काठमाडौं- नेपाली कांग्रेस दाङको वडा तहको अधिवेशन आज भइरहेको छ। क्रियाशील सदस्यताको सूची प्रकाशित भएपनि दाङको वडा अधिवेशन शुक्रबार हुन सकेको थिएन।
५६ जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित भएपनि ४१ जिल्लामा शुक्रबार वडा अविधवेशन भएको निर्वाचन समितिले जनाएको छ।
अन्य जिल्लाको अधिवेशन क्रमशः हुँदै जाने समिति सदस्य तेज रावलले जानकारी दिए। २१ जिल्लाको क्रियाशील सदस्यको सूची प्रकाशित हुन बाँकी छ। थप ३ जिल्लाका क्रियाशील सदस्यतको नाम आज सार्वजनिक हुने बताइएको छ।
भदौ २६ भित्र सबै वडाको अधिवेशन सक्नुपर्ने बाध्यतामा कांग्रेस छ। भदौ २७ मा गाउँ/नगरपालिका तहको अधिवेशनको मिति तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।