काठमाडौं- अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स (विद्युतीय) सामान अब नेपाली बजारमा पाइने भएको छ।
रिसिक टेडिङ कन्सर्न प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ। विश्वबजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको बताइएको छ। यस कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै विश्वबजारमा उपलब्ध गराउँदै आएको छ।
नेपाली सिने क्षेत्रकी चर्चित नायिका करिष्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन्। रिसिक टेडिङ कन्सर्नकी प्रबन्ध निर्देशकसमेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफू विश्वस्त रहेको बताएकी छन्।
२५ वर्षअघिबाट यस ब्राण्डका सामानहरु विश्वबजारमा आए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलोपटक भित्रिएको हो। आठ वर्षअघि यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको थियो। उक्त मोबाइल सन् २०१५ मा नेपाल र भारतमा नम्बर एक ब्राण्डको रुपमा स्थापित भएको थियो। गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्राण्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताएका छन्।
इन्टेक्स ब्राण्डका सामानको एकदेखि १० वर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिए। नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्राण्डलाई नम्बर १ बनाउने प्रयासमा आफूहरु रहेको उनले जानकारी दिएका छन्। देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ।
'हाम्रो उद्देश्य भनेको गुणस्तरीय सामान उपभोक्तालाई दिनु हो। हाम्रा ब्राण्डका सामान प्रयोग गर्ने कुनै पनि उपभोक्ताले पछुतो मान्नुपर्ने छैन। हामीले राम्रो सामान सही मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएका छौं,' इन्टेक्स ब्राण्डका कन्ट्री म्यानेजर विनय जोशीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।