काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सांसद महेश बस्नेतलाई फेरि भक्तपुरमा निर्वाचन जित्न चुनौती दिएका छन्।
वडा अधिवेशन उदघाटन गर्न सूर्यविनायक पुगेका देउवाले एमाले नेता बस्नेतलाई भक्तपुरका कांग्रेस नेता दुर्लभ थापालाई हराउन चुनौती दिए। देउवाको भनाइ उद्धृत गर्दै भक्तपुर कांग्रेस सभापति थापाले भने,‘दुर्लभ थापालाई चुनाव जितेर देखाउनुस्।’ उनी सभापति देउवानिकट हुन्।
स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशन गर्न देउवाले कार्यकर्तालाई सुझाएका थिए। देउवाले सम्भव भएसम्म सर्वसम्मत प्रतिनिधि चयन गर्न स्थानीय कार्यसमितिलाई अनुरोध गरेका थिए।
२२ वडामा हालसम्म सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अन्यमा पनि सर्वसम्मत गर्ने प्रयास छ।
कांग्रेसको वडा अधिवेशन आजबाट सुरु भएको छ। क्रियाशील सदस्यताको सूची प्रकाशित भएका ५६ मध्ये धेरै जिल्लाको अधिवेशन आज भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।