काठमाडौं- सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई निलम्बन गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेयर खरिदमा संलग्नताबारे छानबिन गर्न ढुंगानालाई निलम्बन गरिएको जानकारी दिएका हुन्।
ढुंगानामाथि छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ।
समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य छन्।
ढुंगानाकी छोरीले सेयर खरिद गरेका कारण उनी विवादमा मुछिएका हुन्। समितिले छानबिन गरेर प्रतिवेदन पेश गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।