काठमाडौं- ‘एप एक, क्यूआर अनेक’ भन्ने मूल नाराका साथ आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्नसक्ने योजना सार्वजनिक गरिएको छ। उक्त योजना भदौ १६ देखि असोज १४ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।
'नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आईएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आईएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्नसक्ने छन्। सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आईएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको सन्दर्भमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको कम्पनीको भनाइ छ। आईएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ।
आईएमई पे आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो। झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।