काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दै छ
क्रियाशील सदस्यता तथा आसन्न महाधिवेशनबारे छलफल गर्न बोलाइएको बैठक पौडेलनिवास बोहोराटारमा बस्न लागेको हो। बिहान ९ बजेका लागि बोलाइएको बैठकमा महाधिवेशनका विषयमा छलफल हुनेछ।
हालसम्म नेपाली कांग्रेसले ५५ जिललाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ। भदौ १८ गते वडा तहको अधिवेशन तोकिए पनि हालसम्म २२ जिल्लाको सदस्यता सूची हालसम्म पनि सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।