• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १०, २०८२ Wed, Nov 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कवितामा वामपन्थी र लोकतान्त्रिक गठजोड! 

64x64
प्रकाश गुरागाईं शनिबार, भदौ १९, २०७८  १७:३३
1140x725
तस्बिर : स्नेहा शर्मा

कवि स्नेह सायमीका दुई वटा फेसबुक ‘एकाउन्ट’ छन्। एउटामा साथी बनाउने पाँच हजार सीमा नाघेर मात्र उनले दुई वटा एकाउन्ट बनाएका होइनन्। र, यी हरफ पढिरहने जो–कोही उनीसँग जोडिएको भए त्यो फेसबुक एकाउन्ट नेपाली ‘साथी’का लागि हो।

अर्को एकाउन्टमा उनी विदेश लेखक, कवि र साहित्यकारहरुलाई साथी बनाउँछन्। फेसबुकमार्फत करिब दुई दर्जन देशका लेखक, कविसँग जोडिएका छन्। ती साथीसँग कहिले ‘जुम कवि सम्मेलन’ हुन्छ, कहिले कृतिका कुरा।

केही समयअघि तामिलनाडुका एक कविले जुममै मातृभाषी कविता सम्मेलन गराए। उनीहरुसँग जोडिएका स्नेह सायमीले आफ्नो कविता पहिला मातृभाषामा वाचन गरे, अनि हिन्दीमा पनि सुनाए। उनले सुनाएको कवितालाई रश्मि शर्माले नेपालीबाट हिन्दीमा अनुवाद गरेकी हुन्।

रश्मि शर्मा र हिन्दी कवितासंग्रह ‘उजाले के संग’को चर्चा हुने नै छ। अहिले उक्त कृतिका कवि सायमी र राजेन्द्र शलभका केही प्रसंग।

स्नेह सायमीले फेसबुकमार्फत विभिन्न देशका लेखक कविको नेटवर्क बनाउन थालेको करिब चार वर्ष भयो। उनको नयाँ कविता संग्रह ‘चस्मा र आँखाको वार्ता’ प्रकाशनको लागि तयार भएको पनि चार वर्ष नै भयो। तर, प्रकाशनमा आएन। बरु अब अरु चार भाषामा पनि अनुवाद भएको छ। दुई भाषामा त कामै सकिइसकेको छ।

हिन्दी र अंग्रेजीमा अनुवाद सकिएको छ। हिन्दीमा गोपाल अश्कले अनुवाद गरेका हुन्। अंग्रेजीमा अुनवाद गर्ने डा.हेमराज काफ्ले हुन्। बंगाली र फ्रेन्च भाषामा पनि अुनवाद भइरहेको छ। ‘बंगाली र फ्रेन्च भाषामा अुनवाद गरिदिने साथी मैले फेसबुकको नेटवर्कमा नै पाएको हुँ,’ सायमी भन्छन्।

उनलाई अरबिक कवि साथीहरुले पनि अंग्रेजीबाट अरबिकमा अनुवाद गरेर प्रकाशनसमेत गरिदिने बताइरहेका छन्। ती साथीकै माध्यमबाट दुई वटा कविता अरबिकमा अनुवाद भएर प्रकाशन भइसकेका छन्।

यसअघि उनको अंग्रेजीमा अनुवाद गरिएका कविताहरुको संग्रह ‘ब्रिजेज एन्ड वाल्स्’ प्रकाशन भइसकेको छ। २०६३ सालमा प्रकाशन भएको ‘पुल र पर्खालहरु’ कवितासंग्रहलाई उनी आफैंले अंग्रजीमा प्रकाशन गराएका हुन्।

Ncell 2
Ncell 2

तर, राजेन्द्र शलभका कृति नेपाली भाषामा अनुवाद भएका छैनन्। सायमीसँग संयुक्त रुपमा हिन्दीमा प्रकाशन गरेको त्यही कविता संग्रह नै उनको पहिलो ‘अन्य भाषा’को कृति हो।

उनले पनि फेसबकुसँग जोडिएका भारतीय लेखक तथा कवि साथीहरुसँग नेपाली पुस्तकका अनूदित कृतिको हिन्दी बजारबारे सोधपुछ गरेका छन्। तर, भारतीय प्रकाशकहरुले पुस्तक छाप्न उल्टै पैसा मागेको र केही किताब समेत किनिदिनुपर्ने सर्त राखेको उनी बताउँछन्।

कवि सायमी नेपाली साहित्यबारे संसारलाई थाहा दिनुपर्ने बताउँछन्। ‘हाम्रो स्तर कहाँ रहेछ जाँच्नुपर्छ, हाम्रो लेखनको ट्रेन्ड अरुलाई पनि थाहा दिनुपर्छ,’ उनी भन्छन्। 

तर, नेपालबाट प्रकाशित अनूदित कृति विदेशमा कति पुग्छन् र कति विदेशी पाठकले पढ्न पाउँछन् भन्ने प्रश्न स्वाभाविक हो। ‘नेपालबाटै अंग्रेजी र हिन्दी भाषाका पुस्तक प्रकाशन गरेर विदेश पु¥याउन सजिलो छैन, मैले फेसबुकको नेटवर्कबाट मेरा अंग्रेजी र हिन्दी भाषामा प्रकाशित कविताका किताब छन् भनेर विदेशी साथीलाई सुनाउन चाहिँ पाएको छु,’ उनी स्वीकार गर्छन्।

हिन्दी संग्रहको ‘पारिवारिक कथा’
‘उजाले के संग’ हिन्दी भाषाको कविता संग्रह हो। यसका सबै कविताको अनुवादक हुन्, रश्मि शर्मा। संग्रहमा दुई कविका कविता छन्, स्नेह सायमीका २६ वटा र राजेन्द्र शलभका २९ वटा।

रश्मि कवि राजेन्द्र शलभकी पत्नी हुन्। उनले विद्यालय शिक्षा भारतमा लिइन्। त्यसैले नेपाली र हिन्दी दुवै भाषा उनका लागि सहज छन्।

उनले अनुवाद गरेको यो पहिलो कृति भने होइन। 

माधव घिमिरेको गीतिनाटक अश्वत्थामालाई हिन्दीमा उनले नै अनुवाद गरेकी थिइन्। उक्त पुस्तक भारतीय दूतावासले प्रकाशन गरेको थियो। त्यस्तै भारतीय कवि कृतिस्वरुप राउतको हिन्दी कवितासंग्रह ‘उपहार’ को नेपाली अनुवादमा पनि उनी संलग्न थिइन्। राउतकै पुनर्जन्मसम्बन्धी लेखहरुको संग्रह पनि उनले अनुवाद गरेकी छिन्। ‘उहाँले अनुवादका महत्वपूर्ण काम गर्नुभएको छ, तर लो प्रोफाइलमै बस्न रुचाउनुहुन्छ,’ सायमी भन्छन्।

यो कविताको किताबको आवरण चित्र अस्मिता मानन्धरले बनाएकी छन्। उनी कवि सायमीकी छोरी हुन्। अस्मिता आफैं पनि कवि हुन्। अनि, आवरण तस्बिर खिचिदिने स्नेहा शर्मा चाहिँ कवि शलभकी छोरी हुन्। 

यो संग्रह कवि शलभ र सायमीको ४२ वर्षदेखिको संगतपछि प्रकाशन भएको हो।

राजेन्द्र शलभ २०३१ सालमा झापाबाट काठमाडौँ आए। ‘ल क्याम्पस’ भर्ना भए। सायमी शंकरदेव पढ्थे। उनले हरिगोविन्द लुइँटेलसँग मिलेर २०३६ सालतिर ‘प्रतिभा’ मासिक गोजिका प्रकाशन गरे। शलभले पनि भरत भुर्तेलसँग मिलेर ‘दुबो’ नामक गोजिका निकाले। यही क्रममा नयाँ सडकको पिपलबोटमा उनीहरुबीच चिनजान भएको थियो।

यी गोजिका लामो समय टिकेनन्। युवा जोशको काम न थियो। तर, मित्रता भने बलियो भयो। त्यही मित्रताका कारण उनीहरु अहिले कवितामा नयाँ अभियान चलाइरहेका छन्।

कोभिड महामारी सुरु हुनुअघि उनीहरुले ‘स्नेह–शलभ काव्ययात्रा’ सुरु गरेका थिए। विभिन्न कलेज र स्कुल गएर भाइबहिनी कविका कविता सुन्थे र आफ्ना सुनाउँथे। ‘कविताको प्रचार हुनुपर्छ भनेर यो अभियान सुरु गरेका थियौँ, तर पाँच वटा कार्यक्रम गरेपछि कोभिड महामारीले बन्द गर्नुपर्‍यो,’ सायमी सुनाउँछन्।

अभियान बन्द भएपछि उनले शलभसँग हिन्दी कविताको संग्रह प्रकाशन गर्ने प्रस्ताव राखे। अनि, दुई परिवारका सदस्यको योगदानबाट निस्कियो, हिन्दी कविताको संयुक्त संग्रह।

वाम–लोकतान्त्रिक गठ
राजेन्द्र शलभ लोकतान्त्रिक विचार राख्ने कवि हुन्। स्नेह सायमी परे वामपन्थी। ‘यहाँ त वामपन्थीले लोकतन्त्रवादीसँग मिल्यो भने आक्षेप लागिहाल्छ– अब त्यो भासियो, सकियो भनेर’ स्नेहले गाँठी कुरो खोल्न थाले, ‘कांग्रेससँग संयुक्त आन्दोलन गर्नुपर्छ भन्दा पुष्पलाललाई नै गद्दार भन्ने कम्युनिष्ट भएको देश हो नि, यो।’

कम्युनिष्ट र कांग्रेस मिल्नै हुन्न भन्ने विचारलाई तोड्न आफूहरुले संयुक्त संग्रह निकालेको सायमी बताउँछन्। वामपन्थी र प्रजातन्त्रवादी मिल्दा मात्र राजनीतिमा पनि परिवर्तन संभव भएको उनी बताउँछन्। यसका लागि उनले २०४६ र २०६२/६३ को आन्दोलनो उदाहरण दिन बिर्सिने कुरै भएन। २०७२ मा संविधान पनि त्यसरी नै जारी भएको हो।

तर, राजनीतिमा नकारात्मक सोच हावी भएको उनको भनाइ छ। राजनीतिको दन्त–बझान साहित्यमा ‘कपी–पेष्ट’ नै छ। विचार नमिल्दा सबै खराब, विचार मिले प्रसंशा नै प्रसंशा। अखबारतिर समीक्षा लेखिन्छ, आफ्नो समूहको मात्र। कार्यक्रममा गएर एक घन्टा बोलेर ‘दुई शब्द’ भन्दै मन्तव्य राखिन्छ, आफ्नै समूहको। पार्टी र विचार मिलेपछि सबै ठीक। विचार नमिलेपछि कि नामै उच्चारण नगर्ने, कि तर्कविनाको गाली गर्ने चलन छ।

तर, मिल्नसक्ने ठाउँसम्म मिलेर काम गरे साहित्यलाई पनि उकास्न सकिने सायमीले बताए। ‘उहाँसँग मिलेर किताब निकाल्दा मैले मेरो विचार छाडेको छैन। म वामपन्थी नै हुँ। उहाँले आफ्नो कुनै विचार नभएको बताउनुहुन्छ। हाम्रो फरक यहीँ हो। तर, उहाँका केही कविता मलाई मनपर्छन्,’ उनी भन्छन्।
शलभका कस्ता कविता मन पराउलान् त, उनी?

‘यो संग्रहमा उहाँका केही कविता त प्रगतिशील छन् नी!’ उनले भने। ‘माँ’ शीर्षकका तीन वटा कविता र ‘पढ्–लिख के क्या होगा?’ कविता उनलाई मन परेका रहेछन्।

शलभलाई भने यो संग्रहमा भएका सायमीका ‘पुल और दीवारेँ’ र ‘अजगरका आमन्त्रण’ मन पर्छ।

कवितामा राजनीतिबारे आ–आफ्नै मत
कवितामा विचार प्रधान हुने सायमी बताउँछन्। विचारको कुरा आएपछि राजनीति आइहाल्छ। तर, शलभ भने राजनीतिलाई अस्वीकार गर्छन्। उनी भन्छन्, ‘मलाई राजनीतिबारे मतलबै छैन, म त भावना र संवेदनाका कारण कविता लेख्छु। राजनीतिका लागि लेख्दिनँ।’

सायमीका कवितामा विचार प्रष्ट रुपमा आउने भए पनि त्यसलाई ‘राजनीति’ भन्न नमिल्ने शलभ बताउँछन्। ‘हामीले कवितालाई भारतका हिन्दी भाषी पाठकसम्म पुर्‍याउनुपर्छ भनेर काम सुरु गरेका हौँ। अहिले आफ्ना नेटवर्कबाट भारतीय लेखकहरुसँग कुरा गरिरहेका छौँ। प्रकाशक शिखा बुक्सले पनि भारत किताब पठाउन पहल गरिरहेको छ। यसमा राजनीति कहाँ आउँछ मलाई थाहा छैन,’ शलभले भने।

आफ्नो संगत वामपन्थी र लोकतान्त्रिक दुवै लेखक कविहरुसँग भएको र साहित्यकै चिन्ता गर्ने गरेको उनी बताउँछन्। ‘वाम र लोकतान्त्रिकलाई सजिलोका लागि कांग्रेस र कम्युनिष्ट भनेर चिनिन्छ। मेरा साथीहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य कोही कांग्रेस र कोही कम्युनिष्ट भनेर चिनिन्छन्। स्नेह सायमी पनि कम्युनिष्ट हुन्। म केही पनि होइन। तर, उहाँहरुसँग मेरो घनिष्ट सम्बन्ध छ,’ उनले भने।

कविताभित्रका कथा
करिब २५ वर्षअघि सायमी मुम्बई पुगेका थिए। दिल्लीबाट रेल चढेर गएका थिए। मुम्बई प्रवेश गर्नेवित्तिकै उनले सबैभन्दा पहिला देखे, झुपडपट्टि। झन्डै सय जना लहरै बसेर शौच गरिरहेका, वा एउटा ट्युबेलमा नुहाउनका लागि ५०औँ जना लाइनमा बसेका।

अनि उनी मुम्बईमा जहाँ बसे त्यो आलिसान महल थियो। उनले बलिउड कलाकारका भव्य घर देखे। झिलिमिली मुम्बई देखे। अनि, थाहा पाए– मुम्बईभित्र धेरै तहका मुम्बई रहेछन्। त्यसपछि जन्मिएको थियो कविता– मुम्बई।

अर्को कविता छ, ‘स्वागतातुर काठमाडौँ।’ कोही बाहिरबाट काठमाडौँ आउँछ, काठमाडौँले दिएको खान्छ, काठमाडौँलाई भोग्छ र काठमाडौँलाई नै गाली गर्छ। यहाँका रैथाने सायमीलाई कसैले काठमाडौँलाई गाली गरेको पटक्कै चित्त बुझ्दैन।

‘तर, अब त काठमाडौँ पनि मुम्बईको बाटोमा छ। पुँजीवादी र गरिबको दूरी बढ्दैछ। पहिला मध्यम वर्ग भनिन्थ्यो, अब धनी र गरिबबीच पनि त्यस्ता धेरै तह बनिरहेका छन्, मान्छे मेसिन हुँदैछ,’ उनी भन्छन्।

उनका चुहे, रिमोट कन्ट्रोलर, माँ मै स्कुल जाने लगा हुँ जस्ता कविता संग्रहमा छन्। सायमीका कविताको विषय प्रायः राजनीति नै हो।

अनि, राजेन्द्र शलभका ‘लोकतान्त्रिक’ कविता कस्ता होलान् त?

उनी आफैंले भनिसके, कविता संवेदना हो। उनका कविताको भने उस्तो कथा छैन। तर, आमासम्बन्धी लेखिएका कविताको पहिलो श्रृङ्खलामा भने घटना जोडिएको छ, भावनात्मक।

उनी आमालाई लिएर तीर्थयात्रामा गएका थिए। बाबु बितिसकेका थिए। साँझ बसको यात्रामा थिए। त्यही बेला सूर्य डुब्दै थियो। सूर्यको प्रकाश आमाको अनुहारमा परेको थियो। अनि उनले कविता सम्झिए। पाठकले पनि कविता पढ्दै गर्दा दिमागमा यस्तै दृश्य बनाउँछन्।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रतिनिधिसभा सदस्य निर्वाचन, आज दल दर्ता गर्ने अन्तिम दिन बुधबार, मंसिर १०, २०८२
गैरहाजिर रहेका २७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन बुधबार, मंसिर १०, २०८२
एनपीएल: विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै बुधबार, मंसिर १०, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, मंसिर १०, २०८२
दन्तविहीन अवस्थामा कस्तो दाँत राख्ने? बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा मंगलबार, मंसिर ९, २०८२
मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, मंसिर ९, २०८२
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान मंगलबार, मंसिर ९, २०८२
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्