काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूची प्रकाशित भएर पनि शुक्रबार १० जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन।
सूची प्रकाशित भएका जिल्लामा आज (शुक्रबार) वडा अधिवेशन हुने कार्यतालिका थियो। हालसम्म ५६ जिल्लाका क्रियाशील सदस्यताको सूची प्रकाशित भएको छ। २१ जिल्लाको नामावली प्रकाशित हुन सकेको छैन।
तीन चरण गरी प्रकाशित भएका ५६ जिल्ला मध्ये आज १० जिल्लामा अधिवेशन हुन सकेको छैन। ललितपुर, नुवाकोट, धादिङ, चितवन, बागलुङ, नवलपुर (नवलपरासी पूर्व),अर्घाखाँची, पाल्पा, रोल्पा र प्युठानमा वडा तहको अधिवेशन आज सुरु हुन नसकेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए।
आज भइरहेका वडा अधिवेशन भएका जिल्लामा कतिपय वडामा अधिवेशन हुन नसकेको निर्वाचन समितिले जनाएको छ। कुन कुन वडामा अधिवेशन रोकिएको छ भनेर यकिन जानकारी नआएको रावलले जानकारी दिए। रोकिएका वडामा निर्वाचन अधिकृत र जिल्ला कार्यसमितिको सल्लाहमा भदौ २६ अघि गरिने बताइएको छ।
यी हुन् आज वडा अधिवेशन भइरहेका जिल्लाहरु :
ताप्लेजुङ
पाँचथर
इलाम
संखुवासभा
तेह्रथुम
खोटाङ
सोलुखुम्बु
ओखलढुंगा
उदयपुर
झापा
दोलखा
रामेछाप
सिन्धुली
भक्तपुर
गोरखा
लम्जुङ
तनहुँ
कास्की
मनाङ
मुस्ताङ
पर्वत
स्याङ्जा
म्याग्दी
नवलपरासी(वर्दघाट सुस्ता पश्चिम)
रुपन्देही
रुकुम (पूर्वी भाग)
रुकुम (पश्चिम भाग)
जुम्ला
मुगु
हुम्ला
बझाङ
डोटी
दार्चुला
बैतडी
कञ्चनपुर
धनकुटा
भोजपुर
गुल्मी
दाङ
सल्यान
कालिकोट
जाजरकोट
दैलेख
अछाम
अर्घाखाँची
सुनसरी
मकवानपुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।