• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एकीकृत समाजवादीले आशा देखेको सुदूरपश्चिम : यस्तो छ माधव नेपालको शक्ति
64x64
बीपी अनमोल बुधबार, भदौ १६, २०७८  १९:१४
1140x725

काठमाडौं– नेकपा एमाले विभाजनको असर सबैभन्दा धेरै देखिने मध्येको एक हो सुदूरपश्चिम प्रदेश।  सुदूरपश्चिम प्रदेश सभाका १० जना एमाले सांसदले औपचारिक रुपमै नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। थप ३ जना एकीकृत समाजवादीमा जाँदैछन्। यी ३ जनाले पनि एमाले छाडेमा सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित एमाले सांसदको बहुमत संख्या माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीमा हुनेछ। 

एमाले उपाध्यक्ष भीम रावलको बलियो ‘पकड क्षेत्र’ मानिने सुदूरपश्चिममा उनको प्रभाव पनि कमजोर हुनेछ। एमाले विभाजन अघिसम्म सुदूरपश्चिमको एमाले राजनीति ‘रावलकै वरिपरी’ थियो। तत्कालीन नेकपामा दुई समूह हुँदा होस् या २०७७ फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलापछि ब्युँतिएको एमालेमा, माधवकुमार नेपालनिकट रहेका रावललाई पछार्न सक्ने अन्य नेता सुदूरपश्चिममा कोही देखिएका थिएनन्। तर, नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि रावल संस्थापन (पार्टी अध्यक्ष ओली) पक्षमा लागे। नेपाललाई छाडेर ओलीलाई रोज्दा सुदूरपश्चिममा रावलको प्रभाव पनि कमजोर बनेको छ। 

आफू एमालेमा रहेपनि रावलले आफूनिकट नेता र कार्यकर्ता भने एमालेमै राख्न सकेनन्। रावलको गृहजिल्ला अछाममा एमाले जिल्ला कमिटी अध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर नै एकीकृत समाजवादीमा लागेका छन्। कुँवर समाजवादीका केन्द्रीय सदस्य हुन्। रावल र कुवँर दुबैको क्षेत्र अछाम क्षेत्र नम्बर १ हो। एकापसको सहयोगमा निर्वाचित हुँदै आएका उनीहरु अबको निर्वाचनमा प्रतिस्पर्धी हुने देखिएको छ। त्यसले सबभन्दा ठूलो चुनौती रावललाई नै हुनेछ। 

सभामुखबाहेक सुदूरपश्चिम प्रदेश सभामा एमालेका २४ सदस्य रहेकोमा १० सदस्यले एकीकृत समाजवादी रोजिसकेका छन्। तीमध्ये प्रदेश सरकारमा मन्त्री रहेका पूर्णा जोशी र लालबहादुर खड्का तथा राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउँँद छन्। त्यस्तै, प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक रहेकी दूर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट तथा सुशिला बुढाथोकी, कूलबीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी नयाँ पार्टीमा पुगेका छन्। प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र अर्थराज्यमन्त्री अर्चना गहतराज पनि नयाँ पार्टीमा जाने प्रक्रियामा रहेको दाबी गरिएको छ। उनीहरुले सनाखत गरेमा सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बन्ने निश्चित छ। 

सुदूरपश्चिममा सभामुखसहित एमालेका २५ प्रदेश सभा सदस्यमध्ये अध्यक्ष केपी शर्मा ओलीका पक्षमा ७ जना मात्र थिए, १८ जना माधवकुमार नेपालपक्षमा थिए। एमाले विभाजनअघि नेपालपक्षमा रहेका कञ्चनपुर–३ (क) बाट निर्वाचित प्रकाश रावल, कैलाली–४ (ख) बाट निर्वाचित पूर्वमन्त्री कृष्णराज सुवेदी, बाजुराबाट निर्वाचित बलदेव रेग्मी र प्रकाशबहादुर शाह तथा अछाम–१ (क)बाट निर्वाचित हर्कबहादुर कुँवर भने अहिले एमालेमै छन्। 

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये २०७४ सालमा एमाले प्रतिनिधि सभाका ११ स्थानमा विजयी भएको थियो। तीमध्ये अहिलेसम्म डोटीबाट निर्वाचित प्रेम आलेमगर मात्र नवगठित नेकपा (एकीकृत समाजवादी)मा लागेका छन्। पूर्वमन्त्री आले समाजवादीका केन्द्रीय सदस्य हुन्। उनीबाहेक बाजुराबाट निर्वाचित लालबहादुर थापा, अछाम–१ बाट निर्वाचित भीमबहादुर रावल, अछाम–२ बाट निर्वाचित यज्ञबहादुर बोगटी, बझाङबाट निर्वाचित भैरवबहादुर सिंह, कैलाली–२ बाट निर्वाचित झपट बहादुर रावल, कैलाली–५ बाट निर्वाचित नारदमुनि राना, दार्चुलाबाट निर्वाचित गणेशसिंह ठगुन्ना, बैतडीबाट निर्वाचित दामोदर भण्डारी, कञ्चनपुर–२ बाट निर्वाचित नरबहादुर धामी र कञ्चनपुर–३ बाट निर्वाचित दीपकप्रकाश भट्ट भने एमालेमै छन्। 

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुबारे भने सुदूरपश्चिममा अझै प्रष्ट तस्वीर आइसकेको छैन। प्रदेश सभाकै जस्तो असर स्थानीय तहमा पनि पर्ने नेताहरुले दाबी गरिरहेका छन्। तर, २२ गतेसम्म दल रोज्ने समय रहेकाले धेरै जनप्रतिनिधिहरु खुल्न बाँकी छ।

यस्तो छ स्थानीय तहको अवस्था

Ncell 2
Ncell 2

अछाम
२०७४ को स्थानीय तह निर्वाचनमा अछामका १० स्थानीय तहमध्ये एमालेले २ नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै तथा एउटा गाउँपालिका अध्यक्ष जितेको थियो। मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा र उपप्रमुख सरिता उपाध्याय पार्टी विभाजनपछि एमालेमै रहने भएका छन्। चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद र साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवँरले भने एकीकृत समाजवादी रोज्ने घोषणा गरेका छन्। एकीकृत समाजवादी रोजेका साँफेबगर नगरप्रमुख कुँवरले परिस्थितिले विद्रोह गरेर नयाँ दल रोज्नुपर्ने अवस्था आएको बताए। ‘हिजो हामीले केपी ओलीले गरेको कदमलाई प्रतिगमन भन्यौं, त्यसलाई सच्याउन लाग्यौं। उहाँले आत्मालोचनासम्म नगरेर त्यस्ता गतिविधि जारी राखेपछि विभाजनको अवस्था आयो,’ उनले भने, ‘हाम्रो नेता भीम रावल नै हुनुहुन्थ्यो, उहाँले अन्तिम समयमा अडान लिन नसकेपछि हामीले राजनीतिमा आफ्नो हिसाबले ठाउँ खोजेका हौं।’

कुँवरले दल रोज्न पाउने समय बाँकी नै रहेकाले परिस्थिति अझै फरक बन्न सक्ने बताए। साँफेबगरकै उपप्रमुख बिर्मलादेवी बुडथापा भने अझै के गर्ने भन्नेमा प्रष्ट हुन सकेकी छैनन्। अछामबाट प्रदेश सभा सदस्य रहेका मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले एकीकृत समाजवादी रोजिसकेका छन्। 

डोटी
डोटीका ९ स्थानीय तहमध्ये एमालेले ५ वटा स्थानीय तहमा दुवै पद (प्रमुख/उपप्रमुख) तथा एक गाउँपालिका उपाध्यक्ष जितेको थियो। आदर्श गाउँपालिका अध्यक्ष टेकबहादुर रोकाया, उपाध्यक्ष कमलादेवी ओझा, जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुनाकुमारी बोहरा, दिपालय सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी, उपप्रमुख शिवराज खड्का, पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी, उपाध्यक्ष निर्मलादेवी साउँद, सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल, उपाध्यक्ष बिस्नादेवी सिंह र बोगटान गाउँपालिका उपाध्यक्ष भगवती देवी बम एमालेबाट निर्वाचित भएका थिए। 

एमाले डोटीको उपसचिवसमेत रहेकी दिपालय सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी स्थानीय तहका जनप्रतिनिधिहरु अहिले नै पार्टी विभाजनको पक्षमा नदेखिएको बताउँछिन्। आफूहरु सामूहिक छलफल गरेर अघि बढ्ने बताउँदै उनले अहिले विभाजनभन्दा एकता नै प्राथमिकता रहेको उल्लेख गरिन्। ‘हाम्रो नेता भीम रावल हो, उहाँसँग र अरु नेताहरुसँग पनि छलफल गर्छौैं,’ उनले भनिन्, ‘कसैले भनेर भन्दा पनि हामी स्वविवेकले निर्णय लिन्छौं।’

डडेलधुरा
डडेलधुराका सात स्थानीय तहमध्ये २०७४ को निर्वाचनमा एमालेले अमरगढी नगरपालिकाका दुबै (प्रमुख/उपप्रमु) पद र एक गाउँपालिकामा अध्यक्ष जितेको थियो। अमरगढी नगरप्रमुखमा विशेश्वरप्रसाद ओझा र उपप्रमुखमा संगीताकुमारी भण्डारी निर्वाचित भएका थिए। 

त्यस्तै, नवदूर्गा गाउँपालिकाको अध्यक्षमा एमालेका कवीन्द्रबहादुर विष्ट निर्वाचित भएका थिए। एमालेका डडेलधुरा जिल्ला अध्यक्ष डा. तारादत्त जोशी एकीकृत समाजवादीमा खुलेका छन्। अमरगढी नगरपालिका प्रमुख ओझा एमालेमै रहने तयारीमा छन् भने उपप्रमुख भण्डारी एकीकृत समाजवादीमा जाने तयारीमा छिन्। भण्डारीले भने निर्णय गरिनसकेको नेपाल लाइभलाई बताइन्। नवदूर्गा गाउँपालिका अध्यक्ष विष्टले आफू एकीकृत समाजवादीमा जाने बताए।

‘हिजो हामी प्रतिगमनविरुद्ध लड्यौं, अहिले नयाँ संगठित पार्टीमा नै हाम्रो आवद्धता हुन्छ,’ विष्टले भने, ‘सनाखत अझै बाँकी रहेकाले धेरै साथीहरु नयाँ पार्टीमै खुल्ने सम्भावना छ।’
  
बैतडी 
बैतडीका १० स्थानीय तहमध्ये एमालेले तीन स्थानीय तहमा दुबै पद, २ वटामा उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो। डीलासैनी गाउँपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहोरा र उपाध्यक्ष पार्वती कुमारी भण्डारी, दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की र उपाध्यक्ष पार्वती कार्की, पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द र उपाध्यक्ष विना भट्ट, शिवनाथ गाउँपालिका उपाध्यक्ष कुश्मा चन्द र सुर्नया गाउँपालिका उपाध्यक्ष लिलाकुमारी विष्ट एमालेबाट निर्वाचित हुन्। 

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु एमाले विभाजनपछि कतै खुलेका छैनन्। प्रदेश सभा सदस्य लिलाधर भट्टले अहिले कुनै पनि जनप्रतिनिधि विभाजनको पक्षमा नरहेको दाबी गरे। उनले बैतडीमा एमालेले जितेका ३५ वडाध्यक्षमध्ये एकजना मात्र एकीकृत समाजवादीमा खुलेको बताए। भट्टको दाबीअनुसार एमालेको साबिक ७३ सदस्यीय जिल्ला कमिटीका ८ जना मात्र निष्क्रिय रहेका, बाँकी ६५ जना एमालेमै रहेका छन्। 

बाजुरा 
बाजुराका ९ स्थानीय तहमध्ये एमालेले तीनवटा स्थानीय तहमा दुबै पद र एक नगरपालिकामा उपप्रमुख जितेको थियो। गौमुल गाउँपालिका अध्यक्ष हरीबहादुर रोकाया र उपाध्यक्ष सिता रोकाया थापा, पाण्डवगुफा गाउँपालिका अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष ऐना गिरी, स्वामीकार्तिक गाउँपालिका अध्यक्ष चिरन्जिवी शाही र उपाध्यक्ष मिमा बुढा एमालेबाट निर्वाचित भएका थिए। बुढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मी पनि एमालेबाटै निर्वाचित हुन्। एमाले बाजुराका सचिव एवम् प्रदेश सभा सदस्य बलदेव रेग्मीले अहिलेसम्म कोही पनि विभाजनको पक्षमा नलागेको दाबी गरे। ‘अझै सनाखत गर्ने समय बाँकी नै रहेकाले प्रष्ट रुपमा को कता लाग्छन् भन्ने त थाहा छैन’, उनले भने, ‘केही साथीहरु निष्कृय नै छन्।’ 

बाजुराबाट निर्वचित प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य प्रकाशबहादुर शाह एमालेमा छन्। बाजुरा एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाको गृहजिल्ला हो।

बझाङ
बझाङका १२ स्थानीय तहमध्ये २०७४ को निर्वाचनमा एमालेले ८ स्थानीय तहमा दुबै पद र एक गाउँपालिकामा उपाध्यक्ष जितेको थियो। केदारस्युँ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामी, छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिकाकुमारी रताला, जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्रबहादुर खड्का र उपप्रमुख जुनाकुमारी जाग्री, तलकोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्ट र उपाध्यक्ष धनलक्ष्मी खत्री, थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय र उपाध्यक्ष गंगुदेवी खडायत, दूर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशी र उपाध्यक्ष पारभतीदेवी जप्रेल, मष्टा गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायत र उपाध्यक्ष भगवती कुमारी बोहरा, वित्थडचिर गाउँपालिका अध्यक्ष प्रेमबहादुर बोहरा र उपाध्यक्ष जानकी बोहरा तथा खप्तड छान्ना गाउँपालिका उपाध्यक्ष पाउसरादेवी थापा एमालेबाट निर्वाचित भएका थिए। 

जयपृथ्वी नगरपालिका प्रमुख वीरेन्द्रबहादुर खड्काले पार्टी विभाजनमा जानहुन्न भन्नेमा आफूसहितका जनप्रतिनिधिहरु रहेको बताए। एमाले विवादमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षमा खुलेर लागेका खड्का एमाले तल्लो तहसम्म जेठ २ कै संरचनामा गएमा आफू विभाजनमा नलाग्ने बताउँछन्। ‘२२ गतेसम्मको समय तोकिएको छ। अहिले म लगायतका साथीहरु सबै छलफल गरिरहेका छौं,’ उनले भने, ‘अहिले कोही पनि विभाजनमा जानुपर्छ भन्नेमा हुनुहुन्न। तर, २२ गतेसम्म प्रष्ट धारणा सबैको आउँछ।’

दार्चुला
दार्चुलाका ९ स्थानीय तहमध्ये एमालेले तीन स्थानीय तहमा दुबै पद र एक गाउँपालिकामा उपाध्यक्ष जितेको थियो। अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्याल र उपाध्यक्ष उर्मिला बोहरा, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र उपाध्यक्ष गौरीदेवी ठगुन्ना, लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी र उपाध्यक्ष माधवी जोशी तथा मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी एमालेबाट निर्वाचित भएका थिए। 

एमालेका दार्चुला अध्यक्ष रामदत्त जोशीले जिल्लाका नेता–कार्यकर्ता र जनप्रतिनिधि कोही पनि पार्टी विभाजनको पक्षमा नलागेको बताए। ‘७५ सदस्यीय जिल्ला कार्यसमितिका कोही नेताहरु विभाजनको पक्षमा जानुभएको छैन,’ उनले भने, ‘निष्क्रिय रहेका एकाध नेताहरुसँग पनि छलफल भइरहेको छ।’

कैलाली
कैलालीका १३ स्थानीय तहमध्ये एमालेले २०७४ को निर्वाचनमा ७ स्थानीय तह जितेको थियो। गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँद र उपप्रमुख रत्ना कडायत, गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा र उपप्रमुख अंचला चौधरी, घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी र उपप्रमुख प्रेमकुमारी थापा, चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोकामगर र उपाध्यक्ष दिपादेवी सावद एमालेबाट निर्वाचित भएका थिए। त्यस्तै, मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावल र उपाध्यक्ष पुजादेवी बुढामगर, लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र उपप्रमुख टिका थापा तथा टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल एमालेबाट निर्वाचित भएका थिए। 

कैलाली–५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य नारदमुनी राना स्थानीय तहका जनप्रतिनिधिहरु कोही पनि विभाजनको पक्षमा नरहेको दाबी गर्छन्। तर, मोहन्याल गाउँपालिका उपाध्यक्ष पुजादेवी बुढामगरले बुधबार मात्र आफू एकीकृत समाजवादी पार्टीमा रहने भनेर सनाखत गरेकी छन्। 

कैलालीमा साबिकको (२०७५ जेठ २) एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी नै एकीकृत समाजवादीको पक्षमा खुलेका छन्। उनलाई नेकपा कालमा केन्द्रीय नेतृत्वले कारबाही गरेको थियो। त्यसक्रममा प्रदेश सरकारबाट उनलाई मन्त्री पदबाट समेत हटाइएको थियो। पछि नेकपा दुई समूहमा विभाजित भएपछि नेकपाको तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधवकुमार नेपालसमूहले कारबाही फुकुवा गरेको थियो। उनीसहितका नेता–कार्यकर्ता एकीकृत समाजवादीमै जाने देखिएको छ। 

लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईं पनि एकीकृत समाजवादीमा जाने देखिएको छ। एमाले केन्द्रीय सदस्य रानाले भने उनीसँग कुरा भइरहेको र विभाजनको पक्षमा नजाने दाबी गरे। 

कञ्चनपुर
कञ्चनपुरका ९ स्थानीय तहमध्ये एमालेले ४ स्थानीय तहमा दुबै पद, भीमदत्त नगरपालिकामा प्रमुख, महाकाली नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा उपप्रमुख जितेको थियो। कृष्णपुर नगरपालिका प्रमुख कर्णबहादुर हमाल र उपप्रमुख रमिता कुमारी राना, पुनर्वास नगरपालिका प्रमुख जीवनबहादुर थापा र उपप्रमुख शारदा शर्मा (विष्ट), बेलडाँडी गाउँपालिका अध्यक्ष धनबहादुर थापा क्षेत्री र उपाध्यक्ष कमलादेवी कार्की, बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्द र उपप्रमुख शुशिला सिंह चन्द एमालेबाट निर्वाचित भएका थिए। त्यस्तै, भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्ट, माहाकाली नगरपालिका उपप्रमुख चीनी ओझा (गिरी) र शुक्लाफाँटा नगरपालिका उपप्रमुख तुलसीदेवी हमाल पनि एमालेबाटै निर्वाचित हुन्। 

यीमध्ये अहिलेसम्म पुनर्वास नगरपालिका प्रमुख जीवनबहादुर थापा मात्र एकीकृत समाजवादीमा खुल्ने देखिएको छ। उनी साबिक एमालेका जिल्ला अध्यक्ष तारा लामा तामाङनिकट हुन्। अहिले लामा एकीकृत समाजवादीमा जाने देखिएकाले थापा पनि उतै जाने आकलन छ। यद्यपि उनीहरुले औपचारिक निर्णय गरिसकेका छैनन्। एमाले कञ्चनपुरका नेता पल्लवराज भट्टले बाँकी जनप्रतिनिधि कोही पनि विभाजनको पक्षमा नलागेको दाबी गरे। 

तत्कालीन नेकपा र पछि एमालेमा आन्तरिक विवाद हुँदा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्द पनि विभाजनको विपक्षमा उभिएका छन्। ‘हिजो म माधव नेपालकै समूहमा थिएँ, तर अहिले विभाजनको पक्षमा मेरो सहमति छैन,’ उनले भने। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टी रोज्न २२ गतेसम्मको समय दिइएकाले पनि अहिले नै को कता जान्छन् भन्ने प्रष्ट भइनसकेको उनले बताए। कञ्चनपुरमा उर्वादत्त पन्त लगायतका केही नेताहरूले भने एकीकृत समाजवादी रोजिसकेका छन्। 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै... शनिबार, जेठ २४, २०८२
नागरिकको समस्या बुझ्न जनता माझ माओवादी केन्द्र पुगेको छ : नेता पोखरेल आज पत्रकारहरुसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्नका... शनिबार, जेठ २४, २०८२
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त शनिबार, जेठ २४, २०८२
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै शनिबार, जेठ २४, २०८२
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्