• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जितबहादुर जसले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय ‘मेडल’ दिलाए, अपमान मात्र पाए नेपाललाई पहिलो अन्तर्रााष्ट्रिय मेडल दिलाउने जितबहादुरमाथिको अपमान–कथा
64x64
दीप सुवेदी शुक्रबार, भदौ १८, २०७८  ०६:३३
1140x725

काठमाडौं– नेपाली खेलकुद क्षेत्रका जिउँदो इतिहास हुन्, जितबहादुर केसी। देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने गौरव बोकेका यी धावक ७४ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन्।

बुढो शरीर र थकित मन बोकेर अहिले पनि उनी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला धाउने गर्छन्। यद्यपि नेपाली खेलकुदले भने उनको मूल्याङ्कन गर्न सकेको छैन। 

४ भदौ, २००४ मा दोलखाको तत्कालीन पवटी गाविस-४ मा जन्मिएका उनी १५ वर्षको उमेरमा काठमाडौं पसेका थिए। गाउँमा स्कूल थिएन। त्यसैले जितबहादुरले पढ्न पाएनन्। घरको अवस्था कमजोर भएका कारण उनी काठमाडौं प्रवेश गरेको वर्ष नै नेपाली सेनामा भर्ती भए। तालिमको बेला दौडिँदा दौडिँदै उनी कुशल धावक बनेर निस्किए। 

‘सेनाभित्रै गणको प्रतिस्पर्धा हुन्थ्यो। टोखादेखि महाराजगञ्जसम्म पाँच माइल दौडिन पर्थ्यो। मैले आफ्नै विभागका भक्तबहादुर सापकोटालाई पछि पारेर प्रथम भएँ। राष्ट्रिय टिममा पठाइयो। त्यसपछि खेलमा लगाव बढ्दै गयो,’ पूरानो कुरा सम्झँदै जितबहादुरले भने। 

२०२८ सालमा वीरगञ्जमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा उनले जनकपुर अञ्चलको प्रतिनिधित्व गर्दै २ घन्टा ३८ मिनेटमा म्याराथन दौड पूरा गरे। यो राष्ट्रिय प्रतियोगितामा म्याराथनतर्फ नयाँ रेकर्ड थियो। 

राष्ट्रिय प्रतियोगिताको यो सफलतापछि उनलाई सन् १९७० मा थाइल्याण्डको बैंककमा आयोजना भएको छैटौं एसियन गेम्समा नेपाली टोलीमा छनोट गरियो। बैंकक एसियाडमा नेपालबाट जितबहादुर र गंगाबहादुर थापाले भाग लिएका थिए। जितबहादुरका लागि यो पहिलो विदेश अनुभव थियो। उनले त्यहाँ सातौं स्थान ओगट्ने क्रममा २ घन्टा ३५ मिनेटमा दौड पूरा गरे। 

Ncell 2
Ncell 2

उनको क्षमता देखेर राष्ट्रिय खेलकुद परिषद्‌का तत्कालीन सदस्य-सचिव तथा कुमार खड्गविक्रम शाहले उनलाई सन् १९७२ को म्युनिख ओलम्पिकको तयारीका लागि तीन महिनाअघि नै जर्मनी पठाएका थिए। नेपाली टोलीमा भक्तबहादुर पनि सहभागी थिए। 

जर्मनीको कोलोन शहरमा अभ्यास गर्ने क्रममा जितबहादुरको टाइमिङमा निकै सुधार आइसकेको थियो। उनी एसिया क्षेत्रका खेलाडी सहभागी एउटा ट्रायल प्रतियोगितामा सबैलाई पराजित गर्दै प्रथम भए। त्यतिबेला उनको टाइमिङ २ घन्टा २३ मिनेट थियो। उनको सुधारिएको टाइमिङ देखेपछि अन्तर्राष्ट्रिय मिडियाले पनि जितबहादुरले पदक जित्ने ठोकुवा गरे। 

shivam cement

shivam cement

कोलोनमा राम्रो अभ्यासपछि मेडल जित्ने सपनासहित जितबहादुर म्युनिख पुगेका थिए। म्युनिख ओलम्पिकमा उनले राष्ट्रिय झण्डा पनि बोके।

तर, उनको जीवनकै ठूलो सफलता, सम्भवतः नेपाली खेलकुदकै उच्चतम् उपलब्धि सायद जुरेको रहेनछ। उनको स्पर्धा नजिकिँदै गएको बेला उनी बसेको रुम अगाडि नै प्यालेस्टिनी आतंकवादीले इजरायली खेलाडी र पदाधिकारीमाथि अचानक हमला गरे। हमलामा इजरायली खेलाडी तथा पदाधिकारीहरु मारिए। 

‘राती सुत्ने बेला १ बजे ड्याम ड्याम हानेको आवाज सुनियो। मैले बेसमेन्टमा कुनै खेलाडीले अभ्यास गरिरहेको होला भनेर वास्ता गरिनँ। तर, बिहान ४ बजे हेर्दा त इजरायली खेलाडीलाई मारेर अन्य पदाधिकारीलाई बन्धक बनाइएको रहेछ,’ उनले भने।

आफ्नै कोठा अगाडि रगतले लत्पतिएको लास देख्दा जितबहादुरको मनस्थिति नै अर्को बन्यो। फेरि जर्मन प्रहरीले ओलम्पिक भिलेजबाट भाग्ने क्रममा प्यालेस्टिनी आतंकवादीलाई एकै चिहान बनाएपछि भिलेजको वातावरण नै अर्को बन्यो। त्यो घटनामा दुई प्यालेस्टिनी भागेर पुनः ओलम्पिक भिलेजमा प्रवेश गरेका थिए। पछि कुकुरको सहायताले जर्मन सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरे।

प्रतियोगिता अवधिभर उनीहरुलाई नमार्ने नीति अनुरुप ती प्यालेस्टिनी आतंकवादीलाई ओलम्पिक भिलेजको बीच बाटोमा झुण्ड्याएर राखियो। उनीहरुको अवस्था दयनीय थियो। शरीरको केही अंग कुहिएर किरा लाग्न थालिसकेको थियो। 

यस्तो अवस्थामा सबै खेलाडीले उनीहरुलाई हेरेर जानुपर्ने सुरक्षाकर्मीको आदेश अनुरुप जितबहादुर पनि सधैँ उनीहरुलाई हेरेर अभ्यासमा निस्कँन्थे। 

‘यो वास्तवमै कुरुप अवस्था थियो। यसले मलाई झन् तनाव दियो’, उनी भन्छन्। इजरायली खेलाडीलाई मारेको घटनाले तीन दिन खेल अवरुद्ध भयो। तेस्रो दिन म्याराथनतर्फको स्पर्धा हुँदा जितबहादुर २२ किलोमिटरसम्म अग्रपंक्तिमै थिए। तर, एक्कासी कसैले टाउकोमा उनलाई हिर्काएजस्तो भयो। उनी ट्रयाकमै ढले। 

‘मेरो पाखुरा क्र्याम्प भएछ। अस्पतालमा लगेर अपरेशनपछि ठिक पारियो। मलाई अस्पताल पुर्‍याउँदा हाम्रा पदाधिकारीले निकै खोजी गरेका रहेछन्। उनीहरुलाई चिन्ता नगर्नु, ठिक हुन्छ भनेर भनिएको रहेछ’, उनले विगत सुनाए। 

ओलम्पिकमा पदक जित्ने उनको सपना तुहिए पनि उनले हिम्मत हारेनन्। नेपाल फर्किएपछि उनी दुई महिनाभित्रै फेरि मैदानमा उत्रिए। 

सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजित प्रथम एसियन ट्रयाक एन्ड फिल्ड प्रतियोगिताका लागि उनी छोटो तयारीमै राष्ट्रिय टोलीमा फर्किए।

यो प्रतियोगितामा दौडिनका लागि उनीसँग गतिलो जुत्ता समेत थिएन। बाँसबारी छाला जुत्ता कम्पनीले प्रतियोगिता खेल्न उनका लागि ४ सय रुपैयाँमा नाइलनको एउटा हलुका जुत्ता बनाइदिएको थियो। 

तर, मनिलामा दौडिने क्रममा पानीमा उनको एउटा जुत्ता नै हरायो। ‘त्यो दिन खेल सुरु हुँदा बिहानदेखि नै पानी परिरहेको थियो। हाम्रो घुँडासम्म पानी आएको थियो। मेरो एउटा जुत्ता त्यहीँ हरायो’, उनले भने। 

यो स्पर्धामा दक्षिण कोरियाका दुई खेलाडी पहिलो र दोस्रो भए। जितबहादुरले भने २ घण्टा २८ मिनेटमा दौड पूरा गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाए। यो पदक कुनै नेपालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको पहिलो पदक थियो। 

‘स्वर्ण जित्ने पहिलो कोरियाली खेलाडी हामीभन्दा धेरै अगाडि थिए। तर, दोस्रो कोरियालीसँग म सँगैसँगै दौडिरहेको थिएँ। एउटा जुत्ता पानीले बगाएका कारण मैले दोस्रो जुत्ता पनि बाटोमा फ्याँकिसकेको थिएँ। पानी रोकिएपछि बाटो झन् तात्यो। यसले गर्दा मेरो खुट्टाबाट रगत आउन थालिसकेको थियो। दौड पूरा गर्न सक्दिनँ कि भन्ने थियो। त्यसैले दोस्रो हुने सम्भावनालाई त्यागेर दौड पूरा गर्नेतिर मेरो ध्यान केन्द्रित भयो’, उनी भन्छन्। 

नेपाललाई पहिलो ऐतिहासिक पदक जिताएपछि नेपाल सरकारले उनलाई काठमाडौंमा घर दिने, तराईमा मौजा र दैनिक १० रुपैयाँ भत्ता दिने घोषणा गरेको थियो। प्रशिक्षक मधु शमशेर राणाले त काठमाडौंमा एक 'टुकडा' घडेरी नै दिने बताएका थिए। तर, मधु शमशेरले मात्र होइन, सरकारले पनि आफूले गरेको घोषणा पूरा गरेन। पञ्चायतकालमा गरिएको घोषणाको यो पुरस्कार उनले गणतन्त्र आइसक्दा पनि पाएका छैनन्। आफ्नो बारेमा बोलिदिने कोही नहुँदा जितबहादुर निराश छन्। राज्यले उनीप्रति न्याय होइन, अन्याय गरेको छ। 

पहिलो मेडल जित्ने नेपाली खेलाडीको इतिहास रच्दा जितबहादुर नेपाली सेनामा कार्यरत थिए। उनले म्युनिख ओलम्पिकमा भाग लिँदा सेनाबाट ८० हजार भत्ता पाउनुपर्ने थियो। तर, सेनाले नियम कानुनको बहाना बनाउँदै उनलाई पैसा उपलब्ध गराउन अस्वीकार गर्‍यो। 

यो भन्दा पीडाको कुरा, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीको इतिहास रच्दा सरकारले उनलाई गोरखा दक्षिण बाहू (गोदवा)-३ दिने घोषणा गरेको थियो। तर, सेनाले र्‍याङ्क नमिल्ने भन्दै उनलाई गोदवा-३ दिनुको साटो पाँचौँको सिफारिस गर्‍यो। यसले उनको मनोबल टुट्यो। 

‘म्युनिख ओलम्पिकबाट फर्किएपछि म र भक्तबहादुरलाई पैसा बुझ्न एक दिन अगाडि बोलाइएको थियो। भोलिपल्ट जाँदा नियमले मिल्दैन भनेर रकम उपलब्ध गराइएन,’ उनले नेपाल लाइभसँग दुःखेसो पोखे, ‘पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने इतिहास रच्दा सरकारले दिएको गोदवा-३ लाई घटाएर पाँचौँ बनाए। त्यसपछि मैले पदक नै नलिने घोषणा गरेँ। लिन पनि गइनँ।’

राजासँग भेटेर जितबहादुरले आफूमाथि भएको अन्यायको कुरा राख्ला भनेर खेलकुदका पदाधिकारीले उनलाई कहिल्यै राजा वीरेन्द्रसँग भेट्न दिएनन्। दुई/तीन पल्ट अवसर जुर्दा पनि उनलाई राजासँग भेट्ने अवसर प्रदान गरिएन। 

यद्यपि आफूमाथि सयौं अन्याय हुँदा पनि उनले अपमानलाई विष जस्तै पिएर सन् १९७४ मा भएको दोस्रो एसियन ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा पनि नेपाललाई कास्य पदक दिलाए। त्यतिबेला उनले मनिलामा आफूलाई पछि पारेका दुबै कोरियाली खेलाडीलाई पछाडि पारेका थिए। जापानका खेलाडी पहिलो र दोस्रो भएका थिए। 

सन् १९७८ मा इरानको तेहरानमा भएको सातौं एसियाडपछि जितबहादुरले खेलाडी जीवनबाट सन्यास लिए। तर, खेलकुदलाई भने चटक्कै छोड्न सकेनन्। उनी ७४ वर्षको उमेरमा पनि खेलकुदमा सक्रिय छन्। 

२०७१ सालमा युवराज लामा सदस्य-सचिव हुँदा नेपाली खेलकुदमा उत्कृष्ट योगदान गरेको भन्दै जितबहादुरभन्दा जुनियर बैकुण्ठ मानन्धर र तेक्वान्दोका दीपक विष्टलाई विशेष सम्मानका रुपमा जनही २५ लाख रुपैयाँ प्रदान गरियो। त्यतिबेला नेपाललाई ऐतिहासिक पहिलो पदक दिलाउने जितबहादुरको नाम भने कसैले सम्झेन। 

केही सञ्चारमाध्यमले जितबहादुरलाई अन्याय भएको भन्दै लेख पनि प्रकाशित गरे। यसपछि सदस्य-सचिव लामाले जितबहादुरलाई अन्याय हुन नदिने बाचा त गरे, तर त्यो बाचामै सीमित भयो। खेलकुद मन्त्रालयले अर्को वर्ष तेक्वान्दोकी संगीना बैद्यलाई पनि १५ लाख रुपैयाँ प्रदान गर्दै सम्मान गर्‍यो। त्यतिबेला पनि जितबहादुरको नाम उच्चारण भएन। 

जितबहादुर पैसा नपाएको भन्दा पनि आफ्नो यागदानको कदर हुन नसकेकोमा दुःखी छन्। नेपाली खेलकुदमा पञ्चायतकालदेखि ठगिएका यी ऐतिहासिक खेलाडीको गणतन्त्रमा पनि पटक–पटक मानमर्दन भएको छ। तर, उनलाई न्याय दिन कुनै गणतन्त्रवादी अगाडि सरेनन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
अमेरिकाका लियो चौधौँ २६७औँ पोप निर्वाचित शुक्रबार, वैशाख २६, २०८२
भारतीय राजदूतले प्रधानमन्त्रीलाई भेटेर भने: आतंकवादीविरुद्धको समर्थनका लागी धन्यवाद शुक्रबार, वैशाख २६, २०८२
सुशासन कस्तो हुन्छ २०८४ पछि देखाउँछौं :रास्वपा शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्