• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् सचिवालयलाई कार्यालय व्यवस्थापन गर्न सकस, सरकारलाई पत्र- स्थान उपलब्ध गराइ पाऊँ

64x64
किशोर दहाल बुधबार, भदौ १६, २०७८  १३:२०
1140x725

काठमाडौं- हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको कार्यालयका लागि संसद् सचिवालयले दुई वटा कोठा उपलब्ध गरायो। सिंहदरबारस्थित संसद् सचिवालयको भवन नम्बर १ मा उपलब्ध दुई वटा कोठामध्ये एउटामा माधवकुमार नेपालको नेमप्लेट छ, अर्कोमा वेदुराम भुसालको। नेपाल एकीकृत समाजवादीका संसदीय दलका नेता हुन् भने भुसाल सोही पार्टीको राष्ट्रिय सभा दलका नेता हुन्।

संसदीय दलमा चार जना त पदाधिकारी नै हुन्छन्। उनीहरुका लागि कम्तीमा चार वटा कोठा चाहिन्छ। त्यस्तै कार्यक्रम गर्ने हल, संसद् सचिवालयका कर्मचारी बस्ने कोठा पनि चाहिन्छ। यसरी सामान्यतयाः एउटा संसदीय दलका लागि ६ वटा कोठा आवश्यक पर्छ। तर, एकीकृत समाजवादीले जम्मा दुई वटा कोठा पायो।

संसद् सचिवालयलाई कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि स्थानको अभाव हुँदै आएको अवस्थामा नयाँ दल थपिएपछि झनै सकस थपियो। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, 'एकीकृत समाजवादी पार्टीलाई कोठा दिँदा पनि हाम्रा सहसचिव साथीहरुलाई हटाएर दिएको हो। उहाँहरुलाई व्यवस्थापन गर्न सकिरहेका छैनौं। अप्ठ्यारो स्थिति छ।'

नेकपा एकीकृत समाजवादीसँगै गत भदौ ९ मा लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रमाणपत्र पाएको थियो। जसपाबाट विभाजित भएर गठन भएको भए पनि लोसपालाई स्थानको भने अभाव भएन। २०७७ वैशाखमा जसपा गठन भए पनि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको संसदीय दल भने छुट्टाछुट्टै जस्तै थियो। अहिले त्यही ठाउँमा बस्न सहज भएको छ।

संसद् सचिवालयले तीन वटा समितिलाई पनि कोठा उपलब्ध गराउन सकेको छैन। गठन भएको तीन वर्ष भइसक्दा समेत संसदीय सुनुवाइ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका लागि छुट्टै कोठाहरु उपलब्ध छैन। एउटा समितिका लागि बैठक आयोजना गर्ने हल, समितिका सभापतिको कार्यकक्ष तथा सचिवालय सञ्चालनको लागि कर्मचारीको कोठा आवश्यक पर्छ। त्यसैले तीन वटा समितिका लागि कम्तीमा पनि ९ वटा कोठा आवश्यक देखिन्छ। आफ्नै हल नहुँदा ती समितिहरुले अन्य समितिका हल प्रयोग गर्ने गरेका छन्। बैठक जुध्यो भने अप्ठ्यारो निम्तिने देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

स्थान अभाव भएपछि संसद् सचिवालयले मंगलबार सहरी विकास मन्त्रालयलाई पत्र लेखेको छ। 'नेपालको संविधानमा रहेको दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था अनुसार संघीय सदनको २०७४ मा सम्पन्न निर्वाचनपछि साविकभन्दा संसदीय समितिहरुको संख्यामा वृद्धि भएको, यस सचिवालयको नयाँ संगठनात्मक संरचना बमोजिम रिक्त रहेका दरबन्दीहरुमा लोकसेवा आयोगबाट कर्मचारी सिफारिस भई आउने अवस्था रहेको, श्री निर्वाचन आयोगबाट मिति २०७८/०५/११ को जानकारी अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी विभाजन भई नयाँ दुई संसदीय दलहरु क्रमशः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन्', सचिवालयले लेखेको पत्रमा परिस्थितिको बोध गराइएको छ।

समिति सभापतिको कक्ष, समिति सचिवालयका कक्षहरु, समिति बैठक कक्ष, संसदीय दलका कार्यालय तथा सचिवालयका कर्मचारीहरुका लागि कार्यकक्ष व्यवस्थापन गर्न यस सचिवालयले हाल प्रयोग गरिरहेका भवनहरुमा स्थान अभाव भएकोले सचिवालयले हाल प्रयोग गरिरहेका भवनहरुबाट पायक पर्ने उपयुक्त भवनमा हाललाई कम्तीमा दुई संसदीय दलका कार्यालय र तीन वटा संसदीय समितिका कार्यालय व्यवस्थापन गर्न स्थान उपलब्ध गराइदिन पत्रमा भनिएको छ।

'अहिले हामीलाई उपलब्ध भएका भवनहरुमा हामीले कमजोर तरिकाले व्यवस्थापन गरिरहेका थियौं। पुस्तकालयलाई राम्रोसँग व्यवस्थान गर्न सकेका थिएनौं। त्योसहित संसदीय संग्रहालयको विजोग अवस्था थियो। त्यसैपनि हामीलाई कोठाहरु चाहिरहेकै थियो। तीनवटा समितिहरुका लागि अहिले पनि हामीले हल तथा कार्यालय व्यवस्थापन गर्न सकेका छैनौं। यही समयमा दुईवटा पार्टी फुटेर नयाँ पार्टी बनेका छन्। तिनीहरुका लागि संसदीय दलको कार्यालय व्यवस्थापन तथा पदाधिकारीको बस्ने स्थानको व्यवस्थापन गर्न अहिले हामीलाई सकसपूर्ण अवस्था छ', प्रवक्ता पाण्डेले भने, 'विगतमा पहिलो र दोस्रो संविधान सभामा हामीले पर्यटन मन्त्रालय भएको भवनको ग्राउन्ड फ्लोर लिएका थियौं। त्यस्तै सेवा केन्द्र भवनको पनि दुई तल्ला लिएका थियौं। दल धेरै हुँदा लिएका थियौं, दल कम भएपछि छाडिदियौं। अब अहिले आवश्यकता पर्दा माग गर्नुपर्ने स्थिति बनेकाले हामीले हिजो चिठी पठाएका हौं।'

भवन र कोठाहरुको अभावकै कारण संसद् सचिवालयले पुस्तकालयलाई पनि राम्रोसँग सञ्चालन गर्न सकेको छैन। पाण्डे भन्छन्, 'एउटा तला पूरै हामीले पुस्तकालय सञ्चालन गरिरहेका थियौं। अहिले पदाधिकारीहरुलाई व्यवस्थापन गर्ने क्रममा हामीलाई ठाउँ नभएर अहिले तीनवटा कोठामा सीमित गरेका छौं। त्यहाँ सांसद्हरुलाई बसेर पढ्ने स्थिति छैन। अहिले कोरोनाको बेलामा नजिक बसेर पढ्न नसकिने हुनाले स्थान अभावले हामीले पुस्तकालय पनि राम्रोसँग सञ्चालन गर्न सकिरहेका छैनौं।'

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान शुक्रबार, साउन ८, २०८३
‘पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो’ : प्रहरी महानिरीक्षक कार्की शुक्रबार, साउन ८, २०८३
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा शुक्रबार, साउन ८, २०८३
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्