काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा तोकिएको रिटको सुनुवाइ हेर्न नभ्याइने हुँदै सरेको हो।
नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नुपर्ने माग रिटमा गरिएको थियो।
नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। जसअन्तर्गत शुक्रबार (भदौ १८गते) देखि वडा तहको अधिवेशन सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।