• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभाले कहिले पाउँछ उपसभामुख?

64x64
बीपी अनमोल शुक्रबार, भदौ १८, २०७८  २०:५९
1140x725

काठमाडौं- नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ। सो धाराको उपधारा ३ मा सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने भनिएको छ।

तर, प्रतिनिधि सभाको उपसभामुख रिक्त भएको १९ महिना बिते पनि अहिलेसम्म चयन हुन सकेको छैन। २०७६ माघ ६ गते उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएयता प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ।

दलहरूले लामो समयसम्म पनि उपसभामुख चयन गर्न सकेका छैनन्। यसबीचमा दुई/दुई पटक प्रतिनिधि सभा विघटन नै गरियो। जेठ ७ गते मध्यरात दोस्रो पटक विघटन भएको प्रतिनिधि सभा सर्वोच्च अदालतको फैसलाबाट असार २८ मा पुनःस्थापना भएको थियो। यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।

नेकपाकै समयमा पनि उपसभामुख चयनका लागि छलफल भए पनि दलहरुबीच सहमति जुटन सकेको थिएन। तत्कालीन सरकारको नेतृत्व गरेको नेकपाले उपसभामुख प्रतिपक्षी दललाई दिन नचाहेकै कारण लामोसमय रिक्त रहन पुग्यो। 

उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गर्नुपर्नेछ। साथै, प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

अहिले पाँचदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन्। दोस्रो पटक संसद् पुनःस्थापना भएको दुई महिना पुग्नै लाग्दा पनि दलहरुले उपसभामुख चयनतर्फ चासो दिएका छैनन्। गठबन्धनका दलहरुले अहिलेसम्म मन्त्रिपरिषद्लाई नै पूर्णता दिन सकेका छैनन्।

उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गर्नुपर्नेछ। साथै, प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ।

सापकोटा नेकपा (माओवादी केन्द्र)को तर्फबाट सभामुख बनेकाले उपसभामुखमा दाबी गर्न पाउने देखिँदैन। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबाट नै उपसभामुख बन्ने देखिन्छ। तर, दलहरूले यसमा अझै सहमति जुटाइसकेका छैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा माओवादी केन्द्रकी नेतृ, पूर्वसभामुख ओनसरी घर्ती माओवादी केन्द्रबाट सभामुख भइसकेकाले उपसभामुखमा कानुनत: नै दाबी नरहने बताउँछिन्। ‘संविधानले व्यवस्था गरेको विषयमा सबै पदाधिकारी पदपूर्ति गर्नुपर्ने हो। त्यो काम नगर्दा व्यवहारमा पनि सभामुखलाई असहज भएको छ,’ उनले भनिन्, ‘अब चाहिँ संसद् सुरु भयो भने चाँडो यो प्रक्रियामा लैजानुपर्छ। अब ढिलाइ गर्नुहुँदैन। संविधानले व्यवस्था गरेको पद लामो समयसम्म रिक्त रहनु राम्रो हुँदैन।’

सर्वोच्च अदालतले २०७७ असार १४ गते उपसभामुख नियुक्त हुन किन नसकेको भन्दै सरकारका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको थियो। संवैधानिक परिषद्‍मा शक्ति सन्तुलन मिलाएर अघि बढ्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच छलफल चलिरहेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मा दलहरुबीच सहमति र समीकरणबाट कसको भागमा पार्ने भन्ने टुंगो लागेपछि उपसभामुख चयन हुने बताउँछन्।

‘उपसभामुखको निर्वाचन गर्दा बहुमत हुनुपर्‍यो। एउटा मन्त्री बराबर उपसभामुख बाँड्ने भन्ने कुरा भएको छ,’ उनले भने, ‘संवैधानिक परिषद्‍मा कांग्रेसबाट प्रधानमन्त्री, माओवादीबाट सभामुख र एमालेबाट राष्ट्रिय सभाको अध्यक्ष हुनुहन्छ। अब एकीकृत समाजवादी वा जसपालाई दियो भने संवैधानिक परिषद्‍मा पनि सबै दलको सहभागिता हुन्छ भन्ने हो।’

छ सदस्यीय परिषद्‍मा प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष रहने व्यवस्था छ। संविधानमा रहेको समावेशीको सिद्धान्तलाई कायम राख्न पनि संसद्‍मा उपसभामुख चयन गर्नुपर्छ। शक्ति सन्तुलनका लागि पनि उपसभामुख पद रिक्त राख्न नमिल्ने कानुनका जानकार बताउँछन्।

'संवैधानिक परिषद्‍मा कोरम नपुग्दा अघिल्लो पटक समस्या नै आयो। त्यतिमात्रै होइन, समावेशीको सिद्धान्तलाई पनि हेर्नुपर्छ,’ अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, ‘दलहरुले ढिलाइ गर्दा समावेशीताका मान्यता र परिषद्‍मा कोरम नपुग्दा पनि समस्या आउँछ।’

लामो समयदेखि उपसभामुख रिक्त हुँदा समस्या भएपछि सभामुखले पनि दलहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदै आएका छन्।

उनले विगतमा अध्यादेश ल्याउनुपर्ने अवस्था आएको भन्दै एक मिनेट पनि उपसभामुख चयनमा ढिलाइ गर्न नहुने बताए। संविधानका प्रावधानको पालना नगर्ने कुरा क्षम्य नहुने उनको भनाइ छ।

नवगठित नेकपा (एकीकृत समाजवादी)ले उपसभामुख आफूले पाउनुपर्ने दाबी गरेको छ। नेताहरूका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपसभामुख नेकपा एकीकृत समाजवादीलाई दिन सहमत भइसकेका छन्। तर, औपचारिक सहमति भने सार्वजनिक भइसकेको छैन। 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद जीवनराम श्रेष्ठ स्वाभाविक रुपमा उपसभामुखका लागि आफ्नो पार्टीको दाबी रहने बताउँछन्। ‘गठबन्धनका दलहरुबीचमा सहमति गरेर संसद्ले केही समयभित्र नै उपसभामुख छिट्टै पाउँछ,’ उनले भने। 

लामो समयदेखि उपसभामुख रिक्त हुँदा समस्या भएपछि सभामुखले पनि दलहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदै आएका छन्। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सभामुखले उपसभामुखको निर्वाचनका लागि छलफल र संवाद गरेका थिए। तर, प्रक्रिया अघि बढ्न सकेन। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाने सभामुखले यस विषयमा दलहरुलाई नियमित ध्यानाकर्षण गराउँदै आएको बताउँछन्। ‘सम्भवत: अब बस्ने संसद्को नवौं अधिवेशनमा उपसभामुखको निर्वाचन हुने सम्भावना देखिन्छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

एकीकृत समाजवादीका लागि उपसभामुख पद 'छाड्ने' कांग्रेसको संकेतशुक्रबार, भदौ १८, २०७८

 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यस... बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार परिषद्को बैठक बस्न... बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि अध्यक्ष ओलीले फिर्ता गरेका हुन् । बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
ट्राफिक कारबाहीबाट एकै दिन २६ लाख ६० हजार राजस्व संकलन बिहीबार, वैशाख २४, २०८३
पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीको पीएको हत्या बिहीबार, वैशाख २४, २०८३
दुई संसदीय समितिको बैठक बस्दै बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्