काठमाडौं- एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुले अनलाइन बजार दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउनेगरी सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ। यसको लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्ने र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम, नौ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।