवेशन सुरु भएसँगै युवाहरुलाई प्रेरणा दिने एक प्रतिनिधि कर्णालीबाट उदाएकी छन्। राजनीति र विकासमा पछाडि रहेको भनिएको कर्णाली प्रदेशको दैलेखबाट एक १९ वर्षीया युवती कांग्रेसको दुल्लु नगरपालिकाको वडा नम्बर ३ मा भएको अधिवेशनमा वडा सभापति निर्वाचित भएकी छन्। शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत निर्वारोध निर्वाचित हुँदै कान्छी सभापति बनिन्। 

वडामा १९ वर्षेदेखि ७० वर्षेसम्मका आकांक्षी थिए। तर, उनले म नेतृत्व गर्छु भनेर अघि सरेपछि उनलाई सर्वसम्मत निर्वाचित गरिएको थियो। ‘मैले पार्टीको नेतृत्व गर्छु भन्दा  सबैले  सहयोग गर्नुभयो। मलाई सर्वसम्वत रुपमा जिताउनु भयो’, महतले भनिन्। पृष्ठभूमि कांग्रेस भएरमात्र आफू नआएको भन्दै उनले अब नेतृत्वमा लागि चुनौती र चिन्ता दुवै रहेको बताइन्। 

यो पनि पढ्नुहोस्

१९ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति, म नेतृत्व गर्छु भनेपछि अन्य आकांक्षीको पनि सहयोगशनिबार, भदौ १९, २०७८

‘मलाई खुशी र पनि लागेको छ साथै चिन्ता पनि लागेको छ’ उनले भनिन् ‘मलाई खुशी किन लागेको छ भने वडाको सभापतिको जिम्मेवारीका लागि सबैले विश्वास गरेर दिनु भयो। चिन्ता चाहिँ के कुरामा लागेको छ भने त्यो पूरा गर्न नसक्ने हुँ कि! तर, पनि मेरो आँट जोगाएर अघि बढ्ने छु। म अरुको दबाबले राजनीतिमा आएको हैन। मेरो बाबाको सपना पूरा गर्नु पर्छ भनेर लागेको हुँ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले आफ्ना बाबु बितेपछि नेपाली कांग्रेसमा सक्रिय भएर राजनीति गर्ने हिम्मत जुटाएको उल्लेख गरिन्। अब यसमा पूर्ण रुपमा लाग्ने उनको भनाइ छ। 

‘कांग्रेसले समाजवाद, लोकतन्त्रवाद र सबैले स्वीकार गर्ने भएकाले मैले यो पार्टी रोजेको हुँ’, उनले भनिन्, ‘मैले कल्पना गरेको र देखेको कांग्रेस भनेको मिहिनेती, अनुशासित  र नि:स्वार्थीका साथै त्यागी नेतृत्व हुनुपर्छ।’ 

नेतृत्व सबैले स्वीकार गर्ने हुनुपर्ने र उसले पनि त्यही अुनसार व्यवहार गर्नुपर्ने महतको बुझाइ छ। आफू क्रियाशील सदस्यबाट पार्टीको सभापति भएको भन्दै उनले समयले कहाँ पुर्‍याउँछ त्यही अनुसार राजनीतिमा सक्रिय हुने प्रतिवद्धता व्यक्त गरिन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘संकटकालमा अझ भनौ द्वन्द्वमा १६ वर्षका महिलाले बन्दुक बोकेर  हिँडे भने म १९ वर्षको मानिसले किन नसक्ने भन्ने सोचेर हिम्मत आएको छ’ महत भन्छनिन् ‘महिला भनेपछि गर्न नसक्ने होइन। विद्यादेवी भण्डारी राष्ट्रपति, ओन्सरी घर्ती सभामुख बन्नु भयो। मैले पनि गर्न सक्छु।’

महत ‘एचए’को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्। 

‘सबै अट्ने देश सबैलाई जोड्ने’ कांग्रेसको नीति अन्तर्गत उनलाई सभापति बनाइएको दुल्लु नगरपालिकामा कांग्रेसबाट मेयरमा विजयी भएका घनश्याम भण्डारीले नेपाल लाइभलाई बताए।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनएफएलमा १० वटै टोलीको टुंगो लाग्यो: धरान, वीरगञ्ज र सुर्खेतले खेल्ने
कांग्रेस एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा होमिनुपर्छ : प्रदीप पौडेल
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
एनएफएलमा १० वटै टोलीको टुंगो लाग्यो: धरान, वीरगञ्ज र सुर्खेतले खेल्ने शनिबार, मंसिर १२, २०८३
कांग्रेस एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा होमिनुपर्छ : प्रदीप पौडेल शनिबार, मंसिर १२, २०८३
मोहन बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा शनिबार, मंसिर १२, २०८३
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध शनिबार, मंसिर १२, २०८३
डा. शर्माद्वारा डोल्पाबाट एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्