• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अर्थमन्त्री जनार्दन : गृहमन्त्री हुँदा प्रहरीलाई ‘न्याय गर्ने’ खाका कोरे, अहिले फाइल नै रोकिदिए

64x64
नारायण अधिकारी बिहीबार, भदौ १७, २०७८  २०:३५
1140x725

काठमाडौं– प्रहरी सेवामा भर्ना भएका कर्मचारी लामो समयसम्म एउटै पदमा बस्नुपर्ने बाध्यता हटाउने भन्दै गृहमन्त्री भएका बेला जनार्दन शर्माले यसबारे गृहकार्य गरेका थिए। २०७४ असार १३ गते तत्कालीन गृहमन्त्री शर्माले गृहप्रशासन सुधार मार्गचित्र २०७४, नै सार्वजनिक गरे। 

त्यो मार्गचित्रको बुँदा नम्बर १६ मा उल्लेख थियो, ‘लामो समयसम्म एउटै दर्जामा रही कार्य गर्दा प्रहरी कर्मचारीमा नैराश्यता उत्पन्न भई कार्यसम्पादनमा असर पुग्ने गरेको देखिएकाले पदसोपानलाई पुनर्मूल्यांकन गरी समस्याको समाधान गर्न प्रहरी जवान र प्रहरी हवल्दारको बीचमा (सहायक हवल्दार), प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को बिचमा (प्रहरी वरिष्ठ नायब निरीक्षक) पद सृजना गर्नेतर्फ कानुनी व्यवस्था गरिनेछ।’

सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ सईको पद सिर्जना गर्ने, हवल्दार र जवानको बिचमा सहायक हवल्दारको पद सिर्जना गर्ने र लामो समयसम्म एउटै पदमा बस्नुपर्ने व्यवस्था हटाउने भनेर ४ वर्षअघि नै शर्माले एउटा खाका कोरेका थिए। तर, आफ्नो कार्यकालमा त्यसलाई उनले कार्यान्वयन गर्न सकेनन्। 

अनौठो त के भने चार वर्षपछि शर्मा आफैले कोरेको त्यही खाका अहिले उनकै टेबलमा आएर अड्किएको छ। अहिले शर्मा अर्थमन्त्री छन्। प्रहरी प्रधान कार्यालयले तत्कालीन गृहमन्त्री शर्माले कोरेको खाकालाई परिष्कृत गर्दै वरिष्ठ सई, सहायक हवल्दार र वरिष्ठ हवल्दारसहितका पद थप गर्नुपर्ने भन्दै रायसहितको प्रतिवेदन गृहमन्त्रालयमा पेस गरेको थियो। उक्त खाकामा गृहले पनि सहमति जनाउँदै अर्थ मन्त्रालयमा पठाएको छ। तर, चार वर्ष पहिले आफैंले कोरेको खाका अहिले उनै (अर्थमन्त्री जनार्दन शर्मा)को टेबलमा आएर रोकिएको छ। आफैंले कोरेको खाका एक महिनासम्म आफ्नै टेबलमा रोकिँदा पनि शर्माले त्यो फाइल अगाडि बढाएका छैनन्। 

प्रहरीमा नयाँ पद सिर्जनाका लागि गृहसँगै अर्थ मन्त्रालय, लोकसेवा आयोगसमेतको स्वीकृति हुनुपर्छ। त्यसपछि मन्त्रिपरिषद्ले प्रहरी नियमावली पारित गरेपछि बल्ल त्यो लागू हुन्छ। तर, अर्थमन्त्री शर्मा पहिले आफैंले कोरेको खाका अघि बढाउन अनिच्छुक देखिँदा प्रहरीमा अबरुद्ध बनेको सईलगायतको बढुवाको गाँठो फुकाउने प्रक्रिया अवरुद्ध बनेको छ। स्रोतका अनुसार अर्थमन्त्री शर्माले यसबारे सोध्दा ‘फाइल अध्ययनकै क्रममा रहेको’ बताउने गरेका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार प्रहरीमा नयाँ पद सिर्जना गर्दा आर्थिक व्यवभार बढ्ने र नयाँ पद थप्नुको औचित्य पुष्टि हुन्छ या हुँदैन भनेर अर्थमन्त्रीले फाइल ‘अध्ययन गरिरहेका’ छन्। 

प्रहरीमा नयाँ पद सिर्जना आवश्यक भएकोबारे भलिभाँती जानकार अर्थमन्त्री शर्माको यो रवैयाबाट प्रहरी र गृहमन्त्रालयका अधिकारीहरु अचम्मित छन्। उनीहरुका भनाइमा क्रेडिट कसले पाउँछ भन्ने आधारमा यस्ता निर्णयहरुमा ढिलासुस्ती मात्र हुँदैन, फाइल फिर्ता गरिदिनेसम्मका अभ्यास हुने गरेका छन्। ‘पहिले गृहमन्त्री हुँदा आफैं खाका त बनाए तर, कार्यान्वयन गर्न सकेनन्। अहिले गृहमन्त्री अर्को व्यक्ति रहेकाल यसको क्रेडिट वर्तमान गृहमन्त्रीले पाउने भए। यस्तो अवस्थामा पनि निर्णयहरुमा ढिलासुस्तीदेखि फाइल फिर्तासम्मका घटना हुन्छन्’, एक पूर्वगृहसचिवले नेपाल लाइभसँग भने।

यस्तो हुनेछ नयाँ पदको दर्ज्यानी र कमाण्ड सिस्टम 
गृह मन्त्रालयबाट अर्थमा पुगेको प्रस्ताव पारित भए प्रहरीमा कार्यालय सहयोगीबाहेक नयाँ तीन पद सिर्जना हुन्छन्। जसमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र बरिष्ठ सई नयाँ पद हुनेछन्। प्रहरी जवानबाट हवल्दार बन्न १४ वर्षसम्म लाग्ने अवस्थालाई हटाउने भन्दै बीचमा सहायक हवल्दार राख्ने खाका प्रहरी प्रधान कार्यालयले तयार पारेको हो। 

सहायक हवल्दारलाई एक धर्का अंकित चिह्न भएको बिल्ला हुने प्रस्तावमा उल्लेख छ। हवल्दारको हकमा अहिले हाल कायम तीन धर्का अंकित चिह्न नै हुनेछ। वरिष्ठ हवल्दारले हवल्दार मेजरको रुपमा कमाण्ड गर्ने उल्लेख गरिएको छ। वरिष्ठ हवल्दारको दर्ज्यानी चिन्ह तीन धर्के फित्तामा एउटा ठाडो धर्का हुने प्रस्ताव गरिएको छ। वरिष्ठ हवल्दारको कमाण्डमा ९ जना, हवल्दारको कमाण्डमा ७ जना र सहायक हवल्दारको कमाण्डमा ४ जना रहने उल्लेख छ।

Ncell 2
Ncell 2

अहिले सईबाट इन्स्पेक्टर बन्न १७ वर्षसम्म लाग्छ। १७ वर्षसम्म एउटै पदमा रहँदा नैराश्यता छाउने, त्यसको असर कामको नतिजामै पर्ने, वृत्तिविकास डामाडोल हुने अवस्था आएको भन्दै सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ सई रहने खाका बनाइएको हो। सँगै अब ती पदहरुमा ८ वर्षभित्र बढुवा गरिसक्ने प्रस्ताव समेत गरिएको छ। 

अहिलेको प्रस्ताव अनुसार अब प्रहरी जवानमा भर्ना भएकाहरु ६ देखि ७ वर्षमा सहायक हवलदार, अर्को ६ देखि ७ वर्षमा हवल्दारमा बढुवा हुनेछन्। त्यसपछि करिब ४ वर्षमै वरिष्ठ हवल्दार बन्ने खाका बनाइएको छ। त्यसपछि उनीहरु असईमा बढुवा हुन्छन्। असईमा भर्ना भएकाहरु भने ७ वर्षभित्र सई, सई भएको अर्को ८ वर्षभित्र वरिष्ठ सई हुनेगरी खाका बनाइएको छ। वरिष्ठ सई भएको अर्को ८ वर्षभित्र इन्स्पेक्टर बनाउने प्रस्तावमा उल्लेख छ।

वरिष्ठ सईको दर्ज्यानी चिन्ह तीन वटा तारा रहने प्रस्ताव गरिएको छ। सईले ५० जनासम्मको कमाण्ड गर्नेछन् भने असईले २५ जनाको कमाण्ड सम्हाल्नेछन्। वरिष्ठ सईले इलाका प्रहरी कार्यालय, शहरी क्षेत्रको प्रहरी चौकी, भीआईपी सुरक्षा, प्रहरी कार्यालयमा लेखापाल आदीको जिम्मेवारी सम्हाल्ने छन्। वरिष्ठ सईको दरबन्दी हाल कार्यरत सईको एक चौथाइ रहने प्रस्ताव गरिएको प्रहरी प्रवक्ता, एसएसपी वसन्त कुँवरले बताए। नेपाल प्रहरीमा अहिले ४ हजार २९६ सईको दरबन्दी छ। तर, वरिष्ठ सईको हैसियत भने सइजस्तै अर्थात् राजपत्र अनंकित प्रथम श्रेणीसरह रहनेछ। 

त्यसैगरी, फलोअर्सदेखि प्रहरी नायब उपरीक्षक (डीएसपी)सम्म एउटै पदमा ५ वर्षसेवा गरिसकेपछि अवकाश लिने अवस्था आएमा एक तह पदोन्नति गरेर दर्ज्यानी चिह्नसमेत लगाएर बिदा गर्ने प्रस्ताव पनि गरिएको छ। 

श्रेणीबिहिनलाई न्याय दिलाउने प्रयास
प्रहरीमा श्रेणीविहीन पदमा भर्ना भएकाहरु अवकाश पाउने बेलासम्म पनि श्रेणीविहीन नै रहनुपर्ने अवस्था छ। श्रेणीविहीन पदमा भर्खरै भर्ना भएका र सोही पदबाट अवकाश पाउन लागेकाको तलबमान पनि एउटै छ। श्रेणीविहीन प्रहरीमाथि भएको यो विभेद हटाउने प्रस्ताव पनि सँगै पेस भएको छ। श्रेणीविहीन कर्मचारीको स्तरवृद्धिका लागि श्रेणीविहीनमा पनि तह छुट्याएर सोही अनुसारको तलबमान हुनुपर्ने प्रस्ताव गरिएको छ।

श्रेणीविहीनमा पनि प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौं श्रेणी भनेर छुट्याउने र सोहीअनुसार तलबमान हुनुपर्ने प्रस्ताव गरिएको छ। यी पाँच तहमा प्रत्येक ६ वर्षमा स्वतः बढुवा हुने प्रस्ताव गरिएको छ। यो प्रस्ताव पारित भएर नियमावली संशोधन भएमा श्रेणीविहीन कर्मचारीको पनि तह वर्गीकरण हुनेछ। यसबाट प्रहरीमा कार्यरत करिब ३ हजार श्रेणीविहीन कर्मचारीलाई राहत मिल्नेछ। 

पूजारी, माली–बगैंचे, भान्छे, हजाम, सिलाइबुनाइ, सयस, कुचिकार, मोची, धोबीलगायतका जिम्मेवारी (पद)मा नेपाल प्रहरीमा अहिले २६ सय श्रेणीबिहीन जनशक्ति कार्यरत छन्। प्रहरीमा श्रेणीविहीन कर्मचारीको दरबन्दी भने ३ हजार ३१ छ।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्