• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कवितामा वामपन्थी र लोकतान्त्रिक गठजोड! 

64x64
प्रकाश गुरागाईं शनिबार, भदौ १९, २०७८  १७:३३
1140x725
तस्बिर : स्नेहा शर्मा

कवि स्नेह सायमीका दुई वटा फेसबुक ‘एकाउन्ट’ छन्। एउटामा साथी बनाउने पाँच हजार सीमा नाघेर मात्र उनले दुई वटा एकाउन्ट बनाएका होइनन्। र, यी हरफ पढिरहने जो–कोही उनीसँग जोडिएको भए त्यो फेसबुक एकाउन्ट नेपाली ‘साथी’का लागि हो।

अर्को एकाउन्टमा उनी विदेश लेखक, कवि र साहित्यकारहरुलाई साथी बनाउँछन्। फेसबुकमार्फत करिब दुई दर्जन देशका लेखक, कविसँग जोडिएका छन्। ती साथीसँग कहिले ‘जुम कवि सम्मेलन’ हुन्छ, कहिले कृतिका कुरा।

केही समयअघि तामिलनाडुका एक कविले जुममै मातृभाषी कविता सम्मेलन गराए। उनीहरुसँग जोडिएका स्नेह सायमीले आफ्नो कविता पहिला मातृभाषामा वाचन गरे, अनि हिन्दीमा पनि सुनाए। उनले सुनाएको कवितालाई रश्मि शर्माले नेपालीबाट हिन्दीमा अनुवाद गरेकी हुन्।

रश्मि शर्मा र हिन्दी कवितासंग्रह ‘उजाले के संग’को चर्चा हुने नै छ। अहिले उक्त कृतिका कवि सायमी र राजेन्द्र शलभका केही प्रसंग।

स्नेह सायमीले फेसबुकमार्फत विभिन्न देशका लेखक कविको नेटवर्क बनाउन थालेको करिब चार वर्ष भयो। उनको नयाँ कविता संग्रह ‘चस्मा र आँखाको वार्ता’ प्रकाशनको लागि तयार भएको पनि चार वर्ष नै भयो। तर, प्रकाशनमा आएन। बरु अब अरु चार भाषामा पनि अनुवाद भएको छ। दुई भाषामा त कामै सकिइसकेको छ।

हिन्दी र अंग्रेजीमा अनुवाद सकिएको छ। हिन्दीमा गोपाल अश्कले अनुवाद गरेका हुन्। अंग्रेजीमा अुनवाद गर्ने डा.हेमराज काफ्ले हुन्। बंगाली र फ्रेन्च भाषामा पनि अुनवाद भइरहेको छ। ‘बंगाली र फ्रेन्च भाषामा अुनवाद गरिदिने साथी मैले फेसबुकको नेटवर्कमा नै पाएको हुँ,’ सायमी भन्छन्।

उनलाई अरबिक कवि साथीहरुले पनि अंग्रेजीबाट अरबिकमा अनुवाद गरेर प्रकाशनसमेत गरिदिने बताइरहेका छन्। ती साथीकै माध्यमबाट दुई वटा कविता अरबिकमा अनुवाद भएर प्रकाशन भइसकेका छन्।

यसअघि उनको अंग्रेजीमा अनुवाद गरिएका कविताहरुको संग्रह ‘ब्रिजेज एन्ड वाल्स्’ प्रकाशन भइसकेको छ। २०६३ सालमा प्रकाशन भएको ‘पुल र पर्खालहरु’ कवितासंग्रहलाई उनी आफैंले अंग्रजीमा प्रकाशन गराएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर, राजेन्द्र शलभका कृति नेपाली भाषामा अनुवाद भएका छैनन्। सायमीसँग संयुक्त रुपमा हिन्दीमा प्रकाशन गरेको त्यही कविता संग्रह नै उनको पहिलो ‘अन्य भाषा’को कृति हो।

उनले पनि फेसबकुसँग जोडिएका भारतीय लेखक तथा कवि साथीहरुसँग नेपाली पुस्तकका अनूदित कृतिको हिन्दी बजारबारे सोधपुछ गरेका छन्। तर, भारतीय प्रकाशकहरुले पुस्तक छाप्न उल्टै पैसा मागेको र केही किताब समेत किनिदिनुपर्ने सर्त राखेको उनी बताउँछन्।

कवि सायमी नेपाली साहित्यबारे संसारलाई थाहा दिनुपर्ने बताउँछन्। ‘हाम्रो स्तर कहाँ रहेछ जाँच्नुपर्छ, हाम्रो लेखनको ट्रेन्ड अरुलाई पनि थाहा दिनुपर्छ,’ उनी भन्छन्। 

तर, नेपालबाट प्रकाशित अनूदित कृति विदेशमा कति पुग्छन् र कति विदेशी पाठकले पढ्न पाउँछन् भन्ने प्रश्न स्वाभाविक हो। ‘नेपालबाटै अंग्रेजी र हिन्दी भाषाका पुस्तक प्रकाशन गरेर विदेश पु¥याउन सजिलो छैन, मैले फेसबुकको नेटवर्कबाट मेरा अंग्रेजी र हिन्दी भाषामा प्रकाशित कविताका किताब छन् भनेर विदेशी साथीलाई सुनाउन चाहिँ पाएको छु,’ उनी स्वीकार गर्छन्।

Xtrem

Xtrem

हिन्दी संग्रहको ‘पारिवारिक कथा’
‘उजाले के संग’ हिन्दी भाषाको कविता संग्रह हो। यसका सबै कविताको अनुवादक हुन्, रश्मि शर्मा। संग्रहमा दुई कविका कविता छन्, स्नेह सायमीका २६ वटा र राजेन्द्र शलभका २९ वटा।

रश्मि कवि राजेन्द्र शलभकी पत्नी हुन्। उनले विद्यालय शिक्षा भारतमा लिइन्। त्यसैले नेपाली र हिन्दी दुवै भाषा उनका लागि सहज छन्।

उनले अनुवाद गरेको यो पहिलो कृति भने होइन। 

माधव घिमिरेको गीतिनाटक अश्वत्थामालाई हिन्दीमा उनले नै अनुवाद गरेकी थिइन्। उक्त पुस्तक भारतीय दूतावासले प्रकाशन गरेको थियो। त्यस्तै भारतीय कवि कृतिस्वरुप राउतको हिन्दी कवितासंग्रह ‘उपहार’ को नेपाली अनुवादमा पनि उनी संलग्न थिइन्। राउतकै पुनर्जन्मसम्बन्धी लेखहरुको संग्रह पनि उनले अनुवाद गरेकी छिन्। ‘उहाँले अनुवादका महत्वपूर्ण काम गर्नुभएको छ, तर लो प्रोफाइलमै बस्न रुचाउनुहुन्छ,’ सायमी भन्छन्।

यो कविताको किताबको आवरण चित्र अस्मिता मानन्धरले बनाएकी छन्। उनी कवि सायमीकी छोरी हुन्। अस्मिता आफैं पनि कवि हुन्। अनि, आवरण तस्बिर खिचिदिने स्नेहा शर्मा चाहिँ कवि शलभकी छोरी हुन्। 

यो संग्रह कवि शलभ र सायमीको ४२ वर्षदेखिको संगतपछि प्रकाशन भएको हो।

राजेन्द्र शलभ २०३१ सालमा झापाबाट काठमाडौँ आए। ‘ल क्याम्पस’ भर्ना भए। सायमी शंकरदेव पढ्थे। उनले हरिगोविन्द लुइँटेलसँग मिलेर २०३६ सालतिर ‘प्रतिभा’ मासिक गोजिका प्रकाशन गरे। शलभले पनि भरत भुर्तेलसँग मिलेर ‘दुबो’ नामक गोजिका निकाले। यही क्रममा नयाँ सडकको पिपलबोटमा उनीहरुबीच चिनजान भएको थियो।

यी गोजिका लामो समय टिकेनन्। युवा जोशको काम न थियो। तर, मित्रता भने बलियो भयो। त्यही मित्रताका कारण उनीहरु अहिले कवितामा नयाँ अभियान चलाइरहेका छन्।

कोभिड महामारी सुरु हुनुअघि उनीहरुले ‘स्नेह–शलभ काव्ययात्रा’ सुरु गरेका थिए। विभिन्न कलेज र स्कुल गएर भाइबहिनी कविका कविता सुन्थे र आफ्ना सुनाउँथे। ‘कविताको प्रचार हुनुपर्छ भनेर यो अभियान सुरु गरेका थियौँ, तर पाँच वटा कार्यक्रम गरेपछि कोभिड महामारीले बन्द गर्नुपर्‍यो,’ सायमी सुनाउँछन्।

अभियान बन्द भएपछि उनले शलभसँग हिन्दी कविताको संग्रह प्रकाशन गर्ने प्रस्ताव राखे। अनि, दुई परिवारका सदस्यको योगदानबाट निस्कियो, हिन्दी कविताको संयुक्त संग्रह।

वाम–लोकतान्त्रिक गठ
राजेन्द्र शलभ लोकतान्त्रिक विचार राख्ने कवि हुन्। स्नेह सायमी परे वामपन्थी। ‘यहाँ त वामपन्थीले लोकतन्त्रवादीसँग मिल्यो भने आक्षेप लागिहाल्छ– अब त्यो भासियो, सकियो भनेर’ स्नेहले गाँठी कुरो खोल्न थाले, ‘कांग्रेससँग संयुक्त आन्दोलन गर्नुपर्छ भन्दा पुष्पलाललाई नै गद्दार भन्ने कम्युनिष्ट भएको देश हो नि, यो।’

कम्युनिष्ट र कांग्रेस मिल्नै हुन्न भन्ने विचारलाई तोड्न आफूहरुले संयुक्त संग्रह निकालेको सायमी बताउँछन्। वामपन्थी र प्रजातन्त्रवादी मिल्दा मात्र राजनीतिमा पनि परिवर्तन संभव भएको उनी बताउँछन्। यसका लागि उनले २०४६ र २०६२/६३ को आन्दोलनो उदाहरण दिन बिर्सिने कुरै भएन। २०७२ मा संविधान पनि त्यसरी नै जारी भएको हो।

तर, राजनीतिमा नकारात्मक सोच हावी भएको उनको भनाइ छ। राजनीतिको दन्त–बझान साहित्यमा ‘कपी–पेष्ट’ नै छ। विचार नमिल्दा सबै खराब, विचार मिले प्रसंशा नै प्रसंशा। अखबारतिर समीक्षा लेखिन्छ, आफ्नो समूहको मात्र। कार्यक्रममा गएर एक घन्टा बोलेर ‘दुई शब्द’ भन्दै मन्तव्य राखिन्छ, आफ्नै समूहको। पार्टी र विचार मिलेपछि सबै ठीक। विचार नमिलेपछि कि नामै उच्चारण नगर्ने, कि तर्कविनाको गाली गर्ने चलन छ।

तर, मिल्नसक्ने ठाउँसम्म मिलेर काम गरे साहित्यलाई पनि उकास्न सकिने सायमीले बताए। ‘उहाँसँग मिलेर किताब निकाल्दा मैले मेरो विचार छाडेको छैन। म वामपन्थी नै हुँ। उहाँले आफ्नो कुनै विचार नभएको बताउनुहुन्छ। हाम्रो फरक यहीँ हो। तर, उहाँका केही कविता मलाई मनपर्छन्,’ उनी भन्छन्।
शलभका कस्ता कविता मन पराउलान् त, उनी?

‘यो संग्रहमा उहाँका केही कविता त प्रगतिशील छन् नी!’ उनले भने। ‘माँ’ शीर्षकका तीन वटा कविता र ‘पढ्–लिख के क्या होगा?’ कविता उनलाई मन परेका रहेछन्।

शलभलाई भने यो संग्रहमा भएका सायमीका ‘पुल और दीवारेँ’ र ‘अजगरका आमन्त्रण’ मन पर्छ।

कवितामा राजनीतिबारे आ–आफ्नै मत
कवितामा विचार प्रधान हुने सायमी बताउँछन्। विचारको कुरा आएपछि राजनीति आइहाल्छ। तर, शलभ भने राजनीतिलाई अस्वीकार गर्छन्। उनी भन्छन्, ‘मलाई राजनीतिबारे मतलबै छैन, म त भावना र संवेदनाका कारण कविता लेख्छु। राजनीतिका लागि लेख्दिनँ।’

सायमीका कवितामा विचार प्रष्ट रुपमा आउने भए पनि त्यसलाई ‘राजनीति’ भन्न नमिल्ने शलभ बताउँछन्। ‘हामीले कवितालाई भारतका हिन्दी भाषी पाठकसम्म पुर्‍याउनुपर्छ भनेर काम सुरु गरेका हौँ। अहिले आफ्ना नेटवर्कबाट भारतीय लेखकहरुसँग कुरा गरिरहेका छौँ। प्रकाशक शिखा बुक्सले पनि भारत किताब पठाउन पहल गरिरहेको छ। यसमा राजनीति कहाँ आउँछ मलाई थाहा छैन,’ शलभले भने।

आफ्नो संगत वामपन्थी र लोकतान्त्रिक दुवै लेखक कविहरुसँग भएको र साहित्यकै चिन्ता गर्ने गरेको उनी बताउँछन्। ‘वाम र लोकतान्त्रिकलाई सजिलोका लागि कांग्रेस र कम्युनिष्ट भनेर चिनिन्छ। मेरा साथीहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य कोही कांग्रेस र कोही कम्युनिष्ट भनेर चिनिन्छन्। स्नेह सायमी पनि कम्युनिष्ट हुन्। म केही पनि होइन। तर, उहाँहरुसँग मेरो घनिष्ट सम्बन्ध छ,’ उनले भने।

कविताभित्रका कथा
करिब २५ वर्षअघि सायमी मुम्बई पुगेका थिए। दिल्लीबाट रेल चढेर गएका थिए। मुम्बई प्रवेश गर्नेवित्तिकै उनले सबैभन्दा पहिला देखे, झुपडपट्टि। झन्डै सय जना लहरै बसेर शौच गरिरहेका, वा एउटा ट्युबेलमा नुहाउनका लागि ५०औँ जना लाइनमा बसेका।

अनि उनी मुम्बईमा जहाँ बसे त्यो आलिसान महल थियो। उनले बलिउड कलाकारका भव्य घर देखे। झिलिमिली मुम्बई देखे। अनि, थाहा पाए– मुम्बईभित्र धेरै तहका मुम्बई रहेछन्। त्यसपछि जन्मिएको थियो कविता– मुम्बई।

अर्को कविता छ, ‘स्वागतातुर काठमाडौँ।’ कोही बाहिरबाट काठमाडौँ आउँछ, काठमाडौँले दिएको खान्छ, काठमाडौँलाई भोग्छ र काठमाडौँलाई नै गाली गर्छ। यहाँका रैथाने सायमीलाई कसैले काठमाडौँलाई गाली गरेको पटक्कै चित्त बुझ्दैन।

‘तर, अब त काठमाडौँ पनि मुम्बईको बाटोमा छ। पुँजीवादी र गरिबको दूरी बढ्दैछ। पहिला मध्यम वर्ग भनिन्थ्यो, अब धनी र गरिबबीच पनि त्यस्ता धेरै तह बनिरहेका छन्, मान्छे मेसिन हुँदैछ,’ उनी भन्छन्।

उनका चुहे, रिमोट कन्ट्रोलर, माँ मै स्कुल जाने लगा हुँ जस्ता कविता संग्रहमा छन्। सायमीका कविताको विषय प्रायः राजनीति नै हो।

अनि, राजेन्द्र शलभका ‘लोकतान्त्रिक’ कविता कस्ता होलान् त?

उनी आफैंले भनिसके, कविता संवेदना हो। उनका कविताको भने उस्तो कथा छैन। तर, आमासम्बन्धी लेखिएका कविताको पहिलो श्रृङ्खलामा भने घटना जोडिएको छ, भावनात्मक।

उनी आमालाई लिएर तीर्थयात्रामा गएका थिए। बाबु बितिसकेका थिए। साँझ बसको यात्रामा थिए। त्यही बेला सूर्य डुब्दै थियो। सूर्यको प्रकाश आमाको अनुहारमा परेको थियो। अनि उनले कविता सम्झिए। पाठकले पनि कविता पढ्दै गर्दा दिमागमा यस्तै दृश्य बनाउँछन्।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १७:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्