काठमाडौं– लक्ष्मी बैंकले सुनसरीको बर्जु गाँउपालिका–६ को चिमडीमा शाखा सञ्चालनमा गरेको छ।
नयाँ शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिग सेवाका साथै साना तथा लघु व्यवसायीलाई सहज बैकिङ सेवा उपलब्ध हुने जनाइएको छ। योसँगै बैंकको शखा १३५ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।