काठमाडौं- अनलाइन बजार दराजले ग्राहकहरुको लागि अनलाइन सपिङ अझ सुविधाजनक बनाएको छ। आईएमई पेसँग साझेदारी गरी देशका विभिन्न स्थानहरुमा नयाँ 'ड्रप अफ पोइन्ट्स' प्रारम्भ गरेको दराजले घोषणा गरेको छ।
'यस साझेदारीको माध्यमबाट चयन आईएमई पे हब दराज ग्राहकहरुका लागि ड्रप अफ पोइन्ट्सको रूपमा सञ्चालनमा आउनेछ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक र झण्झटमुक्त उपाय प्रदान गर्नेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'ग्राहकहरुले अब केवल आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्ने छन्।'
दराजजस्तै ई-वाणिज्य र आईएमई पेजस्तो फिनटेक कम्पनीबीच यस हिसाबको साझेदारी नेपालमा पहिलोपटक भएको दराजको दाबी छ। यस साझेदारीको उद्देश्य ग्राहकहरुलाई अनलाइन डिजिटल प्लेटफर्मको प्रयोग गर्नका अतिरिक्त कारणहरु पेस गर्नुका साथै ई-वाणिज्य इको सिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु भएको कम्पनीले जनाएको छ।
दराजको हबबाहेक, ग्राहकहरु अब उपत्यकाभित्र र बाहिरस्थित आईएमई पे हबहरुमा गइ आफ्नो प्याकेज फिर्ता गर्नका लागि छोड्न सक्ने जनाएको छ। कम्पनीले तोकेका आईएमई पे हबहरुमा बज्र सब रेमिट (जोरपाटी, काठमाडौं), हेलो हाई कनेक्सन (जावलाखेल, ललितपुर), सिम्पल सब मनि ट्रान्सफर (कोटेश्वोर, काठमाडौं), पीबी ट्राभल्स एण्ड टुर्स (बुद्ध चोक, पोखरा), सामभावी ट्रेडर्स - बैंक अफ काठमाडौं (विराटनगर) र न्यू वीरगञ्ज मनि ट्रान्सफर (भानु चोक, वीरगञ्ज) रहेका छन्।
यी छ स्थानसँगै थप १८ वटा स्थान अर्को हप्ताभित्र खोलिने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।