नेपालको अग्रणी अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो शप योग्य लाइभ स्ट्रिम “दराज लाइभ” येहीभदौ १६ देखि सुरु भएको घोषणा गरेको छ।
दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको “शपर टेनमेन्ट“ रणनीतिको एक भागको रूपमा पेश गरीएको छ। यस मार्फत ग्राहकहरुको लागी पारस्परि, वास्तविक अनुभव दिलाउनको लागि खुद्राबिक्री र मनोरञ्जनको समिश्रणमा ध्यान केन्द्रित हुनेछ। जहाँ ग्राहकहरु घरै बसी ब्रान्ड, उत्पादनहरुको विस्तृत जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ।
दराज लाइभ स्ट्रीम दराज मोबाइल एपको माध्यमबाट हरेक सोमबार देखि शुक्रबार सम्म दिनमा तीन फरक समयावधिमा आयोजना गरिनेछ।
ग्राहकहरुले दिनमा १२, ४ र ६ बजे दराजएप मार्फत लाइभ हेर्न पाउनेछन्। दराजलाइभ सामाजिक मिडिया लाइभ स्ट्रिममा हुने प्रत्यक्ष प्रसारण भन्दाअलि फरक र पृथकहुनेछ र ग्राहकहरुको लागि एक धेरै सहज र अन्तरक्रियात्मक“सी नाउबाई नाउ” को अवधारणा पेस गर्नेछ।
दराज लाइभमार्फत ग्राहकहरुले किनमेलको साथसाथै सामानहरूको विस्तृत जानकारी र मनोरञ्जनात्मक कार्यक्रमको अनुभव प्राप्त गर्नेछन्।
दराज लाइभको प्रत्यक्ष प्रसारणको प्रत्येक संस्करणमा ग्राहकहरुलाई ब्रान्डको बारेमा प्रचुर जानकारी संकलन गर्नको लागि अदातित्यअवसर प्रदान गर्नेछ, ग्राहक र बिक्रेताले रियल टाइम कुराकानीमा संलग्न हुने सुनौलो अवसर प्रदान गर्नेछ।
आकर्षक र मनोरञ्जनात्मकगतिविधिहरूको मेजबानीगर्दछ र ग्राहकहरुलाई प्रचुरमात्रामा रोमांचकउपहार र पुरस्कार जित्ने मौका पनिप्रदान गर्नेछ।
विशेष सौदा, थुप्रै उत्पादनहरुको प्रदर्शन, क्यु एण्ड ए, फ्ल्याश सेल्स, अन्बक्सिंग, गिवअवे देखि भाउचर जित्ने मौका जस्तै अरु थुप्रै मौकाहरु ग्राहकहरुले दराज लाइभमार्फत मज्जालिन सक्नेछन्। यसैगरी दराज लाइभ बिक्रेताहरु लागि ग्राहकहरुसँग
सम्बन्धविस्तार गर्नका लागि एक सुनौलो मंचहुनेछ। एक अनलाइनविक्रेताले सामान्यतयामाआफ्नो ग्रहाकसंग गफगाफ गर्नको लागि धेरै अवसरहरु पाइरको हुदैन। दराज लाइभमार्फत विक्रेताहरुले सजिलै आफ्नो ग्राहकहरुसँग अन्तरंग कुराकानी गर्ने अवसर पाउनेछन् साथसाथै आफ्नो ब्रान्डलाई पदोन्नति गर्ने मौका पाउनेछन्। अन्त्यमा यस प्रयोजनाद्वारा बिक्रेताले आफ्नो ग्राहकहरुसँग विश्वास र सम्बन्धको कडी मजबुत रूपमा निर्माण गर्न मद्दत मिल्नेछ।
“दराज लाइभको परिचय नेपालमा अधिक जीवन्त र समावेशी पारिस्थितिकी तंत्रको निर्माणको लागि अर्को चरण हो। दराज लाइभसंग हामीग्राहक र विक्रेताबीच सम्बन्धको एक ठूलो स्तर निर्माणमा मद्दत गर्न चाहन्छौं। यो संग संगै एक बलियो समुदायको निर्माण गर्न चाहन्छौं जहाँ हरेक व्यक्तिसंग अनलाइन शपिंग सम्बन्धित कुनै पनि जानकारी प्राप्त गर्नको लागि एक प्लेटफर्म होस्।
एन्ड्रोइड स्मार्टफोन ग्राहकलाई लाइभ स्ट्रीममा सामेल हुनको लागीनवीनतम संस्करणमा आफ्नो दराजएप अपडेट गर्न अनुरोध गरिन्छ।आई ओ यस प्रयोगकर्ताहरुको लागी एप अपडेट ६ सेप्टेम्बरमा उपलब्ध हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।